चाडपर्वलाई उपयोगी बनाऊँ !

साँस्कृतिक रुपमा हाम्रो संस्कति एकदमै धनी छ । हाम्रो इतिहास हजारौं वर्षको छ । हाम्रो पात्रो चाडवाड तथा उत्सवहरुले खचाखच भरिएको छ । हामी चाडवाड मनाउन रमाउछौं । चाडवाडको नाममा हामी नियमित कार्यबाट फुर्सद लिन पनि आनन्द मान्छौं । यी सबै हाम्रा समृद्ध परम्परा हुन् । चाड र उत्सवका मुख्य कुरा हुन् । यिनले हामीलाई हाम्रो खाना धर्म र आस्थासँग सम्बन्ध जोडिराख्छन् । यिनले हामीलाई हाम्रा नातेदार तथा साथीभाइहरुसँग भेटघाट गर्ने अवसर दिनछन् । यिनले हामीलाई आराम लिने र आफनो संस्कृतिलाई सम्हालिराख्ने मौका पनि दिन्छन् । तर यी चाडबाडहरु कहिलेकाहीं अस्वस्थकर, असुरिक्षत र चुनौती पनि बनेका हुन्छन् । के हामी उत्सवहरुबाट हुने खराब असरहरुबारे सचेत छौ । हाम्रो समाजले मनाउने कुनै पनि चाड या उत्सव स्वास्थयलाई हानि नपुरयाउने हुन्छ भनेर के हामीलाई थाहा छ । दशै तिहार र अरु चाडबाडले धेरै मानसिलाई बिरामी बनाएर अस्पताल ल्याउँछन् ।

तिहार र अरु चाडको अन्तमा धेरै बिरामीहरुको ट्राइल्गिसराइड र युरिक एसिड ३० देखि ४० प्रतिशत माथि गएको हुन्छ । यसको स्तर ठीक स्थितिमा ल्याउँदासम्म शरीरको भित्री भागमा केही नोक्सानी भइसकेको हुन्छ । यस्तो किन हुन्छ भनेर स्वास्थ्य विज्ञहरुले सुझाव दिएपनि लापरवाही गर्न छोडेका हुदैनौं । जन्मेदेखि मरणसम्म हामी अन्नप्राशन, व्रतबन्ध, विवाह, जन्मदिन र बूढो पास्नी के के हो के के चाड उत्सव आदि मनाउँछौ । खानेकुरालाई यी सबै चाडहरुको केन्द्रविन्दु राख्छौं । चाडबाडको नाममा हामी जानी जानीकन अस्वस्थकर जीवन बाँचने बानी बसाल्छौं । ज्यादै नुनिलो र चिल्लो खानेकुरा खानाले रगतमा चिनीको मात्रा युरिक एसिड रगतको कोलेस्टेरोलका साथै शरीरको तौल पनि तुलनात्मक रुपमा बढाइदिन्छ । मद्यपान र धूमपानले नोक्सान त हुन्छ नै त्यसैमा राति अबेरसम्म नसुत्नु अर्को घातक हुन खतरा निम्तिन सक्छ । कर्णालीका जस्ता सडकमा धेरै मद्यपान गरेर जथाभावी सवारी हाँकदा घटेको दुर्घटनाको कारण अस्पतालका आकस्मिक कक्षमा आउने सडक घाइतेहरूको संख्या भयप्रद नै पाइन्छ । एकछिनको आरामदायी सँझले जिन्दगीको पटाक्षेप निम्त्याउन सक्छ जुन तपाईको परिवार र समाजका लागि एक अपूरणीय क्षति हो । तपाईहरुको गलत बानीले केटाकेटीमा पनि नराम्रो असरहरु पर्न सक्छन् । यस प्रकारको खतराबाट सतर्क हुनु जरुरी छ । आफूले आफैंलाई यस्तो कुरा कसरी कम गर्न सकिन्छ भनी सोध्नुपर्छ । कुनै प्रकारको जोखिम तथा खराब असरविना उत्सव वा चाडहरु कसरी मनाउन सकिन्छ भन्ने एउटा यक्ष प्रश्न हो ?

यद्यपि ! चाडपर्वसँग हाम्रो जीवनशैलीको प्रत्यक्ष सम्बन्ध जोडिएको हुन्छ । चाडबाडको बेला भनेको फुर्सदको समय पनि हो । चाडपर्वलाई उपयोगी र व्यवस्थित गर्न तन, मनलाई स्वस्थ्य राख्दै रचनात्मक क्रियाकलापमा जुट्नु पर्छ । दशै, तिहार जस्ता परम्परागतरुपमा चलिआएका चाडपर्वहरु सही ढङ्गले व्यवस्थापन गर्न सकिएन भने सामाजिकसँगै मनोवैज्ञानिक स्वास्थ्यका समस्याहरु देखा पर्न सक्छन् । त्यसबाट तनावहरु बढ्ने, डिप्रेसन निम्तिने, कुलतमा फस्न सकिने हुँदा वित्तीय व्यवस्थापनको सकारात्मकरुपमा आत्मसाथ गरेर पर्वहरु मनाउँनु पर्छ । पछिल्ला केही आँकडाहरु हेर्ने हो भने नेपालमा चाडपर्वपछि सबैभन्दा धेरै बिरामी अस्पताल पुग्ने गरेका छन् । चाडपर्वको समयमा खानपिनसँगै जीवनशैलीमा एकदमै बढी लापरवाही हुँदा विभिन्न रोगको जोखिम हुने गर्दछ । चाडबाडको बेला खानापानसँगै जीवनशैलीलाई सन्तुलित बनाउन सकिएन भने बालबालिकादेखि बृद्धबृद्धामा रोगको जोखिम उच्च रहन्छ । गर्मी मौसम सकिएको र जाडो मौसम पनि लगभग सुरु भइसकेकाले आहार विहारसँगै दिनचर्यालाई सन्तुलित र व्यवस्थित बनाउने तर्फ विशेष ध्यान दिनुपर्छ । चाडपर्वका सांस्कृतिक, धार्मिक तथा मनोवैज्ञानिक पक्षहरु हुन्छन् । त्यसैले चाडबाडलाई सानोतिनो रुपमा लिनु हुँदैन । चाडपर्वलाई उपयोगी र व्यवस्थित गर्न स्वास्थ्यसँगै रचनात्मक गतिविधिहरु बढाउनु पर्छ ।

Translate »