नेपाल उद्योग तथा व्यवसायी महासंघ, सुर्खेतको अध्यक्षमा भानुभक्त खड्का
सुर्खेत । नेपाल उद्योग तथा व्यवसायी महासंघ सुर्खेतको अध्यक्षमा भानुभक्त खड्का सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका छन् । शनिबार सुर्खेतको वीरेन्द्रनगरमा भएको प्रथम जिल्ला भेलाले खड्काको अध्यक्षतामा २७ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।
समितिको उपाध्यक्षमा पूर्णप्रसाद जैसी र पहलसिंह बस्याल, सचिव ओमप्रकाश तिवारी, कोषाध्यक्ष सृजना गुरुङ्ग, उपसचिव महेन्द्रप्रसाद शर्मा, डम्बर गौतम र भूपेन्द्र सुनार, सह–कोषाध्यक्ष हरिप्रसाद पौडेल तथा सदस्यहरुमा थानेश्वर कँडेल, प्रेमुकुमार श्रेष्ठ, कृष्ण धौलाकोटी, रामप्रसाद जैसी, लोकप्रसाद पाण्डे, पृथ्बीबहादुर रावत, हरिलाल खड्का, मनबिर धौलाकोटी, देविराम बस्याल, रमेश खड्का, ललितकुमार श्रेष्ठ, दुर्गा बस्याल, गणेश विसी, यामबहादुर श्रेष्ठ, पूर्णप्रसाद पाण्डे, टेकेन्द्र कँडेल, थानेश्वर रेग्मी, देविराम पौडेललाई भेलाले निर्वाचित गरेको छ ।
नवनिर्वाचित कार्यसमितिले छिट्टै सदस्य संख्या बृद्धि गरि महासंघलाई जिल्ला व्यापी बनाउन पहल गर्ने योजना अघि सारेको छ । हाल उद्योगी, व्यापारीहरुले विभिन्न बहानामा भोग्नु परेका समस्या समाधानका लागि महासंघले जिल्ला व्यापी छरिएर रहेका उद्योगी व्यवसायीलाई संगठित गर्दै साझा मुद्धामा एक्यवद्धता जनाउने बताएको छ ।
नवनिर्वाचित कार्यसमितिले उद्योगी व्यापारीको साझा हक, हित र अधिकार प्राप्तिका लागि विभिन्न रचनात्मक तथा सजृनात्मक क्रियाकलाप मार्फत योजनाबद्ध ढंगले अघि बढ्ने निर्णय गरेको छ ।