शंकास्पद नम्बरबाट फोन आइरहेको छ ? होसियार ! सिम स्वापबाट गुम्न सक्छ लाखौं रुपैयाँ

काठमाडौं । साताअघि भारतको दक्षिण दिल्लीका एक व्यापारीले आफ्नो मोबाइलमा अपरिचित नम्बरबाट धेरै मिस्ड कल आएको देखे । पछि पुनः त्यही नम्बरबाट फोन आएपछि उठाए । तर,फोन गर्ने पक्षबाट कुनै प्रतिक्रिया आएन । त्यसको केही समयपछि भने उनको बैंक खाताबाट करीब ५० लाख भारू (८० लाख नेपाली) गुम्यो । यसबारे उनले दिल्ली प्रहरीको साइबर अपराध इकाईमा उजुरीसमेत दर्ता गरेकाे भारतीय समाचार संस्था द हिन्दूले लेखेकाे छ ।

घटनाको प्रारम्भिक अनुसन्धानले सिम स्वाप प्रविधि प्रयोग गरेर उक्त रकम ठगिएको देखाएको एक प्रहरी वरिष्ठ अधिकारीले बताएका छन् । ‘सिम स्वाप ठगी भनेको खाता टेकओभर घोटाला हो, जसमा अपराधीहरूले पीडितको फोनमा पहुँच पाउँछन् । तिनीहरूले फिसिङ (नक्कली मेलहरू), भिसिङ (फर्जी फोन कलहरू), मुस्कान (नक्कली पाठ सन्देशहरू), आदिमार्फत् सम्भावित लक्ष्यको व्यक्तिगत जानकारी प्राप्त गर्न व्यवस्थापन गर्छन् । त्यसपछि तिनीहरूले सबै व्यक्तिगत जानकारीहरू नक्कली आईडी सृजना गर्न, पीडितको नक्कल गर्न र टेलिकम सेवा प्रदायकलाई डुप्लिकेट सिमकार्ड जारी गर्न (प्रायः फोन हराएको वा पुरानो सिमकार्ड बिग्रेको बहाना) आग्रह गर्छन् । डुप्लिकेट सिमले काम गर्न थालेपछि, वास्तविक सिम ब्लक हुन्छ,’ अनुसन्धानमा खटिएका ती अधिकारीले भने ।

भारतमा भएको यस्तै घटना नेपालमा पनि हुन सक्ने भएकाले जानकारहरू मोबाइल नेटवर्कका प्रयोगकर्तालाई होसियार रहन सचेत गराउँछन् । शंकास्पद मोबाइल नम्बरबाट फोन आए सतर्क हुन उनीहरूको सुझाव छ ।

कसरी हुन्छ सिम स्वाप ?

ह्याकर तथा स्क्यामरले सबैभन्दा पहिले कुनै व्यक्तिको फोन नम्बर पत्ता लगाउँछ । त्यसपछि उक्त व्यक्तिको पहिचान पत्ता लगाउँछ । त्यही पहिचानका आधारमा उक्त नम्बरको आधिकारिक प्रयोगकर्ता भन्दै नेटवर्क प्रदायकको डिलरबाट नयाँ सिमकार्ड प्राप्त गर्छ । यसरी सिम लिएपछि मोबाइल एपहरूमार्फत इमेल, सोसल मिडिया खाताहरू र बैंक खाताहरूसहितका अधिकांश निजी विवरण ह्याकर तथा स्क्यामरको पहुँचमा पुग्छ ।

उक्त सिमको वास्तविक प्रयोगकर्ताको मोबाइलमा पठाइएका भेरिफिकेशन कोडहरूलाई अवरोध गरेर ह्याकर वा स्क्यामरहरूले इमेललगायतका निजी विवरण प्राप्त गर्छन् । र, सिम प्रयोगकर्ताको बैंक खातामा रहेको रकम झिक्न, ओभरड्राफ्टहरू फिर्ता लिन, ऋण लिन र परिवार र साथीहरूको सम्पर्कहरू प्राप्त गर्न त्यही इमेल प्रयोग गर्छन् ।

उनीहरूले सूचनाहरू, पासवर्ड, अनलाइन बैंकिङ प्रोफाइल र लेनदेनहरू रोक्न र सुरक्षा सेटिङहरू परिवर्तन गर्न मात्र नयाँ सिम कार्ड दर्ता गरेको पाइन्छ । सुरक्षा सेटिङ परिवर्तन भएपछि पीडितले सिम स्वाप भएको थाहा पाउनुपूर्व नै छोटो समयमा योजना अनुरूपका काम सकेर पुनः त्यो सिमकार्डलाई निस्क्रिय बनाउने गर्छन् ।


सिम स्वाप पहिचानको चोरी हो । ह्याकर र स्क्यामरले आफूले स्वाप गरेको सिमको वास्तविक प्रयोगकर्तालाई कल गरेर दिमागसँग खेल्ने गरेका छन् । उसले सिम प्रयोगकर्ताको नाम उल्लेख गरेर उसले प्रयोग गर्ने सिमको नेटवर्क सेवा प्रदायकबाट कल गरेको र केही डाटा भेरिफाइड गर्नुपर्ने भएकाले आफूले दिएको निर्देशन फलो गर्न अनुरोध गर्छन् । र, सिम प्रयोगकर्तालाई पूर्ण विश्वास दिलाउन पूरा नम्बर पढ्ने र अंकहरू सही छन् वा छैनन् भनी भेरिफाइड गर्न अनुरोध गर्छन् । र, सिम प्रयोगकर्ताका निजी सूचना भेरिफाइड गरी सुरक्षित राख्छन् ।

उनीहरूले दिने निर्देशनमा ग्क्क्म् डायल गर्न र त्यहाँ दिएका निर्देशनलाई समेत पालना गर्न अनुरोध गर्छन् । ती ग्क्क्म् कोडले सिम प्रयोगकर्ताको सिमकार्ड हराएको वा कुनै कारण बन्द गर्न नेटवर्क प्रदायकलाई अनुरोध गर्छन् । यसरी स्वाप प्रकृया शुरू भएपछि सिम प्रयोगकर्ता डिभाइस नेटवर्कको पहुँचभन्दा बाहिर पुग्छ ।

सिम प्रयोगकर्ता नेटवर्क प्रदायकको सम्पर्कमा जाने प्रयास गर्नुपूर्व नै ह्याकर वा स्क्यामरले सिम प्रयोगकर्ताको सेवा प्रदायकलाई कल गरेर सम्पूर्ण विवरण उल्लेख गर्दै आफ्नो क्क्ष्ः हराएको र नयाँ सिम लिनु परेको जानकारी गराइसकेका हुन्छन् । तिनीहरूले तपाईंको विवरणहरू मोबाइल सेवा एजेन्टलाई उपलब्ध गराउने छन् र सिम प्राप्त गर्छन् । त्यसपछि तपाईंको मोबाइल मनी, मोबाइल बैंकिङ, क्रेडिट सुविधालगायत अन्य खातामा पहुँच गरी खाताबाट रकम निकाल्छ । यी डिजिटल अपराधीले सिम प्रयोगकर्ताको रकम यस्ता खातामा पठाएका हुन्छन्, ती अकाउण्टमा पछि सजिलै पहुँचमा जान मुस्किल पर्छ ।

निशानामा परेको कसरी थाहा पाउने ? 

राम्रो नेटवर्क भएको स्थानमा पनि तपाईंको डिभाइस नेटवर्कभन्दा बाहिर छ भने स्वापको निशानामा परेको हुन सक्छ । साथै तपाईंले चलाएका एपहरू जुन बन्द भएका छन् वा विभिन्न निर्देशन सहितका लिंक तथा कलहरू आएका छन् भने पनि तपाईं निशानामा हुन सक्नुहुन्छ ।

कसरी जोगिने ? 

  • अपराधीले डिजिटल फुटप्रिन्टको निगरानी गर्छन् र तपाईंको मोबाइल सेवा प्रदायकलाई उनीहरू तपाईं नै हो भनी विश्वस्त पार्न सबैभन्दा सानो सानो विवरणहरूलाई प्राथमिकतामा राखेका हुन्छन् । यसकारण आफ्नो पूरा नाम, ठेगाना, फोन नम्बर र जन्ममिति जहाँ पनि पोस्ट नगर्नुहोस् ।
  • सामाजिक सञ्जालमा आफ्नो व्यक्तिगत जीवनको विवरण धेरै सेयर नगर्नुहोस् । अनलाइनबाहेक, सार्वजनिक स्थानहरूमा आईडी नम्बरहरू र मोबाइल नम्बरहरू छोड्दा धेरै सावधान हुनुपर्छ किनकि यी विवरणहरू जुनसुकै समयमा यस्ता अपराधीको पहुँचमा पुग्न सक्छन् ।
  • बलियो पासवर्ड र सुरक्षा सेटिङमा ध्यान दिनुहोस् ।
  • सधैं एक पासवर्ड प्रयोग गर्नुहोस्, जुन तपाईंको नजिकका परिचितहरू सहित कसैले पनि सहजै अनुमान गर्न नसकोस् । तपाईंको डिभाइसमा सञ्चालित अनलाइन खाता र अन्य मोबाइल एपहरू जस्तै मोबाइल बैंकिङ एपहरूको सुरक्षा गर्नको लागि पासवर्डमा विभिन्न क्यारेक्टरको प्रयोग गर्नुहोस् । सम्भव भएसम्म डबल भेरिफिकेशन टुल्सहरूको प्रयोग गर्नुहोस् ।
  • मोबाइल बैंकिङ एपहरूको लागि, सम्भव भएसम्म फेसअनलक तथा स्किनटच दुवै प्रयोग गर्नुहोस्
  • मोबाइल बैंकिङ जस्ता संवेदनशील एप इन्स्टल गर्नुअघि सेवाप्रदायकहरूसँग बुझेर त्यस्ता एप प्रयोग गर्न योग्य छ वा छैन भनि कन्फर्म गर्नुहोस् ।
  • सेवा प्रदायकसँग पहिचानको लागि डबल–फ्याक्टर बायोमेट्रिक प्रणाली छ कि छैन छ भने दुवै सुविधाहरू प्रयोग गर्नुहोस् । मोबाइल बैंकिङ एप प्रयोग गर्दा फिंगर प्रिन्ट र फेसअनलक सुविधाहरू दुवै प्रयोग गर्नुहोस् ।
  • फिसिङ इमेल, टेक्स्ट र कलहरूबाट सावधान रहनुहोस् ।
  • आफ्नो मोबाइल सेवा प्रदायक वा वित्तीय संस्थाहरूको कर्मचारी भएको भन्दै तपाईंसँग निजी जानकारी खोजीको लागी ह्याकर वा स्क्यामरले इमेल वा कल गर्न सक्छन् । यदि त्यस्तो भएमा त्यस्ता कल तथा इमेललाई तुरुन्तै बलक गर्नुहोस् र सम्बन्धित निकायमा रिपोर्ट गर्नुहोस् ।
  • यदि आफू सिम स्वापको निशानामा परेको शंका लागे सेवा प्रदायकलाई कल गरि आफूले कुनै पनि सेवा अदलबदल गर्न नचाएको जानकारी गराउनुहोस् । (आर्थिक अभियान)
Translate »