जंगली जनावरभन्दा घरेलुहिंसा डरलाग्दो

उनको  घर छ। घरमा श्रीमान छन्। साथमा छोराछोरी छन्। तर उनी खुल्ला आकाशमुनि रुखको ओतमा रात बिताउन बाध्य छिन्। रुकुम पश्चिम घर भएकी सिता(नाम परिवर्तन) लाई जंगली जनावरभन्दा पनि घरेलु हिंसाले बढी सताएँको छ। त्यसैले उनी कलिला सन्तानसंग खुल्ला अकाशमुनि काहालिलाग्दो रात बिताउन बाध्य छिन्। घरमा बसे श्रीमानको कुटाईसंगै किशोर अवस्थाकी छोरीको इज्जतसमेत दाउँमा लाग्ने देखेपछि उनी घर छाड्न बाध्य भएकी बताउँछिन्। ‘मेरो लागि घरभन्दा खुल्ला आकास नै सुक्षित लाग्छ ’, उनी भन्छिन्, ‘हरेक दिन रुखलाई घर बनाएर बाहिरै बस्न बाध्य छु।’  सिताको कथा ग्रामिण भेगमा घट्ने गरेका घरेलुहिंसाको कहालीलाग्दो प्रतिनिधि घटना मात्र हो। यस्ता दर्दनाक पिडा खेपेर अहिले पनि थुप्रै महिला बस्न बाध्य छन्। रुकुम पश्चिम यहि फाल्गुन महिनाको महिला हिंसाको घटनालाई मात्र हेर्ने हो भने पनि स्थिती कति काहालिलाग्दो छ भन्ने प्रष्ट हुन्छ।

महिलाको क्षेत्रमा काम गर्ने ओरेक रुकुमका जिल्ला संयोजक दिपा धितालले आफ्नो कार्यालयमा अभिलेखिकरण गरेका १ सय २६ तथा विभिन्न राष्ट्रिय पत्रपत्रिकाहरुबाट प्राप्त ४१ गरि जम्मा १६७ वटा लैङ्गिक विभेदमा आधारित हिंसाको तथ्याङ्क रहेको बताउँछिन्। जसमा घरेलु हिंसा, सामाजिक हिंसा, मानवबेचविखन, हत्या लागयतका रहेका छन्।  ओरेकले अभिलेखीकरण गरेको तथ्याङ्कलाई विश्लेषण गर्दा फागुन महिनामा ७६ वटा (४६ प्रतिशत) घरेलु हिंसाको तथ्याङ्क छ। यसैगरी २९ वटा (१७ प्रतिशत) बलात्कारको घटना छ। जसमध्ये २७ वटा बलात्कार र २ वटा सामूहिक बलात्कारको घटना भएको पाइएको छ। त्यसैगरी २५ वटा (१५ प्रतिशत) सामाजिक हिंसाको घटना, १४ वटा (८ प्रतिशत) यौन दुव्र्यवहारको घटना त्यसैगरी ७ वटा (४ प्रतिशत) हत्याको घटना, ५ वटा (३ प्रतिशत) मानव बेचविखन जस्तो जधन्य अपराधको घटना छन्।  त्यसैगरी ५ वटा (३ प्रतिशत) मध्ये ३ वटा अलपत्र अवस्थामा फेला परेका घटना र २ वटा विद्युतिय अपराधको घटना छन्। त्यसैगरी ३ वटा (२ प्रतिशत) बलात्कारको प्रयास, २ वटा (१ प्रतिशत) हत्याप्रयास र  १ वटा (१ प्रतिशत) आत्महत्याको तथ्याँक संकलन भएको छ। त्यस्तै उमेरको आधारमा विश्लेषण गर्दा फागुन महिनामा मात्रै सबैभन्दा धेरै ४६ जना (२८ प्रतिशत) १७ देखि २५ वर्ष उमेर समूहका किशोरी र युवा महिलाहरु बढी हिंसाको जोखिममा रहेको पाइएको छ। त्यसैगरी हिंसामा पर्ने सबै भन्दा बढी ४६ जना (२८ प्रतिशत) २६ देखि ३५ वर्ष उमेर समूहका महिलाहरु रहेका छन्। यसैगरी ३१ जना (१९ प्रतिशत) १६ वर्षभन्दा कम उमेरका बालिका तथा किशोरीहरु, २५ जना (१५ प्रतिशत) ३६ देखि ४५ वर्ष उमेर समूहका महिलाहरु, त्यस्तै ८ जना (५ प्रतिशत) उमेर समूह थाहा नभएका किशोरी तथा महिलाहरु रहेका छन्। त्यसैगरी ६ जना (४ प्रतिशत) ४६ देखि ५५ उमेर समूहका महिलाहरु प्रभावित रहेका छन् भने ५ जना (३ प्रतिशत) ५६ वर्षभन्दामाथि उमेर समूहका महिलाहरु रहेका छन्।

प्रभावित र आरोपितको सम्बन्धलाई बिश्लेषण गर्दा फागुन महिनामा सबैभन्दा बढी ६४ वटा (३८ प्रतिशत) हिंसा श्रीमानबाट भएको छ भने ३८ वटा (२३ प्रतिशत) हिंसाको घटना छिमेकीबाट भएको छ, २७ वटा (१६ प्रतिशत) परिवारका सदस्यवाट भएको छ। त्यसै गरी १६ वटा (१० प्रतिशत) हिंसा प्रेमिबाट, ९ वटा (५ प्रतिशत) अपरिचित व्यक्तिबाट त्यसैगरी ४ वटा (२ प्रतिशत) साथिबाट, ३ वटा (२ प्रतिशत) सेवा प्रदायकबाट, ३ वटा (२ प्रतिशत) शिक्षकबाट र ३ वटा (२ प्रतिशत) हिंसा अविवाहित तर सँगै बसेका पुरुषबाट भएको पाईएको छ। यस्तै, हिंसामा संलग्न पुरुषहरुको उमेरको विश्लेषण गर्दा सबैभन्दा धेरै २६ देखि ३५ वर्ष उमेर समुहका ४८ जना (२९ प्रतिशत) युवाहरु रहेका छन्। यसैगरी ३८ जना (२३ प्रतिशत) १७ देखि २५ बर्ष उमेर समुहकायुवाहरु छन। त्यस्तै २७जना (१६ प्रतिशत) उमेर समुह थाहा नभएका युवा तथा पुरुषहरु, २१ जना (१३ प्रतिशत) ३६ देखि ४५ वर्ष उमेर समुहका युवाहरु रहेका छन्, भने १९ जना (११ प्रतिशत) ४६ देखि ५५ वर्ष उमेर समुहका पुरुषहरु, ८ जना (५ प्रतिशत) ५६ वर्ष भन्दा माथिका पुरुषहरु र ६ जना (४ प्रतिशत) १६ वर्ष मुनिका किशोरहरु हिंसामा संलग्नभएको तथ्याङ्क पाइएको छ। ‘जिल्लाको तथ्याङ्ककलाई आधार मान्दा अघिल्लो महिनामाझैं महिलाहरु आफ्नो घरमा नै बढी हिंसाको जोखिममा रहेको पाइएको छ’, ‘ओरेक रुकुमका जिल्ला संयोजक दिपा धिताल  सुनाउछिन्, ‘ यसले समाज परिवर्तनमा लाग्नुपर्ने युवाहरु नै हिंसामा संलग्न भइदिँदा समाज परिवर्तनसंगै देशको विकासमा बाधा पु¥याउने देखिन्छ। ’  ३५ वर्ष भन्दा कम उमेर समुहका बालिका, किशोरी तथा महिलाहरु हिंसाबाट प्रभावित रहेको र १७ देखि ३५ वर्ष उमेर समुहकायुवाहरु हिंसाको प्रमुख जिम्मेबार भएको पाइएको उनी बताउछिन्। (नागरिक)

Translate »