२०८३ असोज २८ , बुधबार
Sky News Nepal
October 14, 2026

लुम्बिनीका मुख्यमन्त्री महराले दिए राजीनामा



दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले राजीनामा दिएका छन् । लुम्बिनी प्रदेशसभाको आइतबारको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री महराले राजीनामा दिएका हुन् ।

सत्ता साझेदार एमालेले गत असार २० गते सरकारबाट बाहिरिँदै सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएपछि मुख्यमन्त्री महरा अल्पमतमा परेका थिए । आफू अल्पमतमा परेपछि मुख्यमन्त्री महराले संसदलाई सम्बोधन गर्दै राजीनामा दिए । उनले आगामी बन्ने सरकारलाई जनताको हितमा काम गर्न आग्रह समेत गरे ।

उनले आफू काम चलाउको अवस्थामा एक छिन पनि बस्न नसक्ने भएकाले राजीनामा दिएको बताए ।

मुख्यमन्त्री महराको राजीनामा पछि अब नयाँ सरकार निर्माणका लागि नयाँ समीकरण निर्माण गरेका  कांग्रेस एमालेलाई नयाँ सरकार निर्माणका लागि बाटो खुलेको छ ।

प्रकाशित मिति : २०८१ साउन ६ गते आइतबार
Translate »