विद्युतीकरण गर्न ३ अर्बको नयाँ ठेक्का

जाजरकोट । जिल्लालाई विद्युतीकरण गर्नका लागि ३ अर्बको ठेक्का गरिएको छ । जिल्लाको कुशे गाउँपालिकाको समाइला, पश्चिम जाजरकोटको वडावन लगाएतका ठाउँमा नयाँ सव स्टेशन निर्माण गर्नका लागि तीन अर्बको नयाँ ठेक्का खोलिएको हो ।

भेरी नगरपालिकाको कुदुमा नयाँ सव स्टेशन निर्माण भइसकेको छ । त्यस्तै पुर्वी जाजरकोट सहित तल्लो डोल्पा सम्म विद्युतीकरण गर्नका लागि नलगाडको चोखामा सव स्टेशन निर्माण कार्य जारी रहेको छ । बारेकोट , कुशे गाउँपालिकामा विद्युतकरण गर्नका लागि समाइला सव स्टेशन निर्माण गर्न ठेक्का खोलि कामको सुुरुवात हुने तरखरमा रहेको छ ।

त्यस्तै पश्चिको छेडागाड, शिवालय र जुनिचाँदेमा विद्युतीकरण गर्नका लागि वडावनको सव स्टेशनबाट काम हुने भएको छ ।

Translate »