अबैधरुपमा ल्याईएका आठ सय चल्ला नष्ट

बाँके । बाँकेको कोहलपुर नगरपालिका–११, पुरानो बसपार्क नजिक भारतबाट अवैध रूपमा निकासी–पैठारी गरी ल्याइएका नौ कार्टुनमा रहेका ८०० गोटा बोइलर कुखुराका चल्ला बेवारिसे अवस्थामा फेला परेका छन् ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार ती चल्लाहरू बजारमा ‘गिरिराज’ नाम दिएर बेच्ने उद्देश्यले राखिएका थिए । प्रहरीको टोलीले ती चल्लाहरू बरामद गरेपछि कोहलपुर–११, का जनप्रतिनिधि, स्थानीयबासी तथा सञ्चारकर्मीको रोहवरमा नष्ट गरेको हो ।

भारतबाट अवैध रूपमा ल्याईएका पशुपंक्षी तथा मासुजन्य वस्तुहरू रोग सङ्क्रमणको जोखिम हुन सक्ने भन्दै सुरक्षाका उपायस्वरूप ती चल्ला नष्ट गरिएको प्रहरीले जनाएको छ।

Translate »