खाद्य संकट हुन नदिऔं

असोज १८ गतेदेखि अविरल पाँच दिन परेको वर्षाले कर्णालीका किसानले रोपेको धानमा ४५ प्रतिशत क्षती पु¥याएको छ । पाकेको बाली काट्ने बेला परेको झरीले पानीमा डुवेपछि सुर्खेत, सल्यान, दैलेख, जाजरकोट, जुम्ला र मुगुमा पूरै धानबाली ढलेर नष्ट भएको कृषि निर्देशनालय कर्णाली प्रदेशले जनाएको छ । कर्णाली प्रदेशको सदरमुकाम सुर्खेतमै आठ–दस वर्षपछि धान धेरै फले पनि वर्षाले डुबाए ठूलो क्षती पु¥याएको कृषि निर्देशनालयको भनाइ छ । दशैं मनाएलगत्तै धान बाली भित्र्याउने तयारी गरेका किसानको वर्षातले खेतमा लगाएको धानसँगै बारीमा लगाएको कोदोमासमेत क्षति पु¥याएको हो । असोचनिय वर्षातले धानीबालीमा क्षती पु¥याएपछि यस वर्ष कर्णालीको उत्पादनमा समेत गत वर्षको तुलनामा ४ दशमलव ६ प्रतिशतले गिरावट आउने अनुमान गरिएको छ । वर्षातले सबैभन्दा धेरै सुर्खेत, सल्यान र जुम्लामा नोक्सान पु¥याए कृषि निर्देशनालयको भनाइ छ । त्यसैले यो कर्णालीसँगै देशभर खाद्य संकटको साम्ना गर्नुपर्ने हुन सक्छ । त्यसैले यसको तयारी अहिले देखि नै गर्नु पर्छ । देशका ६५ प्रतिशत नागरिक कृषिमा निर्भर रहे पनि खाद्य सुरक्षाको स्थिति कमजोर नै रहेको छ । १५ लाख नेपाली खाद्य असुरक्षाको जोखिममा रहेको पछिल्लो एक अध्ययनले देखाएको छ ।

भौगोलिक बनोट र जमीनको उर्वरताको आधारमा नेपाल खाद्यान्नमा असुरक्षित हुनुपर्ने कारण छैन । तर पनि नेपाल खाद्यान्नमा असुरक्षित नै रहेको छ । आयातित खाद्यान्नको भरमा रहेको देश अवरोध आउनेबित्तिकै नेपालको खाद्य असुरक्षा निकै बढ्ने देखिन्छ । नेपाल जैविक विविधताले भरिपूर्ण मुलुक हो । तर, पनि अरुकै भरपर्नु पर्ने अवस्था कायमै छ । हिमाल, पहाड र तराईमा रहेका विविध वनस्पति नै नेपालको खाद्य सुरक्षाको प्रमुख आधार हो । नेपालमा भातै खानुपर्ने बानीका कारण खाद्य असुरक्षाको स्थिति देखापरेको हो भन्न सकिन्छ । धान, गहुँ र मकै प्रमुख खाद्य बाली भए पनि नेपालीहरू भातमै निर्भर छन् । भात खान नपाएपछि खाद्यान्न अभाव भन्ने गरिन्छ । तर, भूगोलअनुसार फरकफरक खाद्यान्न उत्पादन हुने भएकाले त्यसैअनुसार खाने बानी बसाल्ने हो भने खाद्य असुरक्षा नै हुने अवस्था भने देखिँदैन । तर, विडम्बना नेपालमा परम्परागत रूपमा खेती हुँदै आएको जमीन बाँझो बन्ने क्रम निकै बढेको छ । वैदेशिक रोजगारी र आन्तरिक बसाइँसराइका कारण पहाडी भूभागमा खेतीपाती हुन रोकिएको मात्र होइन, जनसंख्यासमेत घट्दो क्रममा छ । त्यसैले कोदो, फापर, उवाजस्ता खाद्यबाली हराउँदै गएको मात्र छैन, खानेबानी पनि घट्दै गएको छ । नेपालमा कुल खाद्यान्नको आवश्यकता वार्षिक ९८ लाख मेट्रिक टन रहेको छ ।

हाल नेपालले २० लाख टन खाद्यान्न आयात गरेर खाद्यान्नको माग धानिरहेको छ । विश्व बैंकका अनुसार १ हजार ८ सय किलो क्यालोरीभन्दा कम खाद्य वस्तुको उपलब्धता गम्भीर खाद्य असुरक्षा हो । खाद्यान्न आयात गरेर खाद्य सुरक्षामा नेपाल बलियो देखिन्छ । आयात गर्न नपाउने हो भने खाद्य असुरक्षा निकै बढ्ने देखिन्छ । नेपालले कृषि उत्पादन बढाउन विभिन्न नीति लिएको छ र धानको उत्पादन पनि बढ्दो छ । तर, त्यसको वितरण प्रणाली सही नहुँदा खाद्य असुरक्षाको स्थिति आएको देखिन्छ । खाद्य असुरक्षाबाट बालबालिका कुपोषणको शिकार हुन्छन् । त्यसबाट कतिपयले अकालमै ज्यान गुमाउनुपर्ने हुन्छ भने कतिपय विभिन्न रोगका शिकार पनि हुन्छन् । त्यसैले खाद्य सुरक्षाका लागि विशेष नीति आवश्यक हुन्छ । त्यसैले नेपालले खाद्य सुरक्षाको स्थिति सुधार गर्न विशेष नीति सक्रियताका साथ कार्यान्वयन गर्नुको विकल्प छैन । खाद्यान्नको अभावमा आर्थिक समृद्धि र अन्य प्रगति सम्भव नहुने भएकाले खाद्य सुरक्षाका लागि विशेष योजना बनाएर सोहीअनुसार काम गर्न ढिलाइ गर्नु हुँदैन ।

Translate »