भूकम्प र कृषिमा गर्नु पर्ने कार्यहरु

मिति २०८० साल कार्तिक महिनाको १७ गते शुक्रवार राती ११ बजेर ४७ मिनेट जादा कर्णाली प्रदेशको जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका वडा नं १ को रामीडाँडामा केन्द्रबिन्दु बनाएर गएको विनाशकारी भुकम्पको गति भने ६.४ रेक्टर स्केलको रहेको थियो । भुकम्प भनेको प्राकृतिक विपदमा पर्दछ । भूकम्पलाइ दैवि प्रकोपको रुपमा पनि परिभाषित गरिएको छ । भूकम्पले धेरै जनधनको क्षति पुर्याउछ र पुर्याएको पनि छ । भुकम्पले मानिसहरुलाइ विपत्तिको अवस्थामा पुर्याउछ । गाउँ नै गाउँले भरिएको हाम्रो नेपालमा अधिकांश जनताहरु कृषि पेशामा आवद्ध रहेका छन । कृषि पेशा अपनाउने अधिकांश मानिसहरु यो अहिलेको भुकम्पबाट धेरै प्रभावित भएका छन खासगरी जाजरकोट र रुकुम पश्चिममा । उनिहरुको खेत बारी, बगैचा र फर्ममा रहेको खडा बाली, वस्तु विशेष, पशुपन्छीपालन र उद्यमीहरुको व्यवसायमा तथा जीविकोपार्जनमा नकरात्मक असर पारेको अवस्था छ । त्यस्तै गरी पशुपन्छी क्षेत्रमा पशुपन्छीपालन मत्स्यपालन र सम्बन्धित पूर्वाधारमा उत्पादनदेखि बजारीकरणको अवस्थासम्मका क्रियाकलापहरुमा असर पुर्याएको देखिन्छ । घर र गोठहरु भत्केका छन । जाजरकोट सदरमुकाम खलङ्गामा अन्य ठाउको तुलनामा धेरै मानिसको हताहत वा मृत्यु भएको छ । खासगरी खलङ्गामा मानिसहरुले घरहरु बनाउदा सागुरो ठाउमा र भिरालो ठाँउ भएर होला कमजोर भूबनोट र भुकम्प प्रतिरोधी घरहरु नबनाएको हुनाले पनि होला घरहरु कमजोर भएको र घरहरु भत्किए अनि मानिसहरुको हताहत धेरै भयो, धेरै मानिसहरुले ज्यान गुमाएका छन । गाउँतिरका घरहरु मानिसहरुको जग्गा जमिन विकट र पाखो भिरालो भएपनि अलि समथर जग्गा हेरेर घरहरु बनाएको हुनाले र केहि राम्रो ठाउँ खारेर बनाएको कारण हुन पनि सक्छ कि अलि बजारतिरका भन्दा गाउँतिरका घरहरु कम भत्केका छन । यहि कारणमात्र पनि नहुन नि सक्छ । घरहरु बनाउदा उपल्लो तलामा मानिसहरु बस्ने र तल भूइ तलामा गाइबस्तुहरु राख्ने हिसाबले घरहरु बनाएका पनि पाइन्छ कतै कतै जाजरकोट र रुकुमतिर र भूकम्पले भत्काए पछि त तहा पशुहरु पनि हताहतीमा परेको अवस्था छ । त्यस्ता संरचनाहरुमा चेपिएर मरेका पशुहरुको दुर्गन्धले पनि झन वातावरण प्रदुषित बनाउने सम्भावना रहन्छ नै साथै कृषकको सम्पत्ति नोक्सान हुने हुनाले त्यो क्षति पुर्ति हुन धेरै समय लाग्छ नै । भुकम्पले गरेको क्षतिको केहि प्रारम्भिक विवरण जाजरकोटको उदाहरण हेरौ ।
जाजरकोट जिल्लामा रहेको पशु अस्पताल तथा पशु सेवा कार्यालयले जानकारी दिए अनुसार मिति २०८०।०७।१८ गते बेलुका ६:२७ बजेसम्ममा जानकारीमा आएको जाजरकोट जिल्लाको लागि क्षतिको विवरण

अति विकट र पहाडी भुगोल र विपन्न गरिब मानिसहरुले अत्याधिक क्षति तथा नोक्सानी व्यहोरेका छन । अनौपचारीक क्षेत्रमा कार्य गर्न न्युन पूँजीको आवश्यकता र जीविकोपार्जनका अन्य विकल्पको अभावमा कृषि तथा अनौपचारिक क्षेत्रका मानिसहरुहरुको बाहुल्यता रहेको छ । भण्डारण गरिएको खाद्यान्नको क्षति बालीनालीको सम्भावित उत्पादकत्वमा क्षति तथा पशुपन्छीहरु र घरेलु उद्योगहरुमा पुगेको क्षतिका कारण यी व्यवसायमा आश्रित मानिसहरुमा अत्याधिक आय जोखिम हुनेछ । दलित तथा सिमान्तकृत समुदाय र दुर्गम भूभागमा बसोबास गर्ने सामाजिक सेवाबाट पहिले देखिनै बञ्चित वर्गले त्यस्तै किसिमको चुनौतिको सामना गर्नु पर्नेछ ।

घरभित्र भण्डारण गरि राखेको अनाज पनि सुरक्षित तरिकाले बाहिर निकालेर तत्कालै उपभोग गर्न र अर्को ठाउँमा सुरक्षित भण्डारण गर्न पनि धेरै अफ्ठयारो छ । किनकी भुकम्पले हल्लाएको घर जति खेर पनि भत्किन सक्ने डरले मानिसहरुले भित्र राखेको अनाजलाइ बाहिर निकाल्न सक्दैनन र झन आफूसंग भइ भइ पनि खान नपाउने अवस्था आएको छ । त्यसैले भत्केका घर संरचनाहरु र जोखिममा रहेका भत्कन तयार भएका र भित्ता जगहरु चर्केका घरभित्र रहेका अनाज खाद्यान्नहरु प्रयोगमा ल्याउन सकिने अवस्था छैन । भुकम्पको कारणले जोखिमयुक्त भएका परिवारहरुका लागि सम्पत्तिको नोक्सानीका साथसाथै परिवार संरक्षणसमेत गर्नपर्ने जिम्मेवारी छ भने नयाँ पेशा खोजेर पुरानो पेशा भन्नाले कृषि नै हो पुरानो पेशा त्यसैले कृषि पेशालाइ नअपनाई अगाडि जाने अवस्था छैन । कृषकहरुले यो विपदसंग जुझ्न अनिच्छापूर्वक गरिने सम्पत्तिको बिक्री तथा विप्रेषण प्राप्तिका क्रममा विभिन्न तौरतरिका प्रयोगमा ल्याउनु पर्ने भएकाले कृषिको पहिलेको अवस्थामा आउन समय लाग्न सक्ने अवस्था छ ।

भुकम्प प्रभावित किसानहरुको लागि हार्भेष्टरबाट बाली काटने र थ्रेसर मेशिन ,अन्न भण्डारण गर्न सुपर ग्रेन ब्याग । गाईवस्तुहरुको स्वास्थ्य परिक्षण सेवा गाईवस्तुको गोबर परीक्षण ,गाईवस्तुका लागि जुका र परजीवि विरुद्धका औषधि वितरण,घाँसको बीउ वितरण आदि ।पशुहरुमा कृत्रिम गर्भाधान । उन्नत पशुपालन सम्बन्धी प्राविधिक सचेतनाका लागि पोष्टर पम्पलेट वितरण तथा पशुपालन सम्बन्धी प्राविधिक सल्लाहहरु आदी ।बाली उपचार शिविर र माटो परिक्षण शिविर कार्यक्रमहरु संचालन गर्न सकिन्छ । यो बेलामा कृषि क्षेत्रमा प्रतिकूल असर परेको प्रभा प्रभावित क्षेत्रमा राहत उपलब्ध गराउने,कृषि तथा पशुपन्छी क्षेत्रको लगानीमा नकरात्मक असर पर्न र उत्पादनमा ह्रास आउन नदिन सहयोग कार्यक्रम गर्न र बालि वस्तु विशेष, पशुपन्छी तथा मत्स्यपालनमा उत्पादन कार्यदेखि बजारीकरणको अवस्थासम्म भएको कुनै पनि क्षतिबाट कृषकमा पर्न जाने जोखिम व्यवस्थापन गर्न सहयोग गर्ने र कृषकहरुलाइ कृषि पेशाबाट पलायन हुनबाट रोकी कृषि क्षेत्रमा दिगोपना ल्याउनु जरुरी छ । कृषकहरुको आफू वस्ने घर पशुपन्छी पालनका लागि बनाउने संरचनाहरु भुकम्प प्रतिरोधी बनाउनु पर्छ । कृषकहरुलाइ प्राकृतिक विपद भएको खण्डमा आफ्नो पेशालाइ टिकाइराख्नका लागि विशेष सिप क्षमता र सहयोगको व्यवस्थापन गर्नु पर्छ ।कृषि कार्यक्रमहरु र कृषि विकासका लागि गरिने कार्यक्रमहरु स्थानियरुपमा गाउँ टोलमा नै संचालन गर्नु पर्ने हुन्छ । पालिका केन्द्रित वा जिल्ला सदरमुकाम केन्द्रित कार्यक्रम गर्नु हुदैन ।


भुकम्पका कारण उत्पन्न संकटले बाली भित्र्याउन कामदार नपाउने र काम गर्ने जोश जागर नहुने अवस्था आउन सक्ने भएकाले कृषकहरुलाई हौसला हुने खालका कार्यक्रमहरु लैजानु जरुरी हुन्छ । खेतवारी जोत्ने र बालीनाली काट्ने तथा चुट्ने खालका अत्याधुनिक मेशिनरी औजार अनुदानमा सर्वसुलभ रुपमा उपलब्ध गराउनु पर्दछ । कृषि तथा पशुपन्छी विकासका कार्यक्रमहरु कृषकहरु समक्ष अब भुकम्प प्रभावितहरुका लागि फोकस गरी केहि समय चल्ने परियोजनाहरु बनाएर जानु पर्छ किनकी नियमित कार्यक्रमहरुले भूकम्प पिडितहरुलाइ सम्बोधन नगर्न सक्छ । कृषकहरुलाइ हौसला र प्रेरणा प्रदान गर्नु आजको आवश्यकता हो । कृषि यान्त्रिकरण,माटोको गुणस्तर परिक्षण,पशु स्वास्थ्य शिविर,खाद्य स्वच्छता जस्ता एकिकृत सेवा एकै थलोमा प्राप्त गर्न अवसर उपलब्ध गराइएकोले यस क्षेत्रका कृषकहरुको सेवा प्राप्त गर्न लाग्ने समय घटाउनु पर्दछ ।

कृषिमा काम गर्ने निकायहरुको विज्ञता अनुरुपको प्राकृतिक प्रकोपको अवस्थामा राहत परिचालनको मोडालिटीको विकास गरी सोही अनुसार अगाडी जानु पर्छ । पशुपन्छीहरु राख्ने गोठ वा खोरहरु अलग्गै बनाउनु पर्छ । अबको पुर्ननिर्माणको कार्य गराउँदा मानिसहरुले आफू बस्ने घर र पुशपालनको लागि बनाउने गोठ र खोरहरु व्यवस्थित तरिकाले भुकम्प प्रतिरोधि हुने हिसाबले बनाउनु पर्छ । अबको सहयोग पुर्नस्थापना र राहत एवं दिगो जीविकोपार्जनका कार्यक्रमहरु गर्दा यो कुराहरुलाइ ध्यान दिनु पर्दछ । भूकम्पबाट नकरात्मक असर पुगेका कृषक परिवार तथा समूहहरुलाई कृषि क्षेत्रको विकासमा दिगोपना ल्याउन जरुरी हुन्छ । कर्मचारी एवं कृषक सबैमा विपत्ति पश्चात तनाव घटाउन स्वयसेवाले सहयोग गर्नु जरुरी छ । कृषकहरुलाई विशेष प्याकेज सहितको ज्ञान सिप र क्षमता बढाउन सिकाइमुलक तालिमहरुको अलावा अन्य राहतका प्याकेजहरु ल्याउनु पर्छ । यो प्राकृतिक विपत्तिमा कृषकहरुको घरु आगनमा पुगी थलो मै सेवा पुर्याउने र प्राविधिक सुझाव र कार्यान्वयन समेत प्रदान गरी व्यावसायिक खेतीमा परिणत गर्ने लक्ष्यतिर जानु पर्ने निश्कर्षमा आउछ ।

Translate »