कोरोना संक्रमणपूर्व सावधानीका उपाय एवं हाम्रो दायित्व

काेराेना पत्रः सरकार र नागरिकलाई

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

-युवराज बास्कोटा

हामी सबैलाई थाहा छ– यतिबेला कोरोना भाइरसको संक्रमण विश्वभरि नै फैलिएको छ । यो कोभिड १९ नामक एक प्रकारको जीवाणु हो, जो एउटा प्रजातिबाट फरक–फरक ढंगले कोष विकास गर्दै मानव शरीरमा प्रवेश गर्छ । यसको संक्रमणलाई कोरोना भनिन्छ । पछिल्लोसमय यो हामी मानवजातिविरुद्धको जबर्जस्त हमलाको रूपमा हतियार बनेर प्रकट भएको छ ।  कोरोना संक्रमणले मानव स्वास्थ्यमा गम्भीर असर पारेको छ । आज बिहानसम्मको तथ्यांकानुसार अमेरिका, इटाली, स्पेनसहित पश्चिमा देशहरूलाई यसले आक्रान्त बनाएको छ । यसको सम्भावित संक्रमणबारे हामी सचेत छौँ, असरबारे त्रसित र चिन्तित छौँ । सरकारको जारी ‘लक डाउन’ कार्यान्वयन कोरोना रोकथामको पहिलो उपाय हो । यसअन्तर्गत कोरोनाबाट हामी स्वयं बच्न, घरपरिवार सहित बाँच्न र समाजलाई बचाउनु अनिवार्य बनेको छ ।
अब अहिले सम्पत्ति र सत्ताभन्दा माथि मानवीय सम्बन्ध स्थापित छ भन्ने मार्क्सवादी चेतना र जनताको बहुदलीय जनवाद निर्दे्शित हाम्रो राजनीतिक व्यवहार अहिले सेवा र  सद्गुणमा डोहोरिएको छ । यसमा विकसित मानवीय चेतना र उपस्थित भौतिक साधनको अधिकतम् प्रयोग गरौँ ! कोरोना भाइरस मात्रै होइन, मानवताविरुद्धका अनेकौं भाइसरहरू स्वतः पराजित हुँदै जाने छन् ।  कोरोनाको उपचार छैन । रोकथाम नै भरपर्दो उपचार हो ।

यसका लागि निम्न विषय क्षेत्रहरूमा ध्यान दिन सकिन्छ ;
१) ‘लक डाउन’ को अर्थ ‘आफ्नो घर स् आफ्नै क्वारेन्टाइन’ बनाउनु हो । यसलाई उल्लंघन गर्नु भनेको आफ्नै मृत्युको ढोका आफै खोल्नु हो । ‘लक डाउन’ उल्लंघन गर्न हुँदैन । परिवारसँग आत्मियता साटासाट गरेर घरैमा बस्नुपर्छ । ‘लक डाउन’ ब्रेक गर्न चाहनेलाई निरुत्साहन गर्नुपर्छ ।
२) कोरोना संक्रमणसम्बन्धी कुनै लक्षण देखिएमा वा कहिँ कतै संक्रमित व्यक्ति फेला परेमा वा अत्यावश्यक वस्तुको परिपूर्ति गर्नुपर्ने अवस्था आएका ‘हेल्प लाइन स् हेल्प सेन्टर’ का रूपमा सम्पर्क स्थल र सम्पर्क व्यक्ति किटानी गरिनुपर्छ ।
३) मानव अस्तित्वमाथि धावा बोल्ने प्रकृतिको यो महामारीबाट बच्न घरेलु उपाय र औषधीजन्य गतिविधिहरू के–के अपनाउन सकिन्छ ? जस्ता विषयमा विभिन्न माध्यमद्वारा सचेतना र जागरण ल्याउन सकिन्छ ।
४) यस्तो भयावह बेलामा पनि विभिन्न शिर्षकमा भ्रष्टाचारी, कालाबजारी, दलाली, माफिया, बिचौलिया र नाफाखोरीका कामहरू हुने गरेका छन् । सुरक्षाका नाममा जनप्रतिनिधि र पुलिस प्रशासनको ज्यादति बढेको छ । मानवीय सेवाकालमा अनुचित फाइदा उठाउने प्रयास कुनै पनि अर्थमा राम्रो होइन । यसलाई निरुत्साहित र नियन्त्रणमा लिनुपर्छ ।
५) दैनन्दिन हाम्रो जीवनका क्षेत्रमा अत्यावश्यक चीजविजहरू जस्तो कि आवश्यक उपकरण, औषधी, खाद्यान्न र इन्धनजस्ता दैनिक उपभोग्य वस्तुहरूको कृतिम अभाव सिर्जना नगर्नुहुन, अनावश्यक हाहाकारको अवस्था नल्याउनुहुन, बिक्रीयोग्य तमाम वस्तुमा निर्धा्रित मूल्यभन्दा बढी कत्ति पनि नलिनुहुन, बरु सेवा र सुविधालाई सहज बनाएर परस्पर सहयोग गरिदिनुहुन सरोकारवालासमक्ष अपील गर्नुपर्छ ।
६) कोरोनाको सम्भावित संक्रमणपूर्व अपनाउनुपर्ने सावधानीका सन्दर्भमा बजारिया अफवाह र फतावा तर्क कुतर्कहरू धेरै फैलाइएका छन् । कोरोनामाथि राजनीतिक गर्न खोजिएको छ । यसलाई सत्ताको योग्यता र परिवर्तनको खेलसँग जोड्न खोजिएको छ । यसतर्फ सचेत हुन जरुरी छ ।
७) दैनिक ज्यालादारीमा काम गर्ने, यसको पारिश्रमिकताबाट छाकबासको जोहो गर्ने श्रमिक मजदूरको अभिलेख अविलम्ब तयार गरिनुपर्छ । ‘लक डाउन’ को समय, अवधि र परिस्थितिजन्य जटिलता बढे आवश्यक मात्रामा वृत्तिभरणको व्यवस्था गरिनुपर्छ ।
८) सम्भावित संक्रमणलाई ध्यानमा राख्दै स्थानीय स्तरमै स्वास्थ्यकर्मीको निगरानीमा क्वारेन्टाइन, आइसोलेसन र उपचार केन्द्रको व्यवस्था मिलाइनुपर्छ ।
९) सम्भावित संक्रमणलाई समयछँदै प्रभावकारी नियन्त्रणमा लिन आवश्यक जनशक्ति, स्वास्थ्यकर्मी, उपचार विधि, अस्पताल कार्यकक्ष, सवारीसाधन आदिको सुप्रबन्ध गरिनुपर्छ ।
१०) अत्यावश्यक विषय शिर्षकमाथिका व्ययभार, किस्ता, महशुल आदिलाई छुट, मिनाहा र अघिल्लो अवस्थासम्मका लागि सहुलियत किटानी गरिनुपर्छ ।
११) यात्रा–यातायात, विद्यालय र सार्वजनिक स्थलको भेटघाट र निर्धा्रित विदा समयलाई कोरोना पूर्णतः नियन्त्रणमा नलिएसम्म रोकिने कुराको ग्यारेन्टी गरिनुपर्छ ।

लेखकः नेकपाका १ नम्वर प्रदेश कमिटी सदस्य हुनुहुन्छ ।

Translate »