चिसोमा च्यवनप्राश उपयोगी

‘च्यवनको अर्थ प्रसन्न हुनु वा इन्द्रियहरू आनन्दित हुनु भन्ने अर्थ हुन्छ । प्राशको अर्थ चाटेर खाने वस्तु भन्ने बुझिन्छ । ‘यो कमजोर शरीर भएका बालबालिका, युवायुवती, सुत्केरी, वृद्धवृद्धा सबैले सेवन गर्न सक्छन् । यसमा सबैभन्दा धेरै मात्रा अमलाको हुने भएकाले रोग प्रतिरोधी क्षमता बढाउने आयुर्वेद विज्ञ बताउँछन् ।अमला फलहरूको पनि राजा हो । यसमा भिटामिन ‘सी’ का प्राकृतिक स्रोतहरूमध्ये सबैभन्दा धेरै अंश हुन्छ । ‘यसले शरीरमा ऊर्जा दिन्छ । आयुर्वेद पूर्वीय दर्शनको महत्त्वपूर्ण पक्ष भएकाले यसका सूत्रबाट उत्पादित औषधिको मानवीय जीवनमा निकै महत्त्व रहेको नेपाल संस्कृत विश्वविद्यालय आयुर्वेद अध्ययन संस्थानका डिन डा. सञ्जय पोखरेलले बताए । पछिल्लो समय नागरिकमा आयुर्वेदप्रति विश्वास बढ्दै गएको उनका भनाइ छ । यसैवीच डाबर नेपालले जाडोको बेला च्यवनप्राश सेवन गर्दा बालबालिकालाई चिसोबाट जोगाउन सकिने र उनीहरूमा रोगसँग लड्ने क्षमता बढ्ने जनाएको छ । कम्पनीले आफनो उत्पादनको च्यवनप्राशले बालबालिकालाई मौसमी रुघाखोकीबाट समेत जोगाउने दाबी गरेको छ । रोग प्रतिरोधी शक्ति बढाउन मह र ४५ वटा जडीबुटीको समिश्रण रहेको च्यवनप्राश उपयोगी हुने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । च्यवनप्राश प्रयोगबाट मासंपेशी मजबुत बन्ने र यसमा रहेको केशर तथा अश्वगान्धले दिमागलाई समेत तन्दुरुस्त राख्ने कम्पनीको दाबी छ ।

Translate »