अशोकराज सिग्देल कामु प्रधानसेनापति

काठमाडौं । सरकारले नेपाली सेनाका बलाध्यक्ष रथी अशोक सिग्देललाई कायम(मुकायम प्रधानसेनापतिको जिम्मेवारी दिएको छ । सोमबार बसेको मन्त्रिरिषद् बैठकले सिग्देललाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिएको मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको हो ।

प्रधानसेनापति प्रभुराम शर्मा भदौ २४ मा अवकासमा जाँदैछन्। त्यसअघि नेपाली सेनाको परम्पराअनुसार अवकास पाउन एक महिना अगाडि विदामा बस्ने प्रचलन छ । शर्मा साउन २४ गतेदेखि विदामा बस्दैछन् । उनी विदामा बस्ने भएपछि सरकारले सिग्देललाई कामुको जिम्मेवारी दिइएको हो ।

Translate »