९ महीनामा करीब २ करोडको पानको पात आयात

आर्थिक अभियान/काठमाडौं । नेपालले ९ महीनामा करीब २ करोडको पानको पात आयात गरेको छ । भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउनदेखि चैत महीनासम्म १ करोड ८८ लाख ५४ हजार रुपैयाँको ७५ हजार ६८५ किलोग्राम पानको पात नेपाल भित्रिएको छ ।

गत वर्षको उक्त अवधिको तुलनामा यो वर्षको सोही अवधिमा पानको पात आयात मूल्यमा २ प्रतिशतले र परिमाणमा १६ प्रतिशतले घटेको छ । गत वर्षको सोही अवधिमा नेपालले १ करोड ९३ लाख ६ हजार रुपैयाँ बराबरको ९० हजार ७९४ किलोग्राम पानको पात भित्रिएको थियो ।

नेपालले भारतबाट पानको पात आयात गर्ने गरेको छ।

Translate »