भूकम्प प्रभावित क्षेत्रमा स्वयंसेवक

‘राजनीति’ दुई वटा शब्दको एउटा समूह राज+नीति हो । राजको अर्थ शासन र नीतिको अर्थ उचित समय र उचित स्थानमा उचित कार्य गर्ने कला । यसलाई अर्को अर्थमा जनताको सामाजिक र आर्थिक स्तर (सार्वजनिक जीवन स्तर) लाई माथि उकास्नु नै राजनीति गर्नु हो । यसै मूल्य मान्यतालाई आत्मसाथ गरेको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी) नेकपा एमाले २०४७ देखिनै जनताको जीवनस्तर माथि उकास्न विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ । झण्डै ६ लाख सक्रिय सदस्य रहेको यो पार्टीले आफु सत्ता हुँदामा बृद्ध भत्ता लगायत सामाजिक सुरक्षा जस्ता लोकप्रिय कार्यक्रम सञ्चालन गरेर जनतामाँझ विश्वासिलो राजनीति दल बनेको हो । यद्यपि ! नेकपा एमाले नेपालको संघीय संसदमा सबैभन्दा ठूलो विपक्षी राजनीतिक दल पनि हो । नागरिकप्रति जिम्मेवार बन्दै नेकपा एमालेले जाजरकोट–रुकुम पश्चिम भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि स्वयंसेवक परिचालन गरेको छ । दुःखको यस घडीमा भूकम्पपीडितलाई सानो मलहम भएपनि एमालेले अघि सारेको पुनर्निर्माण कार्यका लागि स्वयंसेवक परिचालन गर्नु स्वागतयोग्य कदम हो । एमालेले भूकम्प प्रभावितको सहयोगका लागि स्वयंसेवकको टोलीमा ईन्जिनियर, सिकर्मी, डकर्मी, स्वास्थ्यकर्मी लगायत पठाएर ठूलो पूण्य कार्य गरेको छ ।
स्वयंसेवकले भूकम्प प्रभावित क्षेत्रमा खटिने क्रममा बालबालिका, वृद्धवृद्धा र सुत्केरी महिला भएका तथा न्यून आय भएका परिवारलाई प्राथमिकता दिने छन् । स्वयंसेवकले भूकम्प प्रभावितको सहयोगका लागि गरेको कामको अनुगमन समेत एमाले पार्टीले गर्ने बताएको छ । पार्टीले खटाएको क्षेत्रमा रहेर काम गर्ने स्वयंसेवकले भूकम्प प्रभावित क्षेत्रमा भत्किएका घरका भग्नावशेष पन्छाउन, अन्नपात निकाल्न तथा पीडितलाई अस्थायी बास बनाउन सहयोग गर्ने छन् । ती स्वयंसेवकका लागि आवश्यक पाल, टेन्ट र खाद्यान्न सामाग्री विभिन्न क्षेत्रबाट संकलन गरि एमालेले व्यवस्था मिलाएको छ । एक करोड बराबरको श्रमदान हुने गरी एक हजार स्वयंसेवक परिचालन गरेर अरु पार्टीका लागि पनि एमाले उदाहरणिय बनेको हो । अस्थायी घर/टहरा निर्माण गर्न एमाले पोलिटब्युरो सदस्य विनोद श्रेष्ठ नेतृत्वको एक सय सदस्यीय केन्द्रीय फोर्स प्रभावित क्षेत्रमा पुगिसकेको छ । पार्टी केन्द्रको निर्णयअनुसार भग्नावशेष हटाउन, अवरुद्ध बाटो पन्छाउन, शौचालय बनाउन, खुला आकाशमुनि बसेकाहरुका लागि अस्थायी टहरा निर्माण गर्ने काममा स्वयंसेवक जुटिसकेका छन् । एमालेले २३ वटा जनसंगठनबाट ४ सय, प्रदेश सम्पर्क कमिटीबाट एक सय, लुम्बिनी प्रदेशबाट २५०, कर्णाली १५०, कोशी र मधेश प्रदेशबाट २५/२५, गण्डकी, बाग्मती र सुदूरपश्चिम प्रदेशबाट ५०/५० र उपत्यका प्रदेशबाट २५ जना गरी एक हजार स्वयंसेवक परिचालन गरेको हो ।

स्वयंसेवक टोलीले स्थलगत अध्ययन गरेर स्थानीय पार्टी, पीडित र प्रशासनसँग समन्वय गरी काम सुरु गरेका छन् । अहिले भूकम्पका कारण घर पूर्णरुपमा क्षति भएका ३५ हजार बढी परिवार बिचल्लीमा छन् । यो चिसो मौसममा धेरै पीडित अझै खुला आकाशमुनि रात कटाउन बाध्य छन् । शोकको घडी, चिसो मौसम, पटक–पटक आइरहने परकम्पका बीच खुला आकाशमुनि जीवनसँगको संघर्ष साँच्चै पीडादायी छ । मृत्यु भएकाहरुको शोक त बाँचेकालाई छँदैछ । बाँचेकाहरुलाई बचाउन सरकारले राहत बितरण र उनीहरुको तत्कालीन बसोबास व्यवस्थापनमा गरेको ढिलाइ अक्षम्य नै हो । त्यसलै अरु राजनीति पार्टीहरुले समेत भूकम्प प्रभावित क्षेत्रमा पीडितहरुको घाउमा सानो भएपनि मलहम लगाउने कार्यमा जुट्नु पर्छ । किनभने राजनीति पार्टीहरु नजुर्मु¥याएसम्म सरकारको मात्र एक्लो प्रयास पर्याप्त देखिदैन् । त्यसैले खुुला आकाशमुनि कष्टकर दैनिकी बिताइरहेकाहरुका लागि जेजति सकिन्छ एमालेले मात्र होइन, सबै राजनीति पार्टीहरुले एकैसाथ उनीहरुको पुर्नःस्थापनामा हातेमालो गर्न आवश्यक देखिन्छ ।