२०८३ असोज ४ , आइतबार
Sky News Nepal
September 20, 2026

पञ्चेवाजा व्यवसायीक बन्न नसक्दा लोप हुने अवस्थामा



स्काई न्यूज / असोज ४,सुर्खेत ।
शुभ र अशुभ कार्यमा अनिवार्य मानिने पञ्चेवाजा व्यवसायीक हुन सकेको छैन् । पुस्तौ देखि प्रयोगमा ल्याइएको पञ्चेवाजा व्यवसायीक रुपमा चल्न नसके पछि लोप हुने अवस्थामा पुगेको हो । नयाँ पिढीले पुरानो पेशालाई अगाल्न नचाहेपछि पञ्चेबाजा संरक्षणको पर्खाइमा रहेको छ । हरेक कार्यमा निकै प्रख्यात हुने पञ्चेवाजा यति बेला गाउँघरमा समेत कम भेटिन थालेका छन् । दलित समुदायका दर्जीलाई गाउँघरका कार्यक्रममा भ्याई नभ्याई हुन्थ्यो । तर यति बेला पञ्चेवाजा बजाउने समुदायका व्यक्ति अन्य पेशामा लाग्न थालेपछि पञ्चेबाजा बजाउने मान्छेको संकट छ । पञ्चेबाजाका लागि आवश्यक पर्ने सामग्री समेत पाईन छाडेका छन् । यसले पनि यो बाजा विस्तारै हराउने अवस्थामा पुगेका दर्जीको भनाई छ । समय अनुसार पञ्चेबाजालाई व्यवसायीक बनाउन नसक्नुले पनि यो बाजाको अस्तित्व नै मेटीने हो की भन्ने चिन्ता दर्जी समुदायहरुमा रहेको छ । विशेष गरी पुरानो सँस्कृतिलाई झल्काउने गरी समाजका हरेका कार्यमा सुहाउने बाजाले अस्तित्व नै मेटाएमा सामाजिक कार्यमा राम्रो नहुने स्थानीयबासिको बुझाई छ । शहरी क्षेत्रमा व्याण्ड बाजाले आफ्नो पकड जमाउनु र समय सन्र्दभिक पञ्चेवाजा बन्न नसक्नुले समेत नेपाली समुदायको यो पेशा लोप भएमा आफूहरुलाई पुर्खाले श्रापने दर्जीहरुको भनाई छ ।


सेतो पकडी, काँधमा गलबन्धि, साफा र जामामा सजिएर बाजाको तालमा आफूसँगै अन्यलाई समेत रमाईलोसँग नचाउने क्षामता भएको यो बाजा विशेषगरी ग्रामिण र दुर्गम ठाउँहरुमा मात्र देख्न सकिन्छ । बजाउनेका लागि मात्र नभई हेर्नेहरुका लागि समेत मन नै जित्ने यो बाजा हराएमा समाजको सँस्कृति नै लोप हुने स्थानीयाबासीको ठम्याई छ । शहरबाजारमा केही दर्जीले यसलाई व्यावसायिक बनाएर बजाउने गरेको भेटिएता पनि व्यापक रुपमा आफ्नो स्थापित गराउन भने सकेका छैनन् । पुस्ताको पेशालाई आफूहरुले अगाले पनि भोलिका दिनहरुमा आफ्ना सन्तानहरुले पनि यही पेशा नै अगाल्छन भन्ने कुनै ग्यारेन्टी नभएको पोखरीकाडाँ ४ व्यूरेनीका रतनसिँह नेपाली बताउछन् । उनी भन्छन् ‘आफूहरुले यो पेशालाई धानेता पनि भोलिका दिनमा यो दिगो होला भन्ने कुनै आधार नै छैन् ।’ आफूहरुले पञ्चेबाजालाई दार्ता गरेर सही रुपमा व्यवस्थापन गर्ने सोच बनाएको बताउदैँ रतनसिँह भन्छन् ‘आफू रहञ्जेलसम्म बाजाको स्तरलाई सुधार गर्न सके भोलिका पुस्तालाई समेत राम्रो हुन्छ की ?

ग्रामिण भेगमा बाजाहरु आजभोली पाइएता पनि पञ्चेवाजामा हुनु पर्ने सवै सेट भने उपलव्ध छैनन् । दमाह, झ्याली, नरसिन्हा, सनाई, ढोलको समायोजनबाट नै पञ्चेबाजाको उत्कृष्ट आवाज आउँछ जसले सवै पक्षको मन जित्न सफल हुन्छ । अहिलेका युवाहरु बाजा काँधमा समेत हालेर बजाउन लाज मान्छन् । कसरी यसको दिगो होला ? पोखरीकाडाँ ३ का खड्क बहादुर नेपाली भन्छन् ‘सवै शिक्षित हुदैछन्, यहि अवस्था भए भोली हामीले गरेको पो पेशा नै समाउला भन्नेमा ढुक्क छैन् ।’ छोराहरुको समय अनुसार नपढ भन्नु पनि भएन् खड्का थप्छन् ‘पढाइसँगै बाजाको स्तर व्यवसायिक बनेमा उनीहरुलाई समेत जिउन सजिलो हुन्छ ।’  बाजाको माग अत्याधिक हुन्छ तर आफूसँग भएका सवै सामग्री समेत जुटाउन मुश्लिक भएको छविलाल नेपाली बताए । उनले भने ‘दमाहाका लागि आवश्यक पर्ने छाला खोज्न धेरै गाउँ चाहार्नु पर्ने अवस्था छ ।’ आफूहरुले यसरी खोज्दै संरक्षण गरेपनि छोराहरुले भविष्यमा यसरी दुःख गरेर जोगाउनेमा आशाबादी छैन् छविलाल थप्छन् ‘बाजाका लागि आवश्यक सवै थोक समेत जुटाउन मुश्किल छ ।’ दर्ता गरेर समूह बनाएर अगाडी बढ्ने तयारी गरिरहेको छविलाल बताए । उनी भन्छन् ‘समूहबाट गाउँघरमा सरिक हुदाँ यो पेशाबाट राम्रो आम्दानी हुने र सन्ततीले समेत भोलीका दिनमा पेशालाई जोगाउनमा सहयोग पुग्छ ।’

प्रकाशित मिति : २०७७ असोज ४ गते आइतबार
Translate »