सुर्खेतमा औद्योगिक व्यापार, कृषि तथा पर्यटन महोत्सव हुँदै

‘आर्थिक समृद्धिका लागि कर्णालीमा उद्योग खोलौं, औद्योगीकरणमा सबै जुटौं’

स्काई न्यूज दैनिक / कार्तिक १, सुर्खेत 
सुर्खेतमा राष्ट्रिय औद्योगिक व्यापार, कृषि, नविनतम् प्रविधि प्रदर्शनी एवम् पर्यटन महोत्सव हुने भएको छ । लघु, घरेलु तथा साना उद्योगका उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा मूलप्रवाहिकरण, उत्पादनको बजार प्रबद्र्धनका साथै नविनतम् प्रविधिको विकास गर्न पहिलो पटक कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गर्न लागिएको हो । महोत्सव मंसिर १८ गतेदेखि २४ गतेसम्म नेपाल घरेलु तथा साना उद्योग महासंघ कर्णाली प्रदेशको आयोजना उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय कर्णाली प्रदेशको प्रबद्र्धनमा गर्न लागिएको छ । महासंघ कर्णाली प्रदेशले शुक्रबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन मार्फत कर्णालीको पर्यटन प्रर्वद्धनसँगै नेपाल भर्मण वर्ष २०२० लाई सफल बनाउन समेत महोत्सव टेवा पुग्ने जानकारी दिएको हो ।

महोत्सवलाई सफल पार्न नेपाल घरेलु तथा साना उद्योग महासंघ केन्द्रीय कार्यालय, घरेलु तथा साना उद्योग विकास समिति, नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल चेम्वर अफ कमर्स, राष्ट्रिय लघु उद्यमी महासंघसँगै उत्पादनमा लागेका सहकारी एवं संस्थाहरुसंग सहकार्य रहेको आयोजकले बताएका छन् । ‘स्वदेशी वस्तुको उत्पादन बढाई रोजगारका अवसर सृजनागरी आर्थिक समृद्धि हासिल गर्न टेवा पु¥याउन महोत्सव आयोजना गर्न लागिएको छ,’ नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय उपाध्यक्ष चन्द्रबहादुर विसीले भने, ‘लघु घरेलु तथा साना उद्योगका उत्पादनलाई प्रदर्शनीको माध्यमबाट क्रेता–विक्रेता बीच सम्पर्क बढाई बजार प्रवद्र्धनमा सहयोग गर्न छ ।’

उनले महोत्सवमा उद्यमीको सीप, प्रविधि तथा उद्यमशीलताको कदर गरेर प्रदेश स्तरमा सम्मान एवं पुरस्कृत गर्ने कार्यक्रम रहेको बताए । उनका अनुसार ‘आर्थिक समृद्धिका लागि कर्णालीमा उद्योग खोलौं, औद्योगीकरणमा सबै जुटौं’ भन्ने नाराका साथ महोत्सव प्रदर्शनीमा ३ सय लघु घरेलु तथा साना उद्योगका साथै अन्य व्यावसायीका उत्पादनको स्टल रहने छन् । महोत्सव अवधिभर २ लाख बढी बढी दर्शकले अवलोकन गर्नुका साथै ५ करोड भन्दा बढिको आर्थिक कारोबार हुने अपेक्षा राखिएको छ । व्यवस्थापनका लागि करिब ८० लाख खर्च हुनुका साथै ८५ लाख बराबरको आम्दानी हुने आयोजकको अनुमान छ । महोत्सवमा प्रदेशका १० वटै जिल्लाका साथै नेपालभरका लघु घरेलु तथा साना उद्यमी, विदेशी मुलुकका उत्पादन तथा सेवाको प्रकृति अनुसार छुट्टै प्याभिलियन रहने आयोजकले जानकारी दिएका छन् ।

कर्णाली प्रदेशमा २०७६ आषाढ मसान्त सम्ममा करिव १७ हजार घरेलु तथा साना उद्योगहरु दर्ता भएको बताईएको छ । महासंघका केन्द्रीय उपाध्यक्ष विसीले प्रचारप्रसार तथा प्रवद्र्धनको अभावमा मुलुकभर दर्ता भएका ४ लाख १८ हजार ५२ घरेलु तथा साना उद्योग मध्ये हाल ३ लाख २१ हजार १३ उद्योग मात्र सञ्चालनमा रहेको जनाए । उनले मुलुकभर झण्डै १ लाख ५० हजार लघु उद्यम आधिकारिक रुपमा दर्ता भई सञ्चालनमा रहेको बताए । ‘करिव ९० हजार जति साना उद्योग सञ्चालनमा आएका छन्,’ उनले भने, ‘विना दर्ता झण्डै ५ लाख लघु उद्यम व्यवसायहरु मुलुकका विभिन्न भागमा छरिएर रहेका छन् ।’

उनले घरेलु उद्योगको संख्या १७ हजार २ सय ८९ रहेको बताए । उनका अनुसार झण्डै ७ लाख भन्दा बढी परिवार लघु उद्यम, घरेलु तथा साना उद्योगमा संलग्न छन् । ‘लघु, घरेलु तथा साना उद्योग व्यवसायमा कूल ४११९५ करोड लगानी भएको देखिन्छ,’ उनले भने, ‘त्यस्ता उद्योगमा २६ लाख ६ हजार ८६ जनाले प्रत्यक्ष रोजगार प्राप्त गरेका छन् ।’ उनले कूल गार्हस्थ उत्पादनमा समग्र औद्योगिक क्षेत्रको ६ प्रतिशत योगदान रहेकोमा कुल निर्यातको ७० प्रतिशत भन्दा बढी स्थान लघु, घरेलु तथा साना उद्योगबाट प्राप्त हुने गरेको जानकारी दिए । उनका अनुसार लघु घरेलु तथा साना उद्योग उत्पादनको विविधिकरण तथा प्रवर्धन विना स्वतन्त्र, आत्म निर्भर अर्थतन्त्र निर्माण गर्न सम्भव देखिदैन ।

Translate »