कर्णाली प्रदेशभरी ‘सुरक्षित यात्राका लागी स्मरण कार्यक्रम’

सुर्खेत । ट्राफिक प्रहरीले कर्णाली प्रदेशमा सुरक्षित यात्राका लागि स्मरण कार्यक्रम सञ्चालन गरेको छ ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतले प्रदेशका दश वटै जिल्लामा ‘आफु पनि बचौं र अरुलाई पनि बचाऔं’ भन्ने मूल नाराका साथ ‘सुरक्षित यात्राका लागि स्मरण कार्यक्रम’ सञ्चालन गरेको हो ।

प्रदेशका दश वटै जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा मातहत अस्थायी ट्राफिक प्रहरी पोष्टहरुमा विहीबारदेखि एक साथ ट्राफिक नियम तथा सडक सुरक्षा सम्बन्धि सचेतनासहितका नयाँ रणनीतिक कार्यक्रमहरु सञ्चालन गरिएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी (प्रहरी निरीक्षक) हरिबहादुर विसीले कर्णाली प्रदेशका बढी सवारी दुर्घटना हुने स्थानहरुमा भएका सवारी दुर्घटनाका तस्विरहरु प्रतिबिम्वित सवारी चालक तथा सह–चालकहलाई लक्षित गरी ४७ स्थानमा प्रदर्शन तथा सचेतना कार्यक्रम गरिए जनाए ।

उनले सचेतना कार्यक्रमबाट एकै दिन, एक साथ प्रदेश भरीका १ हजार २ सय ४३ जना सवारी चालक तथा सह–चालक लाभान्वित भएको बताए । उनका अनुसार सुरक्षित यात्राका लागी स्मरण कार्यक्रमबाट कर्णाली प्रदेश भरी सवारी दुर्घटनामा न्यूनिकरण आउने अपेक्षा राखिएको छ ।

Translate »