हुम्ला जीप दुर्घटनाका घाइते चालकको मृत्यु

सुर्खेत ।  हुम्लाको चंखेलीमा हिजो भएको जीप दुर्घटनामा परी गम्भीर घाइते भएका चालक रमेश मल्लको उपचारको क्रममा मृत्यु भएको छ ।

मुगुको छायाँनाथरारा नगरपालिका–१३ निवासी २५ वर्षीय मल्लको प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको हो । उक्त जीप धनी मल्ल आपैm थिए ।

दुर्घटनामा गम्भीर घाइते भएका चार जनालाई हिजो थप उपचारका लागि सिम्रिक एयरको हेलिकप्टरबाट उद्दार गरेर प्रदेश अस्पताल कालागाउँ सुर्खेत ल्याइएको थियो ।


ती मध्ये गम्भीर घाइते भएकामा चंखेली गाउँपालिकाका ३५ वर्षीय सुरेन्द्र शाही, ५० वर्षीय तिलबहादुर शाही, र मुगुको छायाँनाथ रारा नगरपालिका–१३ का ४० वर्षीय पृथ्वी रावतको सघन उपचार कक्षमा राखी उपचार भइरहेको अस्पतालका सूचना अधिकारी विनोद बस्नेतले जानकारी दिए ।

चंखेली गाउँपालिका–२, गर्खाबाट देउली बजारतर्फ गइरहेको कर्णाली प्रदेश २००१ च ०९२२ नम्बरको जीप मुगु सडकखण्डको गौरीसल्लामा हिजो दुर्घटना हुँदा ७ जना घाईते भएका थिए ।

प्रदेश प्रहरी कार्यालयका अनुसार अन्य घाइतेको अवस्था सामान्य रहेकाले चंखेली गाउँपालिकामा रहेको दार्मा स्वस्थ्य चौकीमा उपचार भइरहेको छ ।

Translate »