दैलेखको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयमा ‘सेवाग्राहीसँग कार्यालय प्रमुख’ कार्यक्रम

दैलेख । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेखले ‘सेवाग्राहीसँग कार्यालय प्रमुख’ कार्यक्रम सञ्चालनमा ल्याएको छ ।

कार्यालयले बुधबार एक कार्यक्रमको आयोजना गरी कर्णाली प्रदेशमै पहिलो पटक सेवाग्राहीसँग सरकार पुग्ने उद्देश्यले ‘सेवाग्राहीसँग कार्यालय प्रमुख’ कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

जिल्ला न्यायधिस कुलप्रसाद पाण्डे, प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल, जिल्ला प्रहरी कार्यालयका प्रमुख सुनिल दाहाल एवं जिल्ला सशस्त्र प्रहरी प्रमुख चन्द्रबहादुर केसी लगायतले बुधबार कार्यालय परिसर भित्र संयुक्तरुपमा कार्यक्रमको उद्घाटन गरी विधिवतरुपमा सेवा प्रभारम्भ गरेका हुन् ।

सरकारसँग सिधै पहुँच नपुगेका विपन्न, गरिब र असाहय नागरिकका लागि ‘सेवाग्राहीसँग कार्यालय प्रमुख’ कार्यक्रम प्रभावकारी हुने अपेक्षा राखिएको छ । प्रत्यक्ष घरदैलोको सरकारका रुपमा रहेका स्थानीय तहपछि प्रदेश सरकारको मर्म र भावना अनुरुप गरिव, निमुखा र पहुँच विहिनहरुलाई सहजरुपमा पहुँच छिटो छरितो सेवा पु¥याउनका लागि ‘सेवाग्राहीसँग कार्यालय प्रमुख’ कार्यक्रम सञ्चालनमा ल्याईएको कार्यालयका सूचना अधिकारी पर्शुराम आचार्यले बताए ।


उनले हरेक दिन दिउँसो एक बजेको समयमा कार्यालय प्रमुखलगायतले सेवाग्राहीहरुसँग बसेर सेवा प्रवाह प्रतिको प्रतिक्रिया समेत लिन शुरु गरिएको जनाए । कार्यायल प्रमुख नृपजंङ्ग शाहीले सेवाग्राही भएकै ठाउँमा पुगेर पिर मर्का, गुनासो वा असन्तुष्टि सुन्ने र सके जति लचिलो भई सेवाग्राहीको काम गरी पठाउने दैनिक तालिका बनाएको उनको भनाइ छ ।

कार्यालय प्रमुख नृपजंङ्ग शाहीले सेवाग्राहीलाई छिटो छरितो र सहज तरिकाले सेवा प्रवाह गर्नका लागि ‘सेवाग्राहीसँग कार्यालय प्रमुख’ कार्यक्रम सञ्चालनमा ल्याईएको बताए । उनले सेवा प्रवाहमा आउने गुनासो सुनुवाईलाई प्रभावकारी बनाउँदै कार्यालयको दिगो व्यवस्थापन तथा सेवाग्राहीमैत्री कार्यालय बनाउनु ‘सेवाग्राहीसँग कार्यालय प्रमुख’ कार्यक्रमको मुख्य उद्देश्य रहेको जनाए ।

उनका अनुसार अब आईन्दा उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयबाट प्रवाह हुने कुनै सेवामा कैफियत देखिए सिधै कार्यालय प्रमुख तथा सूचना अधिकारीसँग जुनसुकै सेवाग्राहीले तोकिएको समयभित्र भेटेर सहज तथा सरल तरिकाले आफ्ना समस्याहरु राख्न सक्ने छन् ।

कार्यालयबाट उद्योग दर्ता, नविकरण, खारेज, उद्योग स्थानन्तरण, प्रविधि हस्तान्तरण, सीप विकास तालिम, उद्यम विकास तालिम, उपभोक्ता हित सम्बन्धि सचेतना तथा कालोबजारी नियन्त्रणका लागि बजार अनुगमन, औद्योगिक प्रर्दशनी, मेला तथा उद्योगीहरुको घरमा अवलोकन, सीप विकास प्रतियोगिता र प्रत्येक पालिका घुम्ति शिविरलगायतका सेवाहरु प्रवाह हुँदै आएका छन् ।

Translate »