कर्णाली प्रदेश सरकारले विदेशबाट किनेर ल्याईएको ८ हजार ओखरका विरुवा डोल्पा पुगे

माघमा आइपुग्नु पर्ने ओखरका बिरुवा बैशाखको अन्त्यमा आइपुगेको किसानको गुनासो

 


डोल्पा– कर्णाली प्रदेश सरकारले विदेशबाट किनेर ल्याईएको ८ हजार ओखरका विरुवा डोल्पा आईपुगेका छन् । गुणस्तरीय ओखर उत्पादनका लागि पकेट क्षेत्र नै बनाएर प्रदेश सरकारले विदेशबाट विरुवा किनेर हवाई जहाज मार्फत डोल्पा पु¥याएको हो । डोल्पामा व्यावसायिक ओखर खेतीका लागि च्यान्दलर,फिन्क्वाइट लगायतका जातका अठार हजार बिरुवा खरिद गरी जहाजमा ढुवानी शुरु गरिएको छ । क्षेत्रीय कृषि निर्देशनालय सुर्खेतको ९१ लाख ६२ हजार रकमको अनुदान कार्यक्रमबाट बिरुवा खरिद गरी सोमबारबाट जहाजमा ढुवानी शुरु गरिएको हो । सोमबारमात्रै समिट एयरको जहाजमा नेपालगञ्जबाट नौ हजार बिरुवा ढुवानी गरेर जुफाल विमानस्थल झारिएको कृषि विकास कार्यालयका निमित्त प्रमुख शरद लामाले जानकारी दिए । उनले सम्पूर्ण बिरुवा ढुवानीको जिम्मा समिट एयरले लिएकाले बाँकी नौ हजार बिरुवा मंगलबारसम्म आइपुग्ने बताए । ‘एउटा ओखरको बिरुवाको टर्कीबाट खरिदगरि समुन्द्रीमार्ग हुँदै डोल्पासम्म ल्याइ पुर्‍याउँदा एक सय नौ रुपैया परेको छ,’ लामाले भने, ‘जिल्लाका सम्पुर्ण ओखर पकेट र बल्गमा आवद्ध इच्छुक कृषक तथा समुहकालागि बिरुवा वितरणकालागि आइतबारनै सूचना जारी गरिएको छ ।’ उनले सोमदेखिनै बिरुवा वितरण धमाधम शुरु गरेर तल्लो डोल्पामा पर्ने मुड्केचुला र जगदुल्ला गाउँपालिका पठाईने तयारी भएको जनाए । सात समुन्द्रपारीबाट ल्यार्इएको च्यान्दलर जातको ओखरले राम्रोसँग हुर्काउन सके लगाएको एक बर्षमै फल दिने कृषि कार्यालको दाबी छ ।
अुनपयुक्त समयमा आयो बिरुवा
ओखरको बिरुवा खरिद कार्यमा कृर्षि कार्यालयको चरम लापरबाही देखिएको छ । डोल्पामा व्यवसायी ओखर खेतीका लागि ७ पकेट क्षेत्र र १ ब्लग क्षेत्र छनौट गरिएको थियो । कृर्षि कार्यालयको लापरबाहीको कारण गएको वर्षको माघमा आइपुग्नु पर्ने सवा करोड मूल्य बराबरका विरुवा बैशाखको अन्त्यमा मात्र डोल्पामा आइपुगेका छन् । डोल्पामा नयाँ बिरुवा लगाइसक्नु पर्ने अनुकुल समय फागुन महिना हो । यस बर्ष पनि झन्डै एक करोडका बिरुवा अनुपयुक्त समयमा आएको कृषि प्राविधिकहरुले बताएका छन् । ओखर लगाउने उपयुक्त समय माघ फागुनमा भएपनि बैशाख अन्तिममा बिरुवा ल्याएर बिरुवा लगाउनु उपयुक्त नभएको प्राविधिकहरुको भनाइ छ । ‘जुनसुकै जातको ओखर लगाउने समय पनि माघ फागुन हो,यो समयमा लगाएका बिरुवा हुर्काउन धेरै मिहेनत गर्नु पर्दैन,यतिखेर ल्याइएका बिरुवा हुकार्उन धेरै मिहेनत गर्नुपर्छ,’ कृषि अभियान्ता जीवन शाहीले भने, ‘ओखरको बिरुवमा धेरै संवेदनशीलहुने भएकाले हुर्काउनसके असारसम्म पनि ओखर बिरुवा लगाउन सकिन्छ ।’ ठेक्का प्रक्रियामा गएर खरिद गर्दै ढिला भएको र ओखर बिरुवा लगाउने अनुपयुक्त समयमा बिरुवा आइपुगेको कृृषि कार्यालयको भनाइ छ । मिहेनती कृषकले अहिले लिएका बिरुवा नर्सरीमा हुर्काएर अर्को बर्ष फागुनमा रोप्नसक्ने निमित्त प्रमुख लामा बताउँछन् । उनले अघिल्लो बर्ष पनि टर्किबाट १ करोड १२ लाख ५० हजार रकम बराबरका पन्ध्र हजार च्यान्दलर जातका ओखरका बिरुवा ल्याईएको जनाए । उनका अनुसार अघिल्लो सवा करोडमा ल्याएर बितरण गरिएका ओखरका बिरुवाहरु कतिपय पकेट र ब्लगमा फस्टाए पनि कतैकतै भने हुर्काउन नसकेर सबै सुकेका थिए । अहिले जिल्लाभरिमा सात वटा ओखर पकेट र एउटा ब्लग रहेका छन् ।

Translate »