स्थानीय उत्पादनको महत्व

स्थानीय उत्पादनले स्वरोजगार मात्र होइन, ग्रामीण अर्थतन्त्रलाई चलाएमान बनाउँछ । यतिबेला सानै स्तरबाट भएपनि कर्णालीका विभिन्न ग्रामीण क्षेत्रमा स्थानीय उत्पादन र त्यसको महत्वले कृषकको जीविकोपार्जनमा टेवा पु¥याई रहेको हुन्छ । पछिल्लो समय उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तरगतको  उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयहरुले स्थानीय सीप, कौशललाई संरक्षण गर्दै त्यसको आधुनिकरणतर्फ प्रोत्साहन गरिरहेको पाइन्छ । दैलेख, कालिकोट, जाजरकोट, रुकुम पश्चिम, सल्यान, जुम्लालगायत दुर्गम क्षेत्रका राडिपाखी बुन्ने कृषकलाई उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयहरुले आर्थिक तथा प्राविधिक सहयोग गरिरहेका छन् । लोप हुँदै जान थालेको भेडापालनलाई संरक्षण गर्न र भेडाको ऊनको आकर्षक वस्तु बुनेर आयआर्जन गर्न तर्फ कृषक अघि बढेको देख्दा बजारको सुनिश्चितता गर्न सके स्वरोजगार मात्र होइन, स्थानीय अर्थतन्त्रलाई उकास्न यस्ता सहयोगहरु लाभकारी हुन सक्छन् । दैलेखको नौमुलेका अधिकांस गाउँमा भेडा तथा बाख्रा पालन हुन्छ । त्यहाँ ऊन खेर गइरहेको छ । सीप नहुँदा परम्परागत राडीपाखी बाहेक अन्य बस्तु उत्पादन हुन सकेको छैन् ।

उद्योग उपभोक्ता हित संरक्षण कार्यालय दैलेखको आर्थिक सहयोगमा तीन महिने राडिपाखी बुनाई तथा सीप सुधार तालिम दिएपछि दुर्गमका किसान ऊनका विभिन्न वस्तु निर्माण गरेर बजारमा लैजाने तिर आकर्षित भएको देखिन्छ । त्यहाँका कृषकले गलवन्दी, गलैंजा, राडी, पाखी, कोटे कपडा सबै बुन्न सिकेपछि नयाँ उत्साह र जोसले उद्यमशीलता तर्फ अग्रसार भएको देखिन्छ । त्यसका लागि अब स्थानीय पालिकाहरुले समेत बजारसँगै लगानीको व्यवसायिक वातावरण बनाई दिनु पर्छ । भेडा लगायतको उनबाट राडिपाखी लगायतका सामग्री बुन्न दक्ष भएका स्थानीय कृषकलाई स्थानीय स्तरबाटै आधुनिक प्रविधिको प्रयोग गरेर सीप दिन सके थप उत्पादन बढ्नुका साथै लागत कम गर्न हुन्छ । सीपमुलक कृषकलाई पालिकाहरुले प्रोत्साहन गर्नु पर्छ । व्यवसायीक रुपमा लागेर कृषकलाई पनि आधुनिक सीप जरुरी हुन्छ । आधुनिक सीप र औजारले दुर्गमका कृषकका लागि निकै लाभदायक विषय हो । उनीहरु ऊनको कम्मल बुन्छन् । राडिपाखी बुनेर भेडाको उनको सदुपयोग गर्छन् । खसीबाख्राको बर्खल (उन) बाट लिउँ, फेरे (ऊनबाट बनेको कार्पेट) बनाउँछन् । ओड्ने ओछ्याउने कपडाको लागि यहाँका कृषकलाई समस्या पर्दैन् । स्थानीय साधनस्रोतबाट ओढ्ने ओछ्याउने जुटान सहज हुनेछ ।

राडीपाखीका अलवा बजारसम्म सहजै रुपमा किनबेच भइराख्ने वस्तु उत्पादन गर्न सिके ग्रामीण अर्थतन्त्र उकास्न थप टेवा पुग्छ । स्थानीय कच्चा वस्तुमा आधारित पराम्परागत सीप विकासले कृषकको आम्दानीसँगै स्वरोजगार बन्न सहज हुन्छ । स्थानीय उत्पादनमा आधारित वस्तुबाट नयाँ उद्यमी सृजना गर्नु भनेको ग्रामीण अर्थतन्त्र उकास्नु नै हो । भेडाबाख्रा पालनका लागि उर्वरा क्षेत्रहरुमा राडी पाखी फेरे, बुनाई धागो कटाई जस्ता सीप विकास तालिमले धेरै सहयोग पुग्छ । छिटो छरितो रुपमा ऊनबाट बनाउन सकिने सामग्री बुन्न सके गाउँको समृद्धिमा टेवा पुग्छ । ऊनबाट उत्पादित सामग्री बेचेर भएपनि आयआर्जनका क्रियाकलापमा सहभागी बन्न सक्ने हैसियत पालिकासँगै प्रदेश सरकारले गरिदिनु पर्छ । भेडापालनले जलवायु अनुकुलन ल्याउनेछ । ऊनले किसानको आयस्रोत पनि बन्ने र भेडापालन पनि फस्टाउन सक्छ । स्थानीय स्तरमा उत्पादित वस्तु बजारसम्म पुगेमा आन्तरिक पर्यटकसँगै स्थानीयलाई समेत सहयोग पुग्छ । उसोपनि हरेक ब्यक्तिको आफ्नो जीविकोपार्जनको लागि पनि कुनै न कुनै सीप अनिवार्य हुन्छ । सीप कृषकमैत्री हुनपर्छ । दुर्गमका कृषकले भेडापालन गर्छन् । प्रशस्त ऊन उत्पादन हुन्छ । भेडाको ऊनको मात्र किसानले सदुपयोग गरेको खण्डमा आयस्रोतका लागि कृषकले चिन्ता गर्नुपर्दैन् । गाउँमा गुणस्तरीय सामाग्रीको उत्पादन भएको खण्डमा उत्पादित सामाग्रीको बजारमा खासै समस्या हुँदैन् । लोप हुन लागेको राडीपाखले प्राथमिकता पाउनेछन । जेसुकै पेशा व्यवसाय गरेपनि घुमिफिरी जलवायु अनुकुलन गर्ने हो । यो कार्यमा सबैको साथ हुनु जरुरी हुन्छ ।

Translate »