औलो रोगको जोखिम कर्णालीसहित देशैभर कायमै

आज विश्व औलो दिवस: ‘शून्य औलोको लक्ष्यमा पुग्दैछौ’

श्याम आचार्य
वरिष्ठ स्वास्थ्य अधिकृत
कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालय , सुर्खेत ।

आज विश्व औलो (मलेरिया) दिवस । यस रोगबारे जनचेतना फैलाउने उद्देश्यका साथ प्रत्येक वर्ष अप्रिल २५ का दिन विश्वभर विविध कार्यक्रम गरेर यो दिवस मनाउने गरिन्छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सन् २००८ मा अप्रिल २५ लाई विश्व औलो दिवस घोषणा गरेको थियो । यस वर्ष ‘शून्य औलोको लक्ष्यमा पुग्दैछौ’ नाराका साथ यो दिवस मनाइँदैछ । ‘एनोफिलिज’ नामक लामखुट्टेको टोकाइका कारण औलो (मलेरिया) रोग फैलिने गर्छ । औलो फैलाउने लामखुट्टे प्रायः फोहर तथा दूषित पानीमा बस्छ । विश्व स्वास्थ्य संगठनको एक तथ्यांक अनुसार औलो रोगबाट प्रत्येक वर्ष विश्वमा करिब ५० हजार मानिस प्रभावित हुने गर्छन् । जस मध्ये करिब २७ प्रतिशतको मृत्यु औलो रोगकै कारण हुने गर्छ । औलो रोगका कारण मृत्यु हुनेमा पाच वर्षमुनिका बालबालिका धेरै छन् । सन् २०१६ मा मात्र विश्वका करिब ९१ वटा देशका २ सय १६ मिलियन व्यक्ति औलोबाट प्रभावित भएका थिए । करिब ४ लाख ४५ हजार (४४५०००) मानिसको मृत्यु औलो सम्बन्धि रोगका कारण भएको थियो । नेपालमा पनि औलो रोगका कारण गत वर्ष ५४१ जना प्रभावित बनेका थिए । विशेषगरी, खुला बोर्डरका कारण झण्डै ४५ प्रतिशतको हाराहारीमा भारतबाट भित्रिने यो रोग संक्रमिट लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने गर्छ । यो रोग संक्रमित पोथी एनोफिलिज नामक लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्छ । यो रोगको जोखिममा मुख्यतया गर्भवती महिला तथा पाँच वर्ष मुनीका बालबालिका रहने गरेका छन् ।


संसारमा पाइने औलोको परजीविमध्ये दुई परजीवि प्लाज्मोडियम फाल्सिपेरम तथा प्लाज्मोडियम भाइभेक्स जातको परजीविमात्र नेपालमा पाइन्छ । यसमध्ये प्लाज्मोडियम फाल्सिपेरम गराउने औलो रोग बढी कडा तथा खतरनाक हुन्छ । नेपालमा बर्सेनि करिब एक हजारको हाराहारीमा प्रयोगशालाबाट प्रमाणित औलो रोगी भेटिन्छन् । यो रोग वर्षायाम सुरु भएसँगै अप्रिलबाट सुरु हुन्छ । र, जुलाई देखि नोभेम्बर उच्च विन्दुमा रहन्छ ।
यी हुन् औलो रोगका लक्षण
–बेस्सरी टाउको दुख्नु
–वाकवाकी हुनु, बान्ता हुनु
–हात–खुट्टा, जोर्नी दुख्नु
–थकान तथा कमजोरी महसुस हुनु
–शरीरमा रगतको कमी हुनु
–ज्वरो आउनु
–कम्पन हुनु, ज्वरो आउनु र ज्वरो घटेपछि पसिना थाकेको महसुस हुनु


आर्थिक वर्ष २०७६/७७ मा निश्चित गरिएका जम्मा विरामी संख्या ६ सय १९ रहेका छन् । आव २०७६÷७७ मा निश्चित गरिएका जम्मा विरामी मध्ये १० प्रतिशत ५६ केश आयातित छन् । कर्णालीमा हालसम्म कुल २९ मध्ये रुकुम पश्चिमा २, सुर्खेतमा १३, कालिकोटमा ६, मुगुमा २ र हुम्लामा ६ जनामा औलो रोग देखा परेको छ ।
संसारभर पाइने औलो परजिविमध्ये २ परजिविहरु प्लाज्मोडियम फाल्सिपेरम र प्लाज्मोडियम भाइभेक्स जातको परजिवि मात्र नेपालमा पाइने चिकित्सकले बताएका छन् । यी दुईमध्ये प्लाज्मोडियम फाल्सिपेरम परजिविले सार्ने औलो रोग बढी कडा र खतरनाक हुने विज्ञको दाबी छ । यो नेपालमा रहेको जम्मा औलो संक्रमण संख्याको १७ देखी २० प्रतिशतमा पाइन्छ । सरकारले नेपालमा औलो उन्मूलन गर्न २०२५ सम्मको दिर्घकालिन रणनीति लिएको छ ।
सरकारले मुलुकका ६५ जिल्लालाई औलो जोखिमयुक्त जिल्लाको रुपमा लिएको छ । तराई र भित्री मधेशका ३१ जिल्लालाई उच्च प्रभावित जिल्लाका रूपमा सरकारले राखेको छ । यसका लक्षणहरु ज्वरो आउने, कमजोरी हुँदै जाने, एक दिन बिराएर वा दुई दिनमा ज्वरो आउने, जाडो भएजस्तो हुने, सिरक ओढ्दा तत्काल पसिना आउने आदि औलोका लक्षण हुन् । फाल्सिफोरम परजीवीका कारण हुने औलोमा इन्सेफलाइटिस या मेनेन्जाइटिसको जस्तो दिमागमा असर गर्ने र मिर्गौलामा असर गर्ने हुँदा पिसाबमा रगत मिसिएर आउन सक्छ । यो रोग रोकथामका लागि घरभित्र लामखुट्टे मार्ने औषधि छर्कने, विषादीयुक्त झुल लगाएर मात्र सुत्ने, घर वरपर पानी जम्ने खाल्डाखुल्डी छन् भने पुरिदिने या पानी जम्न नदिने, घर वरपर सरसफाइ राख्ने, घरमा कसैलाई औलो लागेको छ र अरुलाई पनि लक्षण देखिएमा तत्काल जाँच गराउने ।

Translate »