माछापोखरीमा डुबेर बालकको मृत्यु


बाँके । पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ ।

बासगढि नगरपालिका–४ पहाडिपुरस्थित प्रेम खत्रीले सञ्चालन गरेको माछापोखरीमा डुबेर प्रकाश परियारका १२ वर्षीय छोरा सन्दिप परियारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनी अन्य दुई जना साथीसहित पौडी खेल्न गएका थिए ।

