पानीका लागि आवाज उठाऔं

नेपालको १२ औं राष्ट्रिय जनगणना २०७८ अनुसार अझैपनि कर्णालीमा कुल परिवार संख्या मध्ये ३५ प्रतिशत परिवार मात्र धारा पाइप वा घरपरिसरभित्रको खानेपानीको स्रोत प्रयोग गरिरहेका छन् । घरबाहिर रहेका खानेपानी आयोजनालगायतबाट कर्णालीका ४४ प्रतिशत र पानीको मूलधाराको प्रयोग गरिरहेका परिवारको संख्या १३ प्रतिशत रहेको जनगणनाको तथ्यांकले देखाएको छ । प्रदेशका ९६ प्रतिशतभन्दा बढी नागरिक प्रदूषित पानी पिउन बाध्य भएको सरकारी तथ्यांक छ । प्रदेशमा ३ प्रतिशत नागरिकको मात्र शुद्ध खानेपानीमा पहुँच रहेको छ । सरकारी तथ्याङ्कअनुसार अधिकांश नागरिक शुद्ध खानेपानीको पहुँचबाहिर छन् । कर्णाली प्रदेशको भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत मन्त्रालयअन्तर्गतको जलस्रोत महाशाखाका अनुसार कर्णालीमा ८६ प्रतिशत नागरिक आधारभूत खानेपानीको पहुँचमा पुगेका छन् । प्रदेशमा अझै ६ प्रतिशत जनसंख्या आधारभूत खानेपानीको पहुँचमा छैन ।

कर्णाली प्रदेशमा अझै पनि ४ हजार २ सय ७६ अर्थात् १ दशमलव २ प्रतिशत परिवारले खानेपानीका लागि खोलानालाकै भर पर्नुपर्ने बाध्यता छ । तर स्थानीय, प्रदेश र संघ सरकारसँगै गैरसरकारी देशी विदेश संस्थाहरुले कर्णालीका नागरिकलाई वर्षेनी शुद्ध पानीको पहुँच पु¥याउने भन्दै लाखौं रकम खर्च गरिरहेका छन् । आखिर त्यो रकम कर्णालीका आम नागरिकलाई शुद्ध पानीको पहुँच पु¥याउने नामका कहाँ पुगिरहेको छ । यसको खोजी निधि गर्न अब आवश्यक भईसकेको छ । भौगोलिक रुपमा विकट मानिएको कर्णालीमा पानीको स्रोत व्यापक भएपनि सही सदुपयोग हुन नसक्दा आधारभूत खानेपानीको पहुँच आम नागरिकसम्म पुग्न नसकेको हो । अझैपनि नागरिकलाई शुद्ध पिउने पानीको पहुँच पु¥याउन नसकिरहेको तथ्यांक वास्तवमा चिन्ताजनक छ ।

विभिन्न वर्षको बजेट मार्फत पिउने पानीको पहुँच पु¥याउनका लागि लाखौं रकम विनियोजन भईरहने गरेको छ । तर, नागरिकले भने अझैपनि शुद्ध पानी नपाउने अवस्थाको अन्त्य कहिले सम्म हुन्छ भन्ने कुरा सरकारहरुलाई नै थाहा छैन् । गरिवी, अभाव र वेरोजगारी थला परेको कर्णालीमा विकास गर्ने होइन की, खाने भन्ने चलनको अन्त्य नभएसम्म यहाँका शुद्ध खानेपानीको नागरिकसम्म पुग्नेवाला छैन् । खानेपानी पु¥याउने नाममा भईरहने भ्रष्टाचार र्निमूल नभएसम्म नागरिकले दुःख पाईरहने छन् । त्यसैले विकासमा हुने भ्रष्टाचार रोक्न सबै तह र तप्का जुट्न आवश्यक छ । सबैथोक सरकारले मात्र गरिदेला भन्ने नागरिक चेतना बद्ल्न समेत अब जरुरी भईसकेको छ । विकास भ्रष्टाचार रोक्न आम नागरिक सचेत र जागरुक मात्र होइन, भ्रष्टाचार विरुद्ध आवाज समेत उठाउन जरुरी देखिन्छ ।

Translate »