सुर्खेत प्रहरीद्वारा अबैध चिनी वरामद


सुर्खेत । सुर्खेत प्रहरीले अवैध चिनी बरामद गरेको छ । प्रहरीले शनिवार राती नेपालगञ्जबाट दैलेख लगिँदै गरेको करिब १ लाख ५२ हजार बराबरको अवैध चिनी बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक लक्ष्मणबहादुर शाहीले बिल नभएको ५० केजीको २६ बोरा र २५ केजी को २४ बोरा गरी जम्मा सानो ठूलो गरी ५० बोरा चिनी सुब्बाकुना चेक पोष्टबाट बरामद गरिएको जानकारी दिए ।
उनका अनुसार सुब्बाकुना चेक पोष्ट अगाडि डिउटीमा खटिएको प्रहरी टोलीले नेपालगञ्जबाट दैलेख तर्फ जादै गरेको भे १ ख ३१४४ नम्बरको ट्रकलाई चेकजाँचका क्रममा लुकाई छिपाई राखेको अवैध चिनीको बोराहरु बरामद गरेको हो ।


