कर्णालीका अधुरा विमानस्थल पुरा गर

कर्णालीका असुरक्षित विमान स्थलको स्तरोन्नती गरिने भनिएपनि अझै हुन सकेका छैनन् । कर्णालीका सातै विमान स्थलको स्तरोन्नती गरिने आश्वासन सार्थक हुन नसक्दा जोखिम कायमै रहेको छ । हिमाली जिल्लाका विमानस्थलहरु साँघुरो हुँदा जोखिम हुने हुँदा अझ बढी जोखिम हुने गरेका छन् । पर्याप्त, बस्ने ठाउँ नहुनु, शौचालय व्यवस्थापन समस्या, एक भन्दा बढी हवाई जहाज नअटाउने स्थान अभावलगायतका विद्यमान समस्या छन् । मुगुको ताल्चा, हुम्लाको सिमिकोट, डोल्पाको जुफाल कालिकोटको कोटवाडा र जुम्ला विमानस्थलको चाँडै स्तरवृद्धि हुन आवश्यक रहेपनि अुधरा छन् । सुर्खेत, नेपालगन्जबाट उडान भर्नु पहिले स्तरवृद्धिमा सरोकारवालाले ध्यान दिन जरुरी रहेकाले जहाजको चेकजाँमा ध्यान नदिए दुर्घटना बढ्ने देखिन्छ । स्तरोन्तिको अभावमा कर्णालीका विमानस्थलहरु असुरक्षित बन्दै गएका छन् । एकपछि अर्को गर्दै कर्णालीका विमानस्थलमा जहाज हेर्दा हेर्दै दुःखद दुर्घटनामा परेका घटनालाई भुल्नु हुँदैन् ।

विमान दुर्घटनाले आम नागरिकमा हवाई सेवा प्रतिविश्वास घट्न सक्छ । तर, यस विषयमा सरोकारवाला भने गम्भीर देखिँदैनन् । हवाई दुर्घटनाबाट नेपालीहरुले ठूलो धनजनको क्षति बेहोरिसकेका छन् । अब अधुरा विमानस्थलहरु समेत बलियो र भरपर्दो बनाउन सम्बन्धित पक्षको विशेष ध्यान पुग्न जरुरी देखिन्छ । कालिकोटको कोटवाडामा बिमानस्थल निर्माण सुरु भएको ३७ वर्ष पुग्यो । २०४२ साल जेठदेखि निर्माण सुरु गरिएको कोटवाडा बिमानस्थल निर्माण सम्पन्न हुन अझै कति समय टुंगो छैन् । बिमानस्थल निर्माण सम्पन्न नहुँदै २०७३ माघ २९ गते चिलगाडी (हवाइजहाज) सफल अवतरण भयो । परीक्षण उडान सफल भएपछि नियमित उडान होला भन्ने आशमा रहेका स्थानीयहरु अहिले निरास छन् । त्यसमाथि ३७ वर्षसम्म विमानस्थल निर्माण पूरा भएको छैन् । विमानस्थलका अरु संरचना निर्माण सम्पन्न भएपनि कालोपत्रेको काम भने अझै सुरु भएको छैन् । संझौता अनुसार अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा निर्माण व्यवसायीले बिमानस्थल कालोपत्रे सम्पन्न गरिसक्नु पर्ने हो ।

तर अझै सम्पन्न हुन सकेको छैन् । ६ सय ९० मिटर लामो र ६० मिटर चौडाईको धावनमार्ग कालोपत्रे र नाली निमार्णका लागि निर्माण कम्पनीले १३ करोड ८१ लाख रुपैयाँमा ठेक्का लिएको थियो । भौगोलिक विकटता र कोरोनाका कारण तोकिएको समयमा काम गर्न नसकेको निर्माण कम्पनीको भनाइ छ । विमानस्थल निर्माणका लागि हालसम्म ३९ करोड रकम खर्च भइसकेको छ । भवन र टावर निर्माणको काम सम्पन्न भइसकेको छ । कर्णाली प्रदेश सरकारले अधुरा विमानस्थल निर्माणको कामलाई उच्च प्राथमिकता दिने बताएपनि त्यो व्यवहारमा कार्यान्वयन भएको छैन् । प्रदेश सरकारले पर्यटन पूर्वाधार निर्माण तथा प्रवर्द्धन गर्नुका साथै प्रदेशभित्र रहेका थप पर्यटकीय स्थलसँगै हवाई क्षेत्रलाई भरपर्दो र विश्वासिलो बनाउन विशेष योजना बनाउने बताएपनि हालसम्म कुनै प्रगति भएका देखिदैन् । बरु नेताहरु सत्ताको चरम दोहनमा लागेर सत्ता लोलुपतामा भुलेको देखिन्छ । पर्यटन पूर्वाधारको विकास गरी आन्तरिक र वाह्य पर्यटकलाई आकर्षित गर्न हवाई पूर्वाधार विकास तथा अधुरा काममा प्रदेश सरकारको ध्या पुग्न सकेको छैन् । अब ढिलैभएपनि प्रदेश तथा संघ सरकारले कर्णालीका अुधरा विमानस्थल निर्मांणमा विशेष पहल गरुन् ।

 

Translate »