नौ सय ६० ग्राम सुनसहित विमानस्थलबाट एक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले आज नौ सय ६० ग्राम सुनसहित एकजनालाई पक्राउ गरेको छ ।

हिमालय एयरलाइन्सबाट दुवईदेखि आएका एकजना व्यक्तिका साथबाट उक्त सुन बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिए ।
पक्राउ परेका व्यक्तिका विषयमा थप अनुसन्धान भइरहेकाले उनको नाम भने अहिले सार्वजनिक नगरिएको जिल्ला प्रहरी परिसर काठमाडौं जनाएको छ ।