नेकपा एमालेको ग्रासरुट अभियान र यसको अन्तर्राष्ट्रिय आयाम

ग्रासरुट शब्दलाई अन्तर्राष्ट्रिय राजनैतिक आयामबाट हेर्दा कुनै पनि क्षेत्र वा समुदायका जनतालाई राजनैतिक, आर्थिक, सांस्कृतिक वा सबै तहको अधिकार प्राप्तिको लागि गरिने आन्दोलन वा अभियान भनेर बुझ्ने गरिन्छ । अर्को तिर यो स्थानीय, क्षेत्रीय, राष्ट्रिय वा अन्तर्राष्ट्रियस्तरमा परिवर्तनलाई सुनिश्चित गर्नका लागि आधारभूत तहबाट नै सामूहिकरुपमा अगाडि बढाईने कदमहरुको समुचित रुप भन्ने बुझ्नु पर्छ । जसरी एउटा विरुवाको भविष्य र त्यसले दिने प्रतिफल त्यसको जरामा निर्भर गर्छ । एमालेले अहिले पार्टी संगठनको त्यही तत्लो भागसम्म आफ्नो विचार र राजनीतिलाई पु¥याएर मिशन ग्रासरुट मार्फत संगठनको आधारभूत तहलाई बलियो बनाउने नीति अंगिकार गरिरहेको छ । यद्यपि ! पार्टीले जनतामा जाने यस्ता कार्यक्रम विगतमा पनि सञ्चालन नगरेको भने होइन तर भिन्न र विल्कुलै नयाँ परिस्थितिमा सञ्चालन गर्न लागेको यो अभियान नामको हिसावले मात्र होइन, उद्देश्य र कामका हिसावले समेत पार्टी जीवनको समग्र ईतिहासमा यो विलकुलै नविनतम् खालको अभियान हो ।

यसरी यसमा प्रयोग भएको शब्द मिशन ग्रासरुट शब्दको प्रयोगलाई अभियानमा सहभागि कतिपय कमरेडहरुले यसको अंग्रेजी शाब्दिक अर्थ लगाउन खोजीरहेका छन भने कतिपयले आफ्नै मौलिकतामा यसको व्याख्या गर्ने प्रयास पनि गरिरहेका छन् । तर व्याख्या जे जसरी गरेपनि व्याख्याको गन्तब्यको स्प्रीटमा भने सबैको सहमत छ की एमालेलाई पुरानै एमाले होइन, नयाँ र सुदृढ एमाले बनाउनु पर्छ । नयाँ केवल नाम मात्रको होइन की विचार, राजनीति, संगठन, जनसम्बन्ध एवं कार्यनीति र रणनीतिहरुमा अरुभन्दा अब्बल संगठनको रुपमा विकास गर्नु पर्छ । मिशन ग्रासरुटको शाब्दिक अर्थ लगाउन जति सजिलो छ यसको गहिराईमा गएर अध्ययन गर्दा मानव विकास र परिवर्तनका ठूला–ठूला ठेलिहरु पल्टाउँदा समेत नभेटिन सक्छ ।

नेपालीबाट अंग्रेजी रुपान्तरण गर्दा मिशनको मतलव लक्ष्य र ग्रासरुटको अर्थ अलग–अलग लाउदा घांस र जरा भन्ने हुन्छ । तर अँग्रेजीमा नैं हेर्दा समेत यसलाई अलग–अलग अर्थ लाउन मिल्दैन् । किनकी यो ग्रास अलग र रुट अलग मिलाएर ग्रासरुट बनेको होइन यसलाई एकमुष्टरुपमा ग्रासरुट (Grassroot) भनेर बुझ्नु पर्छ जसको शाब्दिक अर्थ पात र जराको भावार्थमा बुझ्दा सारमा आधारभूत तह भनेर बुझ्नु पर्छ । फेरी यो ग्रासरुट शब्द पार्टीले यत्तिकै हचुवाको भरमा अभियानको दस्ताबेजमा राखेको हो त ? अवश्य होइन, यो शब्दको भाव र वजलाई बुझेर नैं शब्दको छनौट भएको हो । अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन, लोकतान्त्रिक आन्दोलन र जनताका हरेक हक, अधिकार प्राप्तिका आन्दोलनमा कसरी यसको प्रयोग हुँदै आएको छत यसबारे केही अन्तर्राष्ट्रिय आयामहरुलाई एकैछिन घोत्लिएर हेरौं ।

जनताको हक अधिकार प्राप्तिको आन्दोलनहरुमा ग्रासरुट शब्द १९ औं शताब्दीको प्रारम्भ देखिनैं संयुक्तराज्य अमेरीका र अन्य देशहरुमा ब्यापक रुपमा प्रयोगमा आयो । ग्रासरुट शब्द चीनको क्रान्तिमा अझ एउटा दृष्टान्त समेत बनेर उभिएको छ । एक चोटी माओकी आमा बिरामी पर्दा माओलाई बगैंचाको राम्रोसँग हेरचाहा गर्न जिम्मा लगाउँदै अस्पताल भर्ना भइन् । तर जब अस्पतालबाट आमा फर्किइन् बगैंचाका पातहरु सुक्दै गईरहेका थिए । बिरुवाको यो हालत देखेपछि आमाले चित्त दुखाइन् । यत्तिकैमा माओले जवाफ दिए । आफुले निकै राम्रोसँग पात र डांठहरुमा पानी हालेको, कमलो कपडाले धुलोहरु पुछेको जवाफ दिए । तर आमाले माओको कुरा बुझेपछी भनिन् त्यसको लागि पात, डांठ र हांगाहरुमा जे गर¥यौ त्यो भलै गर¥यौ । तर बाबु मुख्य पानी हल्नु पर्ने ठाउँ जरा थियो तिमीले त्यही नैं भुलेछौं । यति भनेपछी माओलाई ठूलो झड्का लाग्यो र आधारभूत तहमा ध्यान पुर¥याउने ठाउँमा आफु चुकेको गहिरो अनुभूति उनलाई भयो । त्यसपछी मात्रै माओले गाउँबाट शहर घेर्ने रणनीति तय गरेर ग्रामिण किसानहरुलाई क्रान्तिमा आबद्ध गराई विशाल चीनमा क्रान्ति सम्पन्न गरे ।

ग्रासरुट शब्दको प्रयोग दक्षिण अफ्रिकाको परिवर्तनमा समेत एउटा कोसेढुङ्गा बनेर उभिएको छ । ग्रासरुट शब्दको उचित प्रयोग रंगभेदी आन्दोलनलाई समाप्त गर्न नेल्शन मण्डेलाले आफ्नो भूमिमा राम्रैसँग उचित सदुपयोग गरे । सन १९८० मा त्यहाँको सरकारलेनैं रंगभेदी बिभेदलाई प्रश्रय दिने खालको निर्णय पारित गर¥यो । त्यसले राजधानी प्रिटोरिया केपटाउन, जोहेनेसबर्ग, डरबन र इस्टलन्डनलगायतका ठूला–ठूला शहर र पुरै अफ्रिकालाई हल्लायो । यति हुँदाहुँदै पनि हिंसात्मक आन्दोलन थप रक्तपात हुन बाट भने जोगियो । यसको अप्रत्यक्ष रुपमा लुकेको कारण भनेको वामपंथी पार्टी एएनसीको नेतृत्वमा १९४०-५० ताका ग्रासरुट अभियान अन्र्तगत दक्षिण अफ्रिकी भूमिमा एउटा बिशेष रणनीति अवलम्बन गरेको थियो । जसमा मजदूर, किसान, बुद्धिजीवि, उच्च बर्ग र पार्टी कार्यकर्ता सहितको एउटा दरिलो गठबन्धन बनाइयो जसले रंगभेदी आन्दोलनलाई बुझ्न, बैधानिक एबं शान्तिपूर्ण तरिकाले हल गर्ने नीतिहरु जनस्तरदेखि नैं ग्रासरुट अभियानको रुपमा प्रयोग गर्ने नीति अबलम्बन गर¥यो ।

१९ औं शताब्दीको मध्यतिर नैं एएनसी गैरजातिय लोकतन्त्रप्रति प्रतिबद्ध एक मजबुत संगठनको रुपमा स्थापित भैसकेको थियो । कम्युनिष्ट पार्टी एएनसी स्वस्फुर्त रुपमा ग्रामिण र पिछडिएको क्षेत्रत्रहरुबाट अभियान सञ्चालन गर्दै जोहेनेसबर्ग जस्ता ठूला–ठूला शहरहरुमा धक्कापूर्ण तरिकाले अभियानलाई अघि बढायो । यसरी एएनसीले ग्रासरुट अभियान मार्फत आफ्नो महत्वकांंक्षी रंगभेदी बिभेदलाई समाप्त गर्ने आन्दोलनलाई व्यवस्थित र भब्य बनाउँदै लगेको उपज स्वरुप सन १९९० को क्रान्ति पश्चात जब नेल्शन मण्डेला राष्ट्रपतिको रुपमा उदाय यो मुद्दाले जटिल रुप लिन खोजेपनि बिगतमा सञ्चालित ग्रासरुट अभियानको प्रतिफलको कारण विषय धेरै बल्झिन पाएन र सहजतापूर्बक देश निर्माणको बाटोको लयमा अघि बढ्यो ।

हुनत ! असंगठित र सानो पैमानामा ग्रासरुट अभियान इतिहांसका विभिन्न कालखण्डमा प्रयोग हुँदै आएको पाइन्छ तर संगठित र ब्यबस्थित रुपमा १९ औं शताब्दीको प्रारम्भ देखिनैं संसारका विकसित देशहरुमा क्रान्तिका भिन्न आयामहरुलाई समेट्दै ग्रासरुट अभियान अघि बढ्यो ।

हुन त ! असंगठित र सानो पैमानामा ग्रासरुट अभियान इतिहांसका विभिन्न कालखण्डमा प्रयोग हुँदै आएको पाइन्छ तर संगठित र व्यवस्थित रुपमा १९ औं शताब्दीको प्रारम्भ देखिनैं संसारका विकसित देशहरुमा क्रान्तिका भिन्न आयामहरुलाई समेट्दै ग्रासरुट अभियान अघि बढ्यो । त्यसमध्ये प्रमुख रुपमा १९५०, १९६० को दशकमा नागरिक अधिकार प्राप्तिको अमेरीकी आन्दोलन, ब्राजिलमा १९७० र त्यसपछी भएका भूमिमा न्यायिक प्राप्ति आन्दोलन र १९८० को चीनिया ग्रामिण लोकतान्त्रिक आन्दोलन र १९८० को जर्मन शान्ति आन्दोलन ग्रासरुटको नामांकनबाट इतिहासमा मुख्य रुपमा दर्ज भैसकेका छन । रसियन क्रान्ति समेत लेनिनले अवलम्बन गरेको ग्रासरुट अभियान भन्दा भिन्न छैन् । जहाँ कुलीन वर्ग र जारशाहीहरुका बिरुद्धमा किसान मजदुरहरुलाई आधारभूत तहबाटै उठाएर चुस्त र व्यवस्थित पार्टीको परिकल्पना मार्फत लेनिनले आफ्नो भूमिमा शक्तिशाली राज्यका विरुद्ध क्रान्ति सार्थक बनाए ।

बिना हात हतियारनैं लाखौं सेनाको शक्तिमा टिकेको राजशाहीको शक्तिलाई काबुमा राख्दै प्राय: असम्भब लाग्ने क्रान्तिलाई चरितार्थ तुल्याय । जसमा पार्टी निर्माणको प्रक्रिया ग्रासरुट मार्फत अबलम्बन गर्ने वा खुल्ला र आमरुपमा जनसंगठनहरु तयार गर्ने भन्ने विषयमा नेता मार्तोभ र लेनिनको बहसले पार्टी नैं फुटयो तर लेनिन आफ्नो विचारबाट कत्ति पनि बिचलित नभई ग्रासरुटमा आधारित पार्टी मात्र निर्माण गरेनन् अपितु रसियन क्रान्ति संपन्न गरे । प्रकारान्तरले यी सबै परिघटना बुझेर नैं पार्टीले ग्रासरुट शब्दको छनौट गरेको हुनुपर्छ । अहिले पार्टीमा विभिन्न बिसंगती र विविधताहरु देखा परेका छन । हांगा र पातहरुमा अनेक संक्रमणरुपी भाइरसहरुले जराहरुलाई सिथिल र मक्किने बनाएका छन ।

त्यसको हल भनेको अब बिरुवाको डांठ र पातलाई मात्र मलजल गरेर, सुम्सुम्यायर होइन, तल्लो कमिटी अर्थात पार्टीको आधारभूत तह मात्र होइन जराको अन्तिम श्रोत जमिन भए जस्तै पार्टीको अन्तिम श्रोत जनतासम्म पुग्ने समग्र अभियानलाई ग्रासरुट मार्फत अभिव्यक्त गर्न खोजिएको छ । जुन विधि अन्तर्गत दुई महिना केन्द्रिय समितिका सदस्यहरुनै स्थानीय तहमा नेतृत्व गरिरहेका छन । अभियानमा उल्लेखित विधि र कार्ययोजनालई कार्वान्वयन गर्दै राजनैतिक, वैचारिक र सांगाठनिक ढंगले मिशन ग्रासरुट अभियानले पार्टीलाई बलियो बनाउने मात्र छैन भर्खरै सम्पन्न निर्वाचनबाट व्यवस्थापिका संसदको चार दिवारमा प्रत्यक्ष प्रणालीमा काँग्रेस सबै भन्दा ठूलो पार्टी भएर उभिएको भएपनि समानुपातिक रुपमा बिशाल जनताको वीचमा एमाले सबैभन्दा ठूलो पार्टी बनेर उभिएको छ ।

तर यति हुँदाहुँदै पनि एकातिर सबै दलहरु एमालेको बिरुद्धमा एकठाउँ उभिदा प्रत्यक्ष तर्फ केही सिट कम भएको साँचो हो । अब यो अभाबलाई पुरा गर्न आगामी ८४ को निर्बाचनमा पार्टीका जराहरुलाई पिपलका जरा जस्तो बलियो र दुबोको जरा जस्तो फैलावट बनाएर संसदभित्र र जनता माँझ एमालेलाई एक नम्बर पार्टी बनाउनु अभियानको एक मात्र मकसद रहेको छ । यही उद्देश्यका कारण फाल्गुण ५ मा पार्टीले केन्द्रिय स्तरको कार्यक्रम मार्फत सातै प्रदेशमा भर्चुअल बैठकको माध्यमबाट पार्टी अध्यक्ष कमरेड केपी ओलीले अभियानको शुभारम्भ गरे पश्चात अभियान निरन्तर अघि बढिरहेको छ । अभियान आफ्नो लक्ष्य अनुसार अघि बढीरहेको छ ।

तर जनता र कार्यकर्तामा जाँदा केही आसा, केही तरंग, केही उत्तेजना, केही रचनात्मक र केही आलोचनात्मक सुझाबहरु समेत प्राप्त भैरहेका छन । अरु धेरै चिन्ता र चाँसो मध्य आमरुपमा मिल्दो जुल्दो उत्सुकता के छ भने यो पाँंच वर्षमा चुनावको मुखमा उपयोग गर्ने दुई महिने म्यादी प्रणालीको रुपमा यसलाई स्थापित गरिन्छ वा यसलाई निरन्तर प्रणालीको रुपमा विकास गरिन्छ ? अझ भन्दा ग्रासरुट तहको कार्यकर्ता र जनताको सुझाब छ कि यस्ता कार्यक्रम सकिन्छ भने निरन्तरताकै रुपमा सधैं अभियान चलाउनु पर्छ । अन्यथा वर्षमा कम्तीमा एक चोटी अभियान चलाउनु पर्छ । चुनाब हुनु भन्दा ६ महिना अघिनैं यस्ता कार्यक्रम सञ्चालन गरिनु पर्छ ।

अन्यथा यस्ता कार्यक्रमलाई निरन्तरता दिन सकिएन भने केबल सनकमा गरिएको म्यादीरुपी नेतृत्व भर्ती र लहडरुपी संगठन परिचालन बाहेक केही हुने छैन् । संयोग पनि कस्तो जुरेको छ भने बिगत स्थानीयदेखि प्रदेश र संघको निर्बाचनलाई माात्र विश्लेषण गर्दा समस्या जति माथि त्यत्तीनैं जब्बर देखिएको छ । कति ठाउँमा घात अन्तरघात भएको छ । उम्मेदवारकै बिरुद्धमा देखादेखि अर्को उम्मेदवार खडा गर्ने, कतै कतै विपक्षी पार्टीसँग सांठगांठ गरेर आफ्नो पार्टीको उम्मेदवारलाई हराउने षड्यन्त्र गर्ने, कति ठाउँमा आफ्नो पार्टीको आधिकारिक उम्मेदवारका बिरुद्ध बिपक्षी उम्मेदवारको पक्षमा भोट मांग्ने, ३ सय ६४ दिन एमाले हुने तर चुनाबको दिन अर्को पार्टीको उम्मेदवारलाई भोट हाल्ने जस्ता घृणित, बर्बर र सोच्नैं नसकिने तहका घटनाहरुबाट पार्टीको रक्तसञ्चार प्रणालीमा गम्भिर आघात परेको छ ।

फेरीपनि यी कामहरु के सामान्य कार्यकर्ताको तहबाट भएको होत ? त्यसो पनि होइन । यस्ता घटनाहरु कम्तीमा जिल्ला तह देखिका माथि नेतृत्व गर्ने कमरेडहरुबाट अगुवाई गरिएको छ । अर्कोतिर गाउँ तहको कार्यकर्ता पार्टीको नीति बिचारलाई अंगीकार गर्न टाउँकोमा कफन बांधेर पार्टीको लागि मृत्यु वा मुक्तिको सपथ खाएर मैदानमा होमिएका मात्र छैनन् पार्टी हार्दा केही दिनसम्म खाना नैं नखाएर नूनिलो आंसुको ढीका पीएर पीडामा छट्पटाएको अवस्था छ । त्यसैले बिरुवाको जीबनसँग तुलना गर्दा पातहरु ओइलिएको, किरा लागेर पहेला भएका र डांठहरु ओइलाएको अवस्था जस्तै माथि–माथि पार्टीको अवस्था बिग्रदै गएको छ ।

अर्कोतिर गाउँ तहको कार्यकर्ता पार्टीको नीति बिचारलाई अंगीकार गर्न टाउँकोमा कफन बांधेर पार्टीको लागि मृत्यु वा मुक्तिको सपथ खाएर मैदानमा होमिएका मात्र छैनन पार्टी हार्दा केही दिनसम्म खाना नैं नखाएर नूनिलो आंसुको ढीका पीएर पीडामा छट्पटाएको अवस्था छ । त्यसैले बिरुवाको जीवनसँग तुलना गर्दा पातहरु ओइलिएको, किरा लागेर पहेला भएका र डांठहरु ओइलाएको अवस्था जस्तै माथि–माथि पार्टीको अवस्था बिग्रदै गएको छ ।

निष्कर्षमा के भन्न सकिन्छ भने अन्तर्राष्ट्रिय स्तरमा अहिलेसम्म चलेका मिसन ग्रासरुट अभियान जस्तै, जस्तोसुकै चुनौतिका बाबजुद परिवर्तनका शिखरहरु चुम्न सफल भएको छ । नेकपा एमालेले आफ्नो पार्टीको ७५ वर्षे राजनैतिक जीवनमा विशेष र फरक परिस्थितिमा यो अभियान सञ्चालन गरेको छ । परिस्थितिले कस्तो दबाब बनाउन खोज्दैछ भने इतिहासका परिवर्तनका कडीहरु जस्तै देशको लागि परिबर्तनको अर्को स्टेशनमा पुग्न धेरै छैन । तर इतिहासको एउटा अनुत्तरित प्रश्नको जवाफ नेकपा एमालेले दिन सक्छ कि सक्दैन् यो आजको केन्द्रिय प्रश्न हो ।

एमालेले चालेको मिसन ग्रासरुट अभियान सफल भएमा देश परिवर्तनको दिशातिर अघि बढ्नेछ, भने अभियान नारा र प्रचारमा मात्र सीमित भएमा एमाले इतिहासले सोधेको प्रश्नको जवाफ दिन चुक्नेछ । देश परिवर्तनको दिशातिर होइन की पश्चगमनको दिशातिर धकेलिन बाध्य हुनेछ । त्यसैले आजको समयको माग भनेको एकातिर बलियो, सुदृढ र एकताबद्ध एमाले हो । अर्कोतिर एमाले भएर एमालेकै बिरुद्ध घात गर्ने धन्दुकारी प्रबृत्तिलाई रुपान्तरण गर्नु पर्ने शुद्धीकरणको पक्ष समेत यो अभियानको अर्को मुल पक्ष हो । त्यसैले यी र यस्ता प्रश्नहरुको समुचित जवाफ मिशन ग्रासरुट अभियानले दिनै पर्ने हुन्छ । यसो भयो भने मात्रै ग्रासरुट अभियानले अन्तर्राष्ट्रिय रुपमा परिवर्तनका कडिहरुलाई जोड्दै आएको नजिर नेपालमा आउँदा स्थापित हुनेछ ।

लेखकः– ठम्मर विष्ट, नेकपा एमाले केन्द्रीय प्रतिनिधि, सल्यान ।

Translate »