सुर्खेतमा ‘चलचित्र श्रृंगार’ कार्यशाला शुरु

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा पहिलो पटक ‘मेकअप’ चलचित्र श्रृंगार कार्यशाला शुरु भएको छ ।

चलचित्र विकास बोर्डले स्थानीय स्तरमा बन्ने सिनेमाहरुको स्तरवृद्धिका लागि आज देखि ५ दिवसीय ‘मेकअप’ श्रृंगार कार्यशाला शुरु गरेको हो ।

पछिल्लो समय सूचना प्रविधिको विकाससँगै आएको परिवर्तनले कर्णालीमा म्यूजिक भिडियोसँगै चलचित्र बन्ने क्रम बढेकाले दक्ष श्रृंगार प्राविधिक उत्पादन गर्ने उद्देश्यले कार्यशाला आयोजना गरिएको चलचित्र विकास बोर्डका सदस्य राजु केसीले बताए ।

उनले कार्यशालामा प्रशिक्षणका लागि नेपाली चलचित्र क्षेत्रका चर्चित श्रृंगारकर्ता सन्तु तामाङ्ग मुख्य प्रशिक्षक रहेको जनाए । उनका अनुसार बदलिँदो आकाश चलचित्रबाट काम गर्दै आउनु भएका तामाङ्गले करिब २ सय भन्दा बढी चलचित्रमा श्रृंगारको काम गरिसकेका छन् ।

श्रृंगार कार्यशाला उद्घाटन कार्यक्रममा चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष गणेश भण्डारी, सुर्खेतका अग्रज कलाकार प्रेमदेव गिरी, यामनारायण आचार्य र हरिमाया कार्कीलगायतको सहभागिता रहेको थियो । कार्यशाला फागुन ४ गते सम्म सञ्चालन हुनेछ ।

Translate »