दैलेख सदरमुकामकै सडकको दुरावस्था, प्रदेश राजधानी पुग्नै ‘सकस’

सरकारले दैलेखमा सडक सुधारका लागि वर्षेनी करोडौ रकम खर्च गरेपनि स्तरोन्नती हुन सकेका छन् । जिल्लाका अधिकांस सडकहरुको दुरावस्ताका कारण सवारी साधनसँगै सर्वसाधारणले सास्ती खेप्नु परेको छ । स्तरोन्नतीका नाममा वर्षेनी करोडौं खर्च गरिने तर सडकको अवस्था ज्युँ का त्युँ रहँदा वर्षातको समयमा बढी कठिनाई हुने गरेको हो । बजार क्षेत्र मै ठाउँठाउँमा रहेका खाल्टा खुल्टी पुर्न नारायण नगरपालिकाले चाँसो नदिँदा आवत जावतमा समस्या हुने गरेको स्थानीय बासिन्दाको जनगुनासो छ ।
ग्रामीण सडकहरुको अवस्ता त नाजुक छँदैछन, त्यहीं माथि दैलेख सदरमुकाम भित्रका सडकको मर्मत सम्भार नहुँदा थप समस्या भएको हो । सदरमुकामका सडकको कोलोपत्रे उप्किएर खाल्टाखुल्टीमा परिणत हुँदा समेत सरोकारवाला बेखर रहेका छन् । मालपोत कार्यालयदेखि–काँडाचौर बसपार्क वीचको सडकको अवस्था सबै भन्दा नाजुक रहेको छ । ‘सदरमुकाम नारायण नगरपालिका भित्रका सबै सडकहरुको मर्मत सुधारको अभावमा जिर्ण बनेको वषौं वितिसकेको छ,’ स्थानीय यमराज थापाले, ‘२०५३ सालमा बनाईएका ती सडकको मर्मत सुधार तर्फ जनप्रतिनिधि बेखर हुँदा यातायातका सवारी साधनसँगै पैदल यात्रु समेतले हैरानी खेप्नु परेको छ ।’ उनले सडक स्तरोन्नतीका नाममा वर्षेनी करोडौं रकम खर्च गर्ने गरेको भएपनि जनप्रतिनिधि र ठेकेदारको मिलेमतोमा असारे महिनामा टालटुल पारेको सडक भदौंसम्म उस्तै हुने गरेको उनी बताउँछन् । विकासका काममा अनुगमन नगरिँदा कामका नाममा झारा टार्ने काम भईरहेका उनको भनाइ छ । नगरपालिका र सडक विभागले सदरमुकामको सडकमा बर्षेनी मर्मत सम्भारकै नाममा करोडौ रकम खर्चिन्छन । नारायण नगरपालिकाका इञ्जिनियर हिक्मत रोकायले पछिल्लो दुई आर्थिक वर्षमा सदरमुकामका सडक स्तरोन्नतीका लागि झण्डै दुई करोड रुपैयाँ खर्च भएको जनाए ।

‘पछिल्लो दुई आर्थिक वर्षमा सदरमुकामका सडक स्तरोन्नतीका लागि एक करोड ९८ लाख रुपैयाँ खर्च भएको छ,’ उनले भने, ‘बजेट फ्रिज जाने डरले असार अन्तिममा रातारात बत्ति बालेर सडक कालोपत्रेको काम गरिएकाले कालोपत्रे उप्किएको हुनसक्छ ।’ उनले साहारे खानेपानी आयोजनाले पटक–पटक वीच सडकमै खाल्डो खन्ने गरेकाले सडक बिग्रने गरेको दुःखेसो पोखे । यता स्थानीयले भने, ‘ठेकेदारले स्टमेट अनुसारको काम नगर्दा काम गुणस्तहिन भएको बताउँदै आएका छन । ठेकेदारले गुणस्तरहिन काम नगरेकाले यस्तो अवस्था आएको नारायण नगरपालिकाका प्रमुख रत्नबहादुर खड्काले बताए । सदरमुकामको वीचमा पर्ने सडक एकदमै साँधुरो छ । नयाँ बन्ने घरटहराले गर्दा सडक अतिक्रमणको चपेटोमा परेकाले पनि वर्षेनी सडक स्तरोन्नतीका लागि वर्षेनी जति रकम खर्च गरेपनि अवस्था उस्तै रहने गरेको सरकारी कर्मचारी बताउँछन् ।
राजधानी पुग्ने सडक जोखिम बन्दै
२०४९ फागुन ७ गते तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले शिलान्यास गरेको दैलेख–सुर्खेत सडकको अवस्था नाजुक बन्दै गईरहेको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेत जोड्ने मुख्य सडक जीर्ण हुँदा पनि सरोकारवाला पक्षको ध्यान पुग्न नसक्दा सवारी साधानसँगै सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । बढ्दो सवारी चापका कारण अतिनै व्यस्त सडक लामो समयदेखि स्तरोन्नती हुन नसक्दा जीर्ण बनेको हो । भएको कालोपत्रे पनि ठाउँ–ठाउँमा उप्किएर खाल्डाखुल्डि बनेको छ । खाल्डाखुल्डीका कारण यो सडकमा सवारी दुर्घटनाको उच्च जोखिम बढेको छ । बन्न लागेका पुलहरु पनि अलपत्र अबस्थामा रहेका छन । ०६६ बाट कालोपत्रे गर्न शुरु गरिएको यो सडक त्यसपछि मर्मत सम्भार नहुँदा जीर्ण बन्दै गएको हो । उक्त सडकखण्ड अन्तर्गतको गुराँस गाउँपालिकाको सियाकोट नजिकको एक खोलामा आधा बन्न लागेको पुलनै जोखिममा परेको छ । सडकको सहजताका लागि पुल बन्छन् तर, खोलामा आधा बन्न लागेको पुलनै जोखिममा हुँदा पनि सरोकावाला पक्षको ध्यान पुग्न नसक्दा स्थानीयले दुःखेसो पोख्दै आईरहेका छन् । जिल्ला ट्राफिक कार्यालय दैलेखका अनुसार खाल्टाखुल्टीका कारण सवारी साधन दुर्घटनामा पर्ने उच्च जोखिम बढेको छ । सडक मर्मत सम्भारको जिम्मा पाएका ठेकेदार कम्पनीहरुले गुणस्तरियहिन काम गर्दा सडक फराकिला बन्न नसकेका हुन ।


‘जब वर्षात सुरु हुन्छ, तब मात्र काम गर्ने प्रवृतिले करोडौं बजेट बालुवामा पानी हाले झैं भएको उपभोक्ता भक्तबहादुर शाहीले गुनासो पोखे, ‘सडक कार्यालयको फितलो अनुगमनका कारण सडक मर्मतका नाममा आएको बजेट सदुपयोग हुन नसक्दा ठेकेदारले झारा टार्ने काम मात्रै गर्ने गरेका छन् ।’ सडक डिभिजन कार्यालयका अनुसार सुर्खेत–दैलेख खण्डको मर्मत सुधारका लागि ५ करोड ३१ लाख रुपैंयाँ विनियोजन भएको थियो ।

Translate »