रक्तदानको महत्व बुझाऔं !

‘रक्तदान’ । हामीले आफ्नो शरीरलाई सग्लो राखेर परोपकारका लागि गर्न सकिने सबैभन्दा सजिलो काम हो, रक्तदान । किनभने हामीले रक्तदान गर्दा त्यसले अरु विरामी वा रोगीले नयाँ जीवन पाउन सक्छन् । एक युनिट रगतले पनि कसैको ज्यान बच्न सक्छ । रगतबिनाको जीवनको कल्पना पनि गर्न सकिँदैन । स्व–इच्छाले रगत दान गर्नुलाई नै रक्तदान भनिन्छ । आकस्मिक कारणले अकालमा ज्यान जान लागेको मानिसलाई बचाउने विकल्प रक्तदान नै हो । देशमा बर्सेनि करीब तीन लाख युनिट रगत चाहिन्छ तर जहिल्यै अभावका समाचार आइरहेका हुन्छन् । बाढी, पहिरो र भूकम्पको समस्या तथा अनिच्छित गर्भधारण, गर्भपतन र सिजेरियन अप्रेसन पनि पहिलेको तुलनामा बढेकाले रगतको माग आकाशिएको हो । शिक्षित व्यक्तिको संख्या वृद्धि भएपनि अझै पर्याप्त जानकारी नहुँदा रक्तदान गर्दा कमजोर भइन्छ भन्ने भ्रम हटेको छैन् । रक्तदान जीवनदान हो । मन्दिरमा गएर धूप बत्ती बाली लाखौंको फलफूल, प्रसाद चढाएर धर्म हुँदैन । कसैको जीवन बचाउने रक्तदान नै सबैभन्दा ठूलो धर्म हो । हामीले शरीरमा भएको रगत दान नगरेपनि तीन महिनामा त्यो रगत त्यतिकै खेर जान्छ । खेर जाने रगत दान गर्दा कसैको ज्यान बच्छ भने किन नगर्ने ? रक्तदान गरेजस्तो पुण्यको काम अरु केही हुँदैन । हामीले रक्तदान नगरे आवश्यक व्यक्तिले कसरी रगत पाउँछन् । कुनै बेला हामी आफैलाई रगत चाहिँदा कसले दिन्छ ? त्यसैले रक्तदान गरौं र अरुको अमूल्य जीवन बचाऔं भन्ने संदेश दिन अहलिे पश्चिम सुर्खेतका गाउँवस्तीमा रक्तदान कार्यक्रमहरुको आयोजना गरिएका छन् । यसबाट पश्चिम सुर्खेतमा समेत रक्तदानको महत्व थप बढेर जाने अपेक्षा राखिएको छ ।

पश्चिम सुर्खेतका ग्रामीण क्षेत्रहरुमा रक्तदान कार्यक्रमलाई व्यापक बनाउन अहिले सचेतना फैलाउनुका साथै स्वयसेवी रक्तदाता अभियान सञ्चालन गरिएको छ । लायन्स क्लब अफ सुर्खेत बुलबुले, रेडक्रसलगायतका संस्थाहरु रक्तदानको महत्व बुझाई रहेका छन् । नेपाल स्वयसेवी रक्तदाता समाज समेत रक्तदानको महत्व बुझाउने कार्यमा जुटेका छन् । स्वस्थ शरीर, मानसिक सन्तुलन ठीक, कम्तीमा १८ वर्ष पूरा भई ६० वर्ष ननाघेको र कम्तीमा ४५ केजी तौल भएको, मलेरिया, क्षयरोग, जन्डिस, मधुमेय तथा एचआईभी एड्स नलागेको व्यक्ति रक्तदान गर्न सक्षम हुने मानिन्छ । गर्भवती र महिनावारीको समयमा र सुत्केरी भएको छ महिनाभन्दा अगाडि रक्तदान गर्नु हुँदैन । पुरुष र महिलाको शरीरमा प्रतिकेजी क्रमश २६ र १६ एमएलका दरले रगत बढी हुन्छ । यही बढी भएको रगतमात्रै दान गर्ने हो । रक्तदान गर्दा कतिपय मुटुजन्य रोगका समस्या र कतिपय मधुमेहजन्य रोगका समस्या निदान हुने विभिन्न स्वास्थ्य अनुसन्धानले प्रमाणित गरेको छ । रक्तदान गर्दा केही रोगको परीक्षण गरिने हुँदा आफूमा स्वास्थ्यको सतर्कता रहन मद्दत पुग्ने गरेको छ । अब आउँदा दिनहरुमा पश्चिम सुर्खेतका ग्रामीण क्षेत्रमा रक्तदान सम्बन्धि सचेतनासँगै रक्तदान कार्यक्रमहरु थप बढ्ने अपेक्षा गर्न सकिन्छ । देशमा शिक्षित व्यक्तिको संख्या वृद्धि भएपनि अझै रक्तदानको ज्ञान बारेमा पर्याप्त जानकारी छैन ।

रक्तदान गर्दा कमजोर भइन्छ भन्ने भ्रम हटाऔं । रक्तदान गर्नुपूर्व विभिनन स्वास्थ संस्थाबाट रक्तदान सम्बन्धी जानकारी लिन सक्छौं । रक्तदान जीवनदान हो । आकस्मिक कारणले अकालमा ज्यान जान लागेको मानिसलाई बचाउने विकल्प रक्तदान नै हो । नेपालमा २००० सालदेखि रक्तदान कार्यको सुरुवात भएको इतिहास छ । समाजेवी दयावीरसिंह कंसाकार नेपालका पहिलो रक्तदाता हुन् । नेपालमा बर्सेनि करीब तीन लाख युनिट रगत चाहिन्छ तर जहिल्यै अभावका समाचार आइरहेका हुन्छन् । आधुनिक विज्ञानले धेरै प्रगति गरेतापनि कृत्रिम तरिकाले रगत बनाउने सूत्र फेला पारेका छैनन् । ब्लड बैंकहरुले पनि आवश्यक मात्रामा सेवाग्राहीलाई रगत उपलब्ध गराउन सकिरहेका छैनन् । योग्य व्यक्तिहरुले पनि रक्तदान नगर्ने प्रवृतिले गर्दा देशमा रगतको अभाव हुँदै आईरहेको छ । रगतले शरीरभित्र पोषण, लवण, हर्मोन, भिटामिन, अक्सिजन, रोगसँग लड्ने एन्टिबडीसँगै कार्वनडाइअक्साइड, युरियाजस्ता विकार ओसार–पोसार गर्छ । रगतको रातो रक्तकणले अक्सिजन तथा कार्वनडाइअक्साइड यताउति गर्न, श्वेत रक्तकणले रोगसँग लड्न र प्लेटलेट्सले रगत जमाउने काम गर्छ । रक्तदानको महत्व बुझाउन बहुत जरुरी छ । तपाईंको एक युनिट ब्लडले लगभग तीन जना व्यक्तिको ज्यान बच्न सक्छ । त्यसैले पनि हरेक स्वस्थ व्यक्तिले रक्तदान गर्न उचित हुन्छ । महापूण्य कार्य भएकाले रक्तदानलाई ‘महादान’ पनि भनिएको हो ।

Translate »