सुनको मूल्यमा रेकर्डमाथि रेकर्ड, चैतमै ११ पटक भाउमा कीर्तिमान !

काठमाडौं । सुनको मूल्यमा शुक्रवार (आज) पनि कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २४ सय रुपैयाँले बढेर १ लाख ३९ हजार रुपैयाँ कायम भएको छ, यो हालसम्मकै उच्च मूल्य हो ।

यसअघि गत बुधवार सुनको भाउ हालसम्मकै उच्च कायम भएको थियो । उक्त दिन सुनको मूल्य तोलाको  लाख ३६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।


शुक्रवारसँगै चैतमा ११ पटक सुनको मूल्यमा कीर्तिमान कायम भइसकेको छ । यो महीनामा सुनको मूल्य तोलामा १३ हजार २०० रुपैयाँ बढेको छ । चैत १ गते सुनको भाउ तोलाको १ लाख २५ हजार ८०० रुपैयाँ कायम थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ५० रुपैयाँले बढेर १ हजार ७५० रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

आज अन्तरराष्ट्रिय बजारमा पनि सुनको मूल्य बढेको छ । आज अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ३९१.७० डलरमा कारोबार हुँदैछ । अघिल्लो दिन अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ३७७ डलरमा बन्द भएको थियो । आर्थिक अभियान

Translate »