चाडपर्वमा सचेत रहौं

विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीका कारण विश्वमानै कोरोनाले आक्रान्त पारिरहेको अवस्थामा हाम्रो मुलुक पनि अछुतो रहन सकेन । गत चैतको ११ गतेदेखि मुलुक लकडाउन भयो । त्यसको लामो समयपछि अर्थात् तीन महिना मुलुकले चरम आर्थिक मन्दीको सामना गर्नुप¥यो । त्यसपछि दोस्रो पटक साउनमा मुलुकमा निषेधाज्ञा भयो । यो पनि करिब १ महिनाभन्दा बढी समयसम्म लम्बिँदा मुलुकको सबै वित्तीय संस्था तथा व्यवसायहरू धेरै ऋणात्मक अवस्थामा आइपुग्यो भने धेरै मानिसको रोजीरोटीसमेत गुमेको छ । अझै पनि मुलुकभित्र धार्मिक देवालयहरू सुचारु भएका छैनन् भने पार्टी प्यालेस, खेलकुद प्रतिष्ठान र सिनेमाहल पनि सरकारले संचालनको अनुमति दिएको छैन । कोरोना महामारीले जताततै थला परिरहेको अवस्थामा यसले विगत ६ महिनादेखि साना तथा ठूला हिन्दूहरूको चाडबाडमा समेत नकारात्मक असर गरेको छ । कहीँकतै पनि धार्मिक भेला, गोष्ठीलगायत कुनै पनि कार्य नगर्न/नगराउन समेत स्वास्थ मन्त्रालयले आग्रह गरेको छ ।
काठमाडौं उपत्यकामा पछिल्लो समयअनुसार कोरोनाको हट स्पट बनिरहेको अवस्थामा दिनानुदिन संक्रमितको संख्याले रेकर्ड राख्दै गइरहेको अवस्थामा झन् काठमाडौं उपत्यकामा संक्रमणको उच्च जोखिममा रहेसँगै हिन्दूहरूको महान् चाड विजयादशमी, दीपावली तथा छठ पर्व नजिकिँदै गर्दा झन्झन् कोरानाले उपत्यकालगायत मुलुकका प्रमुख सहरहरूमा कोरोना संक्रमण अत्यधिक फैलने र पछि महामारीले विकराल रूप लिने हो कि भन्ने आममानिसको धारणा छ । तर पछिल्लो समयअनुसार चाडबाड नजिकिएसँगै मानिसहरूको चहलपहलमा उल्लेख्य वृद्धि हुनु र काठमाडौंबाट आफ्नो जन्मथलो गाउँसम्म जाने मानिसहरूको लर्को भने दिनानुदिन बढिरहेको हामी देख्न सक्छौं । यसरी उपत्यकाबाट मानिसहरू गाउँ जाँदा संक्रमित फैलने जोखिम अत्यन्तै बढी हुन्छ । केही हप्ताअघि मात्रै सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले पत्रकार सम्मेलनमा भन्नुभएको थियो । यसपालिको दसैं, तिहार र छठजस्ता नेपालीहरूको महान् चाड जो जहाँ छ त्यहीँबाट बसेर मात्र मनाउन आग्रह गरे ।

अहिलेको विषम परिस्थितिका कारण संक्रमणको जोखिम उच्च रहेको अवस्थामा त्यहाँमाथि काठमाडौं उपत्यका कोरोनाको अत्यन्तै जोखिम रहेको ठाउँमा काठमाडौंबाट गाउँ जाँदा संक्रमण फैलिन सक्ने र घरमा रहेका आमाबुबा, दाजुभाइ, काकाकाकी, हजुरबा हजुरआमा, कोही दीर्घ रोगी हुनुहुन्छ भने उनीहरूमा कोरोना सर्न सक्ने धेरै सम्भावना भएकाले हामीले आशीर्वाद वृद्ध बाआमाबाट फोनबाट पनि लिन सक्छौं । त्यसैले मेरो आग्रहलाई स्वीकारेर भए पनि विनम्र अनुरोध छ, यो पालिको महान् चाड जो जहाँ छौं त्यहीँबाट मनाउनुपर्ने कुरा मन्त्री ज्ञवालीले पत्रकार सम्मेलनमा बताए ।
उहाँले चाडपर्व मनाउँदा एकबाट अर्को ठाउँमा नगई घरको परिवारको सदस्यबीच सामाजिक दूरी तथा स्वास्थ्यसम्बन्धी मापदण्ड अपनाएर मात्र मनाउन आग्रह गर्नुभयो र दक्षिणको आदानप्रदान गर्दा पनि विद्युतीय माध्यमबाट गर्न अनुरोधसमेत गरे । यदि कसैले चाडबाडको नाममा हेलचेक्र्याइँ गर्छ भने उसलाई कानुनी कारबाहीसमेत हुने कुरा जानकारी दिए । हो, यस्तो विषम परिस्थितिमा तपाईं–हामी आफैं सचेत रहनु जरुरी हुन्छ । जीउज्यान रहे त फेरि यस्ता अरू धेरै चाडपर्व मनाउन सकिन्छ । जीउज्यान नै नरहे के मनाउने ? त्यसैले काठमाडौं उपत्यकामा कोरोनाको अत्यन्तै संक्रमित अर्थात् हटस्पट बनेको अवस्थामा चाडबाड मनाउँदा अत्यन्तै सचेत भएर मनाउनुपर्छ । केही समयको क्षणिक आनन्दले पछि स्वास्थ्यमा नराम्रो असर गर्न सक्छ, त्यसैले घरमा नै बसेर पारिवारिक रूपमा सचेत भएर मात्र चाडबाड मनाउने गर्नुपर्छ । कोरोना संक्रमणबाट आफू पनि बच्नुपर्छ र अरूलाई पनि बचाउनुपर्छ । (कारोबार)