कर्णालीमा कुल ग्रार्हस्थ्य उत्पादन १८.८ प्रतिशत पु¥याउने लक्ष्य

प्रथम पञ्चवर्षीय योजना सार्वजनिक


स्काई न्यूज /चैत ५, सुर्खेत ।
कर्णालीको प्रथम पञ्चवर्षीय योजना सार्वजनिक गरिएको छ । प्रथम पञ्चवर्षीय योजनामा आर्थिक वर्ष २०७६÷७७ देखि ०८०÷८१ सम्म विभिन्न २० सूचकको दीर्घकालीन लक्ष्य साथ विहीबार सार्वजनिक गरिएको हो । पञ्चवर्षीय योजनाले कुल ग्रार्हस्थ्य उत्पादन बृद्धि गर्ने लक्ष्यलाई प्रमुख प्राथमिकतामा राखेको छ । मुलतः उत्पादन वृद्धि गरि रोजगारीका अवसरहरु जुटाउने, सबै जनतालाई उनीहरुको जीवनस्तर बढाउन उचित अवसर प्रदान गर्ने, विकास कार्यक्रमहरु सफलतापूर्वक कार्यान्वयन गर्नका लागि संस्थाहरु स्थापना गर्ने एवं भविष्यमा योजनाको निमित्त पूर्वाधार तयार गर्न आवश्यक आर्थिक सर्वेक्षणहरु गर्नेलगायतका लक्ष्य पञ्चवर्षीय योजनामा समेटिएका छन् । आर्थिक वर्ष २०७५÷०७६ मा कुल ग्रार्हस्थ्य उत्पादनमा ५.७ प्रतिशत रहेकामा आव २०८०÷०८१ मा १८.८ प्रतिशत पु¥याउने लक्ष्य राखिएको हो । समग्र आर्थिक विकासका लागि लक्ष्यमा पुग्नका लागि योजना अवधिमा कुल रु.५ खर्ब २१ अर्ब ४७ करोडस्थिर पूँजी लगानी आवश्यक रहेकोमा कृषितर्फ ९७ अर्ब १५ करोड, उद्योगमा २ खर्ब ३५ अर्ब ८१ करोड, सेवा क्षेत्रमा १ खर्ब ८८ खर्ब ५१ करोड लगानी आवश्यक रहेको आयोगका सदस्य डा.दीपेन्द्र रोकायाले जानकारी दिए । उनले यसका लागि सार्वजनिक क्षेत्रबाट ५३.६६ प्रतिशत, नीजि क्षेत्रबाट ४२.६५ प्रतिशत, र सहकारी क्षेत्रबाट ३.६९ लगानी हुने अनुमान गरे । उनका अनुसार प्रदेशको अर्थतन्त्रमा क्षेत्रगत योगदानमा बृद्धि गर्ने पञ्चवर्षीय योजनाको लक्ष्य रहेको छ । योजना सार्वजनिक कार्यक्रममा बोल्दै मुख्यमन्त्ती महेन्द्रबहादुर शाहीले विकास सबैको साझा एजेण्डा भएकाले सबै एक ठाउँमा उभिन आवश्यक रहेको औल्याए । उनले लगानी भित्र्याउन बजेटको सही सदुपयोग गर्दै लगानीका लागि वातावरण सिर्जना गर्ने दायित्व सरकारको भएको बताए । ‘उत्पादनमा बृद्धि गरेर आत्मनिर्भर हुँदै निर्यातमुखी अर्थतन्त्रको विकास गर्ने लक्ष्य राखिएको छ,’ उनले भने, ‘शिक्षा, स्वास्थ्यमा गुणस्तरीय सुधार गर्दै पर्यटन प्रर्बद्धन का लागि संसारको गतव्य नेपाल र नेपालको गतव्य कर्णाली भन्ने सोच विकास गरिने छ ।’ उनले कर्णालीमा उत्पत्ती भएको भाषा, संस्कृति, कलाको सम्वद्र्धन, सामाजिक सुरक्षा प्रर्णालीलाई सदृढ पार्दै समाजवादउन्मुख अर्थतन्त्रको निर्माण गरिने जनाए ।


प्रतिव्यक्ति आय ११ सय
प्रथम पञ्चवर्षीय योजना भित्र प्रतिव्यक्ति आय १ हजार १ सय ४७ अमेरिकी डलर पु¥याउने लक्ष्य राखिएको छ । प्रदेशलाई अतिकम विकसितको स्तरबाट पाँच वर्ष भित्र मध्यमस्तरको प्रदेशमा रुपान्तरण गरिने छ । अहिले कर्णालीका नागरिकको प्रतिव्यक्ति आय ८ सय २६ अमेरिकी डलर छ । आयोगका उपाध्यक्ष डा.सर्वराज खड्काले प्रतिव्यक्ति आय बढाउन जल, जमिन र जडीबुटीको सदुपयोगलाई जोड दिईएको जनाए । ‘हाल प्रदेशको आर्थिक बृद्धिदर ५.७ प्रतिशत रहेको छ । प्रथम पञ्चवर्षीय योजना भित्र १४.९ प्रतिशत पु¥याउने लक्ष्य राखेका छौं,’ उनले भने, ‘कृषि क्षेत्रमा औसत बृद्धिदर ४.४ प्रतिशतलाई बढाएर ११.१ पु¥याउने लक्ष्य लिएका छौं ।’ उनले उद्योगको औसत बृद्धिदर ९.६ प्रशिशत रहेकोमा त्यसलाई बढाएर ३२.२ पु¥याउने लक्ष्य राखिएको बताए । उनका अनुसार सेवा क्षेत्रमा औसत बृद्धिदर हाल ५.४ प्रतिशत रहेकोमा त्यसलाई पाँच वर्ष भित्र १०.७ प्रतिशत पु¥याउने लक्ष्य राखिएको छ । ‘हाल कृषि क्षेत्रको योगदान ३२.९ प्रतिशतलाई बढाएर २८.४ प्रतिशत पु¥याउने लक्ष्य छ,’ उनले भने, ‘उद्योगमा १३.८ योगदानलाई बढाएर अब २८ प्रतिशत पु¥याउने लक्ष्य राखेका छौं ।’ उनले सेवा क्षेत्रको ५३.३ प्रतिशतको योगदानलाई झारेर ४३.६ प्रतिशत पु¥याउने लक्ष्य राखिएको जनाए । ‘प्रदेशको निरपेक्ष गरिबीको रेखामुनी रहेको २८.९ प्रतिशतलाई आउँदो पाँच भित्र १८ प्रतिशतमा झार्नु छ,’ उनले भने, ‘त्यति मात्र होइन, बहुआयमिक गरिबीको रेखामुनी रहेको ५१.२ प्रतिशतलाई घटाएर २५ प्रतिशतमा झार्ने लक्ष्य छ ।’ उनका अनुसार २५ वर्षभित्र उक्त गरिबीलाई ३ प्रतिशतमा झार्ने लक्ष्य राखिएको छ । हाल ८.२५ मेगावाट विद्युत् उत्पादन भइरहेको कर्णालीमा आगामी ५ वर्षभित्र २ सय मेगावाट विद्युत् उत्पादनको लक्ष्य लिइएको छ । अहिले ६७.५ प्रतिशत परिवार विद्युतको पहुँचमा रहेकोमा पाँच वर्षभित्र ९० प्रतिशत परिवारमा बिजुली पु¥याउने लक्ष्य राखिएको उनले जानकारी दिए । हाल ६६ प्रतिशत साक्षरता रहेको प्रदेशमा ५ वर्षभित्र ९५ प्रतिशत पु¥याउने लक्ष्य सार्वजनिक गरिएको छ । जसमा ८२ प्रतिशत रहेको युवा साक्षरता ९९ प्रतिशत पु¥याउने र बेरोजगारी दर ६ प्रतिशतमा झार्ने लक्ष्य राखिएको छ । त्यस्तै ५ वर्षमुनिका बाल मृत्युदर (प्रतिहजार जीवित जन्ममा) ३५ पु¥याउने, मातृमृत्युदर (प्रतिलाख जीवित जन्ममा) १ सय २५ मा झार्ने योजना छ ।

पूर्वाधारतर्फ झण्डै ७७ अर्ब
पञ्चवर्षीय योजनामा भौतिक पूर्वाधारतर्फ यातायात, उर्जा बस्ती विकास, सिंचाई खानेपानी, सामाजिक विकासतर्फ शिक्षा, स्वास्थ्य रोजगार र सामाजिक सुरक्षा, हरित अर्थतन्त्रमा आधारित आत्मनिर्भर उत्पादनका क्षेत्रमा कृषि, उद्योग, जडीबुटी, खानी, वन पैदावर, पर्यटन वातावरण, विज्ञान प्रबिधि, अनुसन्धान, सूचना सञ्चार तथा डिजिटल कर्णाली र सुशासनमा जोड दिईएको छ । भौतिक पूर्वाधार विकासतर्फका विभिन्न योजनामा ७६ अर्ब ९५ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । यातायततर्फ ४० अर्ब, ऊर्जातर्फ १२ अर्ब, बस्ती विकासतर्फ ८ अर्ब र सिँचाइका लागि ७ अर्ब रुपैयाँ बजेट अनुमान गरिएको छ । खानेपानी तथा सरसफाइतर्फ ७ अर्ब, सूचना तथा सञ्चारमा १ अर्ब, आर्थिक क्षेत्रतर्फ ३२ अर्ब र पर्यटनमा ९ अर्बसँगै उद्योगमा ८ अर्ब रुपैयाँ अनुमान गरिएको छ ।

 

Translate »