मानवीय क्रूरताले उजाडिएको वन र बस्ती

असार २५, काठमाडौं । प्रकृतिमाथि जति आक्रमण गर्‍यो त्यति नै आक्रमण हामीलाई प्रकृतिले गर्छ ।

मानव समुदायले जति प्रकृतिको दोहन गर्छ, सजायस्वरुप प्राकृतिक विपद्का घटनाहरू बढ्दै जान्छन् । अर्थात् जब मानवता हराउँछ, तब प्रकृतिको स्वरुप पनि बदलिन्छ । प्राकृतिक स्रोतमाथिको दोहनले प्रकृति त कुरुप बन्छ नै साथमा हाम्रो समाज र समाजमा रहेका प्राणीहरूको पनि अस्तित्व सकिन्छ ।

मानिसले प्रकृतिको अलौकिक गहना उतारेर प्रकृतिलाई उजाड बनाइरहेका छन् । प्रकृतिमा रहेका मानिसले नै प्रकृतिलाई नष्ट गरिरहेका छन् । चुरे, नदीनाला, वन, वातावरणको दोहनका कारण अहिलेको समाज रङ हराएको समाजमा परिणत भएको छ ।

देशका मुख्य सहरको त कुरै छोडौं  गाउँका वन, जंगल पनि उजाड छन् । प्राकृतिक स्रोतको दोहनका कारण नै देशले अहिले जलवायु परिवर्तनजन्य विपद्को सामना गरिरहेको छ । प्राकृतिक स्रोतहरू मासिंदै छन् । काठमाडौं उपत्यकाको प्राकृतिक स्रोत झन मासिँदै छ ।उब्जाउने हुने भिरपाखा घडेरीमा परिणत भइरहेको छ ।


हुँदाहुँदा उपत्यकाको ललितपुर, भक्तपुर र काठमाडौं  आसपासका डाँडाकाँडा मासेर धमाधम प्लटिंग भइरहेको छ ।अनियन्त्रित तवरले प्लटिंग हुँदा उब्जनी कम हुँदै गएको छ भने गिट्टी, ढुंगा, बालुवा, पाँगो, माटो दोहन भइरहेको छ ।

ललितपुरको टिकाभैरव, नल्लु, देवीचौर र लेले क्षेत्रलाई यसको नमूनाका रुपमा लिन सकिन्छ । यहाँस्थित वनजंगलभित्र पनि ढुंगा खानी र क्रसर उद्योगले वन फँडानी हुँदा उजाड छन् । यहाँबाट उभिएर हेर्दा डाँडापाखा पहिरोले बगाएझैं विरक्त देखिन्छन् ।

बस्ती बाढीले बगाएको बगरजस्तो छ । वर्षौं अघिदेखि चल्दै आएका ढुंगा खानी र क्रसर उद्योगले यहाँको यस्तो हालत बनाएका हुन् । निजी  जग्गामा सञ्चालित खानी र क्रसरले पछिल्लो समय सीमा मिचेर खोला र जंगल मासेका छन् । ढुंगा खानी निजी जग्गा छोडेर जंगल पसेपछि अवस्था विकराल बनेको छ । आर्थिक अभियान

Translate »