सडक पूर्वाधार विकास नै पहिलो खुटकिलो हो : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीका लागि सडक पूर्वाधार नै विकासको पहिलो खुटकिलो भएको बताएका छन् ।

आज सुर्खेतको वीरेन्द्रनगरमा प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले आयोजना गरेको आगामी वर्षका लागि बजेट तर्जुमा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले राष्ट्रिय राजमार्गले छुन नसकेको कर्णालीका लागि विकासको पहिलो पूर्वाधार भनेकै सडक भएको जनाए ।

उनले भौगलिक रुपमा विकट मानिएको कर्णाली र भेरी करिडोर निर्माणधिन अवस्थामा रहेकाले प्रदेश सरकारको मुख्य प्राथमिकता नै गुणस्तरीय सडक पूर्वाधार निर्माण भएको बताए ।


प्रदेशबासीले अझैपनि सहज र ढुक्कसँग यात्रा गर्न नपाईरहेको तितो सत्यलाई आत्मसात गर्दै उनले बजेट सुनिश्चित भएका योजनाहरुमा निर्माण व्यवसायी र कार्यालय प्रमुखले सहकार्य गरेर तोकिएकै समयमा जनचाहना अनुसारको कार्यलाई मूर्तरुप दिन निर्देशन दिए ।

जनताले निवेदक बोकेर मन्त्रालयमा धाउने परिस्थतिको अन्त्य गरी भौतिक पूर्वधार तथा सहरी विकास मन्त्रालयले बढी जिम्मेवारीका साथ ठेक्का लगाएर पेश्की दिएका आयोजनाहरुको प्रगति शतप्रतिशत पु¥याउने तर्फ केन्द्रित हुन उनले सुझाव दिए ।

कार्यक्रममा भौतिक पूर्वधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढाले कर्णालीको बजेट खर्च कम भईरहेकाले सम्बन्धित कार्यालय प्रमुखले आवश्यक प्रक्रिया पुरा गरि तोकिएकै समयमा योजना सम्पन्न गर्न निर्देशन दिए ।

Translate »