‘दिगो विकास’ साझा प्रयासले नै सम्भव छ’

स्काई न्यूज / असोज ६, सुर्खेत । कर्णालीको समृद्धिका लागि सबैको साझा प्रयास आवश्यक रहेको औल्याईएको छ । गत असोज १ गतेदेखि सुर्खेतको वीरेन्द्रनगरमा शुरु भएको दिगो विकास लक्ष्य कार्य सप्ताह कार्यक्रमका सहभागिहरुले दिगो विकासका लक्ष्य कार्यान्वयनमा सरोकारवालाको भूमिकालाई थप बृद्धी गरेर लैजानु पर्नेमा जोड दिएका छन् ।

कर्णाली प्रदेश योजना आयोग, गैरसरकारी सस्था महाँसंघ कर्णालीप्रदेश र संयुक्त राष्ट्र संघद्वारा सयुक्तरुपमा बुधवार भएको कार्यक्रममा सरोकारवालाहरुले दिगो विकास लक्ष्य कार्यान्वयनमा सबैको साझा प्रयासबाट सम्भव हुने बताएका हुन् । कार्यक्रममा कर्णाली प्रदेश सभाका अर्थ तथा प्राकृतिक स्रोत समितिका अध्यक्ष गणेशप्रसाद सिंहले कर्णालीको समस्या समधान गरि दिगो विकास लक्ष्यहासिल गर्न सबैको भूमिका महत्वपुर्ण हुनुपर्ने बताए ।

दिगो विकास लक्ष्य अनुसार सरकारले ल्याउने हरेक योजना तथा कार्यक्रमहरुमा समावेसी र सहभागितामुलक हुनु पर्ने औल्याए । लक्ष्य एकातिर योजना विन्यास अर्को तिर भए विकासले गति नलिने भन्दै सिंहले सबै भन्दा पहिला राज्य नै बढि जिम्मेवार बन्नुपर्ने जिकिर गरे । दिगो विकास लक्ष्य अनुरसारको गति लिन सरकार, सांसद, निजि क्षेत्र विकास साझेदारहरु आफ्नो जिम्मेवारी अनुसार लाग्नुपर्ने उनको भनाई थियो ।
त्यस्तै कर्णाली प्रदेश सभाका सामाजिक विकास समितिका सदस्य सांसद पद्मा ख्ड्काले दिगो विकास लक्ष्य पुरा गर्न सबैभन्दा राज्य संचालकहरु बढि जिम्मेवार हुनुपर्ने बताईन् । दिगो विकास लक्ष्य अनुसारका कार्यक्रम सञ्चालन गर्न राज्य सञ्चालकहरुको भूमिका धेरै महत्वपूर्ण हुने भएकोले प्रदेशको विकासका लागि सामूहिक प्रयास आवश्यक रहेको औल्याईन् ।

‘समयमा कार्यालयहरुमा वजेट खर्चको अख्तियारी नजानुले पनि दिगो विकास लक्ष्य हासिल गर्न चुनौती रहेको छ,’ उनले भनिन्, ‘सरोकारवालाहरु सबैले आफनो जिम्मेवारी अनुसार अगाडी बढे दिगो विकास लक्ष्य कार्यान्वयनमा समस्यान हुँदैन् ।’ कार्यक्रममा दिगो विकास लक्ष्य अनुसार समृद्ध कर्णाली निमार्ण गर्न सम्भाव्य आर्थिक क्षेत्रको पहिचान र परिचालन, महत्वपूर्ण विषय भएको कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा. सर्बराज खड्काले बताए ।

उनले सर्वसुलभ आधुनिक पूर्वाधार एवम् सघन अन्तर आवधद्धता, मानवपूँजी निर्माण तथा सम्भावनाको पूर्ण उपयोग, उच्च र दिगो उत्पादन तथा उत्पादकत्व, उच्च र समतामूलक प्रदेश आयलगायतका कुराहरु कर्णाली समृद्धीको आधार भएको जनाए । उनका अनुसार दिगो विकास लक्ष्य कार्यान्वयनका लागि कर्णाली प्रदेशले भौतिक पूर्वाधार विकास (सडक, ऊर्जा, बस्ती विकास, सिँचाइ, खानेपानी र सञ्चार) सामाजिक विकास (शिक्षा, स्वास्थ्य, रोजगार र सामाजिक सुरक्षालाई प्रथामिकता दिएको छ ।

कार्यक्रममा कर्णाली प्रदेश योजना आयोगका सदस्य डा. दिपेन्द्र रोकायले कर्णालीमा दिगो विकासका लक्ष्यहरुको अवस्था र कार्यान्वयन विषयमा प्रस्तुतीकरण गर्दै कर्णाली प्रदेश सरकारले सन–२०२१ को समेत लक्ष्य निर्धारण गरेर अगाडि बढेको जनाए । उनले ‘सम्बृद्ध कर्णाली, सुखारी कर्णालीबासीको नारालाई सार्थक बनाउन ‘कर्णालीको सोच २०२१’ महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।

‘कर्णाली प्रदेशमा दिगो विकास लक्ष्य र कर्णाली सोच २१००, दिगो विकासको लागि आन्तरिकीकरण, अभ्यास र प्रतिफल दिगो विकास लक्ष्यहरुको आधार स्तम्भको रुपमा अगाडी बढाईएको छ,’ उनले भने, ‘उत्पादन (कृषि, उद्योग, जडीबुटी, खानी, वन पैदावार, पानी) पर्यटन र वातावरण, विज्ञान प्रविधि, अनुसन्धान र नवप्रवर्तन, डिजिटल कर्णाली, सुशासन कर्णालीका प्रमुख प्रथामिकतामा रहेर दिगो विकास लक्ष्य कार्यान्वयनमा जोड दिएका छौं ।’

कार्यक्रममा प्रस्तुतीकरण गर्दै युएनडिपी कर्णाली प्रदेशका प्रमुख रफिक सिद्धिकीले कर्णालीमा विकास दातृनिकायको तर्फबाट प्रदेश सरकारसँग साझेदारी गरेर कर्णाली विकासमा योगदान गर्न आफुहरु इच्छुक रहेको बताए । उनले दिगो विकास लक्ष्य कार्यान्वयनमा सहकार्यको वातावरण निमार्ण गर्न सरोकारवाला पक्षलाई आग्रह गरे । दिगो विकास लक्ष्य हासिल गर्न कर्णालीमा दातृ निकायहरुले साझेदारी गर्न इच्छुक भएकोले कर्णालीको विकासमा आफनो पूर्ण सहयोग रहने उनको भनाइ थियो ।

यस्तै गैरसरकारी सस्था महाँसघका केन्द्रीय सदस्य खिमबहादुर शाहीले दिगो विकास लक्ष्य कार्यान्वयनमा गैरसरकारी संस्थहरु लागि परेको बताए । ‘सरकार सँगँंगै गैसस पनि समाज रुपान्तरणमा सहयात्री भएर लागेको छ,’ उनले भने, ‘सबै क्षेत्रको सामूहिक प्रयासबाट मात्र दिगो विकास लक्ष्य अनुसार विकास सम्भव हुन्छ ।’

कर्णाली प्रदेश योजना आयोग, कर्णाली प्रदेश सरकार, संयुक्त राष्ट्र संघ, नीजि क्षेत्र र नागरिक समाजको संयुक्त आयोजनामा दिगो विकास लक्ष्य कार्य सप्ताह आगामी असोज १२ गते सम्म सञ्चालन हुनेछ ।

Translate »