समरकन्दतिर विश्व नजर
भदौं ३१, काठमाडौं । उज्वेकिस्तानको दोस्रो ठूलो सहर समरकन्दमा भइरहेको सांघाई कोअपरेसन अर्गनाइजेसन ९एससीओ० को ‘२२ औं हेड अफ द काउन्सिल अफ एससीओ’को बैठक नेपालका लागि पनि महत्त्वपूर्ण मानिएको छ । रुस, चीन, भारत, पाकिस्तान मात्रै नभएर मध्य एसियाका देशहरू सदस्य रहेको क्षेत्रीय संगठन एससीओको नेपाल पर्यवेक्षक बन्न लागेको छ । जसले नेपाललाई मध्य एशियासँग जोड्ने छ ।
‘संवाद साझेदार’ रहेको नेपालका लागि केपी शर्मा ओली नेतृत्वको सरकारले पूर्ण सदस्यका लागि लबिइङ गरे पनि अहिले पर्यवेक्षक बनाउन लागिएको हो । एक महिनाअघि नै एससीओका विदेशमन्त्रीको बैठकले यस विषयमा निर्णय गरे पनि ‘हेड अफ द काउन्सिल’को बैठकले अन्तिम रुपमा दिनेछ ।
साढे २ हजार वर्षदेखि निरन्तररुपमा बसोबास हुँदै आएको मध्य एशियाको यो सहर युनेस्कोले विश्व सम्पदा सूचीकृत छ । प्राचीन रेशम मार्गको महत्वपूर्ण मानिसको समरकन्दको बैठकप्रति नेपालीको जति चासो छ शक्ति राष्ट्रहरूको त्यो भन्दा धेरै गुणा बढी रहेको छ । यसका कारणहरू छन् । सम्मेलनमा जुन जमघट भयो । त्यो कैयौं हिसाबले पहिलो पटक भएका हो ।
चिनियाँ राष्ट्रपति सी चिनफिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी एकै ठाउँमा भेला हुँदैछन् । ८ देशका राष्ट्र वा सरकार प्रमुखहरूको सम्मेलनले अहिले वैश्विक तथा क्षेत्रीय मुद्दाहरुमा औपचारिक घोषणापत्रमा के-के भन्छन् त्यसको चासो संसारभर छैन, मुख्य चासो प्रमुख देशका शीर्ष नेताहरूबीच साइड लाइन बैठक हुन्छ कि हुँदैन ? भएमा कस्तो सहमति हुन्छ ? भन्नेमा पनि छ । ई–कान्तिपुर ।