कर्णालीमा भारतीय तरकारीको ‘विगविगी’

अर्गानिक तरकारीले बजार पाएन

भदौं ९, सुर्खेत । आजभोलि समाजभित्र त्यस्तो क्षेत्र विरलै भेटिन्छ, जहाँ बिचौलियाको भूमिका नरहेको होस् । विगतको तुलनामा अहिले बिचौलिया÷दलालको क्षेत्र झन् बढी विस्तार हुँदै गएको छ । जुनसुकै कामका लागि पनि सरोकारवाला पक्षभन्दा बाहेकको तेस्रो पक्षको उपस्थिति अनिवार्य र निर्णायक बन्ने गरेकाले सम्बन्धित पक्षले हैरानी बेहोर्न बाध्य छन् । अझ दैनिक उपभोग्य लगायत अति आवश्यक सामग्रीमा समेत बिचौलियाकै दबदबा बढेकाले समाजमा त्यसले नकारात्मक असर पु¥याएको स्पष्ट देखियो । यसकारण आम उपभोक्ताको जनजीवन कष्टकर बनेको तथ्य हालैका केही घटनाले स्पष्ट पारेका छन् ।  विचौलियाका कारण आपूर्ति सहज नहुँदा कर्णालीका बजारमा महँंगीको सरगर्मी बढ्न शुरु भएको छ । यसपटक चाडपर्व आउनु अघिदेखि नै खाद्यान्न, फलफुल तथा तरकारीको भाउ ह्वात्तै बढेको उपभोक्ता बताउँछन् । अझ हरिया तरकारीको भाउ त सामान्य उपभोक्ताले उपभोग गर्नै नसक्ने किसिमले उकालो लागि सकेको छ । खपतको तुलनामा आपूर्ति कम भएर मूल्यवृद्धि भएको सुर्खेतको वीरेन्द्रनगर नगर स्थित फलफूल तथा तरकारी बजार विकास समितिले बताउँदै आएपनि मूल कारण त्यहीमात्रै हो भन्नेमा उपभोक्ताहरु विश्वस्त छैनन् ।

भारतबाट बर्सेनि अर्बौको विषादीयुक्त फलफूल तथा तरकारी कर्णालीमा आयात हुन्छ । भारतका विभिन्न ठाउँबाट आयातीत विषादीयुक्त फलफुल तथा तरकारी प्रदेशका सबै जिल्लामा पुग्ने गरेको व्यापारी बताउँछन् । अर्गानिक प्रदेशको नारा घन्काएको कर्णालीमा भारतको विषादीयुक्त फलफुल तथा तरकारीले बजार ओगटेको छ । १४ औं जिल्ला परिषद्बाट प्राङ्गारिक जिल्ला घोषणा भएको जुम्लालगायत कर्णालीमा भारतीय विषादीयुक्त फलफुल तथा तरकारीबाट अछुतो रहन सकेको छैन ।  आफ्नै उत्पादनमा आत्मनिर्भर, अर्गानिक कृषिको हब बनाउने भनेको साविक कर्णालीको हिमाली क्षेत्र पनि विषादी तरकारीको भूमरीबाट शुद्ध रहन सकेको छैन । जसले आम नागरिकको स्वास्थ्यमा प्रतिकूल असर परिरहेको छ । कर्णालीका १० वटै जिल्लामा आयातित फलफुल तथा तरकारी नपुगेको ठाउँ नै छैन । विशेषगरी कालिकोट, जुम्ला र मुगुमा भने आयातित तरकारीले बजार ओगटेको छ ।


कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा मात्र दैनिक २०÷२५ वटा विषादीयुक्त भारतीय फलफुल तथा तरकारी आयात भईरहेको छ । उक्त विषादी युक्त भारतीय फलफुल तथा तरकारी सुर्खेतको बाटो हुँदै प्रदेशका सबै जिल्लामा पुग्ने गरेको व्यापारी बताउँछन् । वीरेन्द्रनगरका तरकारी तथा फलफुल व्यवसायी पबल शाहीले भारत–नेपाल नाकामै राम्रो सँग चेकजाँच गरेर मात्र नेपालमा फलफुल तथा तरकारी भित्रिने व्यवस्था मिलाउनु पर्ने बताउँछन् । ‘सरकारले नै नाकामा सहीसँग चेकजाँच गरिदिएपछि कसरी विषादीयुक्त तरकारी कर्णालीमा आउछ भन्या ? उनले भने, ‘नाकामा खुल्ला गर्ने, अनि नेपाल भित्रि सकेपछि स्थानीय व्यापारीले विक्री गर्न लागेको तरकारी नष्ट गर्ने नीति राम्रो होइन ।’ उनले भारतबाट आउने विषादी भन्दा पनि कर्णालीमै विषादीयुक्त फलफुल तथा तरकारीको भारमार रहेको बताए । उनका अनुसार सरकारले नै कृषकलाई विषादी हाल्न सिकाउँदा अहिलेपनि कर्णालीमा यत्रतत्र विषादीको भरमार छ । विदेश जाने, कालापहाड जाने र जग्गा बाँझै राख्ने प्रवृत्तिले परनिर्भरता बढ्दै गएको हो । पश्चिम नाग्मदेखि पूर्वको जुम्ला सदरमुकामका सिञ्जा क्षेत्रका विभिन्न ठाउँमा पर्ने साना ठूला मण्डी तथा पसल आयातीत तरकारीले भरिभराउ छन् । खेतीयोग्य जमिन बाँझै छन् । ‘खेती किसानी गर्ने सवै विदेश र कालापहाडमा छन् बाहिरको तरकारी ल्याउनु बाध्यता छ,’ स्थानीय लोक बहादुरले भने, ‘आयातीत तरकारीविना कर्णालीको भान्सा चल्दैन्न, यसलाई विडम्बना भनौं की बाध्यता ।’ यहाँको उत्पादन बजार, आयात हुने अवस्थालाई मध्यनजर गर्दा कर्णालीमा ५ प्रतिशतले मात्रै आफ्नो बारीमा तरकारी उपभोग गर्ने गरेका छन् । बाँकी ९५ प्रतिशत तरकारी बाहिरबाटै कर्णालीमा भित्रिन्छ । आफ्नै ठाउँको अर्गानिक तरकारी महंंगो पर्ने भन्दै स्वास्थ्यको ख्याल नगरी आयातित विष खाने बानीले प्राङ्गारिक जिल्ला विषाक्त तरकारीको शिकार भनेको किसानको गुनासो छ ।


स्थानीयस्तरमा उत्पादित तरकारीले बजार नपाउँदा कर्णालीका किसानलाई घरघरमा पुगेर तरकारी बेच्नुपर्ने बाध्यता छ । ‘घरघरमै पु¥याएर नबेचौं भने बारीमै कुहिन्छ, बेचौं महंगो भन्छन,’ जुम्लाको तिला गाउँपालिका–३ का किसान कर्णबहादुर हमालले भने, ‘बाहिरबाट आएको तरकारी सस्तोमा किन्ने बानी भएकाले उपभोक्ताले अर्गानिक तरकारी महंगो भएको गुनासो गर्ने गर्दछन् ।’ उनले आफूहरुले पाँच जनाको समूह बनाएर घरमै व्यावसायिक अर्गा्निक ताजा तरकारी उत्पादन गर्ने गरेको भएपनि उपभोक्ताको मानसिकता परिवर्तन गर्न नसकेको बताए । ‘यहाँका नागरिकमा यही तरकारी किनेर खानुपर्छ भन्ने मानसिकता नै छैन,’ उनले भने, ‘आफैंले उत्पादन गरेको प्रतिकेजी ८० रुपैयाँ पर्ने तरकारी अहिले घर घरमा पुगेर ३०÷४० रुपैयाँमा बेच्नुपर्ने बाध्यता छ ।’ उनले यस विषयमा सरकारले समेत ध्यान दिन नसकेको गुनासो गरे । अर्गानिक तरकारीले बजार नपाएपछि सदरमुकाम वीरेन्द्रनगरको एयरपोर्ट चोक नजिकै विहान ५ बजेदेखि साढे ८ बजेसम्म सडक किनारमै बसेर तत्लो सुर्खेतबाट उत्पादित तरकारी किसानले विक्री गर्दे आएका छन ।

Translate »