सुर्खेतमा युनिसेफको प्रदेश कार्यालय स्थापना
सुर्खेत । सुर्खेतमा युनिसेफको प्रदेश कार्यालय स्थापना गरिएको छ ।
प्रदेश कार्यालयको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपालका लागि युनिसेफ प्रतिनिधि एलिस अकुङ्गाले कर्णाली प्रदेशका बालबालिका र समुदायसँग नजिक भएर काम गर्न आफु उत्साहित भएको बताईन् । उनले कर्णालीको मातृ मृत्युदर राष्ट्रिय औसतभन्दा बढी रहेको र पुड्कोपनाले बालबालिकाको ठूलो हिस्सालाई प्रभावित गरेको जनाईन् ।
कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय सुर्खेतका सचिव आनन्द सारुले कर्णाली प्रदेशमा युनिसेफसँग सहकार्य गरेर अगाडी बढिने बताए ।
कार्यक्रममा स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका निर्देशक रबिन खड्काले विकासका सवालमा सरकारी तथा गैर सरकारी क्षेत्र एक भएर काम गरे सकारात्मक नतिजा प्राप्त गर्न सकिने जनाए ।
कर्णाली प्रदेशमा स्वास्थ्य, पोषण, शिक्षा, बालविवाह, मातृ मृत्युदर, तथा पुड्कोपना जस्ता विषय प्रमुख समस्याका रुपमा छन् ।