माइग्रेनको कारण के हो ? माइग्रेनमा के गर्ने, के नगर्ने ?

माइग्रेन एक प्रकारको टाउको दुख्ने रोग हो, जुन क्रोनिक (लामो समयसम्म रहिरहने) प्रकृतिको हुन्छ। यसका लक्षण बेलाबेला बल्झिरहन्छन्, र पूर्ण रूपमा निको पार्न गाह्रो मानिन्छ। माइग्रेनमा टाउकाको कुनै एक भागमा मात्र दुख्न सक्छ, कुनै–कुनै अवस्थामा दुवै भागमा पनि असर गर्न सक्छ। टाउको अत्यधिक दुख्ने, नसा चलेकै देखिने गरी बुरुकबुरुक दुख्ने, आँखा वरिपरि र घाँटीतिर दुखाइ हुने जस्ता लक्षणहरू यसमा समावेश छन्।

माइग्रेन किन हुन्छ भन्ने निश्चित कारण अहिलेसम्म पत्ता लागिसकेको छैन। यो टाउको दुखाइ माइग्रेनको हो कि होइन भन्ने कुरा चिकित्सकले लक्षणका आधारमा निर्धारण गर्न सक्छन्। माइग्रेनको निदानका लागि कुनै विशिष्ट जाँच उपलब्ध छैन। चिकित्सकले गर्ने विभिन्न जाँचहरूमा पनि प्रायः कुनै खराबी देखिँदैन।

माइग्रेनका लक्षण बिरामी अनुसार फरक–फरक हुन सक्छन्। धेरैजसोले आफ्नो माइग्रेनको कारण थाहा पाउँछन्, तर केहीलाई यो पत्ता लाग्दैन। त्यसैले, माइग्रेनको समस्या भएमा नजिकको स्वास्थ्य संस्थामा जाँदै चिकित्सकको परामर्श लिनु जरूरी छ।

माइग्रेन भएका बिरामीहरूले आफ्नो जीवनशैलीमा ध्यान दिनुपर्छ। के खाँदा टाउको दुख्छ, केको बास्नाले टाउको दुख्छ, के गर्दा टाउको दुख्छ, कहिले टाउको दुख्छ- यी कुराहरूको बारेमा सचेत भइ त्यसबाट जोगिने प्रयास गर्दा केही हदसम्म राहत मिल्न सक्छ।

यसका अतिरिक्त, मानसिक चिन्ता बढी लिने, चिया र कफी धेरै पिउने, र समयमा नसुत्ने जस्ता कारणहरूले पनि माइग्रेनलाई ट्रिगर गर्न सक्छन्। त्यसैले, यी कुराहरूबाट टाढा रहनु पनि महत्त्वपूर्ण छ।

माइग्रेनका प्रमुख लक्षणहरू 
माइग्रेनका लक्षणहरू विभिन्न व्यक्तिहरूमा फरक पर्न सक्छन्, तर यसका सामान्य लक्षणहरू निम्नानुसार छन्ः
–    टाउकोको एक भागमा अथवा दुवै भागमा असह्य दुखाइ
–    वाक्वाकी लाग्ने वा बान्ता हुने
–    उज्यालो प्रकाश, ठूलो आवाज, तथा धुवाँधूलो सहन नसक्ने
–   आँखाका गेडामा असहजता तथा धब्बा देखिनु
–    शारीरिक कमजोरी तथा थकान
–    ध्यान केन्द्रित गर्न गाह्रो हुनु
–    मानसिक तनाव तथा झर्को लाग्नु
–    बिरामीलाई चम्किला बत्तीहरू र बाङ्गो रेखाहरू देखिने अनुभव हुन्छ।
–    आँखामा कालो दागहरू देखिन थाल्छन्।
–    कमजोर महसुस हुनु – माइग्रेनका दौरान थकान र कमजोर हुने अनुभूति सामान्य हुन्छ।

माइग्रेनको कारणहरू
हालसम्म माइग्रेनको सटीक कारण पूर्ण रूपमा पुष्टि भइसकेको छैन। तथापि, निम्न कारणहरूले माइग्रेन निम्त्याउने सम्भावना बढी हुन्छः

मानसिक वा शारीरिक तनावः अत्यधिक चिन्ता, डर, वा कुनै तनावपूर्ण वातावरणले माइग्रेनको लक्षणलाई बढाउन सक्छ।

अनिद्राः निन्द्रा नपुग्नु वा समयमै नसुत्नु माइग्रेनको प्रमुख कारणमध्ये एक हो।

खाली पेट रहनुः लामो समयसम्म खान नखाने वा असन्तुलित भोजनले माइग्रेन उत्पन्न गर्न सक्छ।

मद्यपान तथा धुम्रपानः एल्कोहल तथा निकोटिनयुक्त पदार्थले माइग्रेनलाई झन् बढाउन सक्छ।

खाद्य पदार्थहरूः चकलेट, क्याफिनयुक्त पदार्थ, धेरै मसालेदार खाना, तथा पुरानो अचारजस्ता चीजहरूले माइग्रेन निम्त्याउन सक्छ।

हर्मोनल परिवर्तनः विशेषगरी महिलाहरूमा महिनावारीको समयमा हुने हर्मोन परिवर्तनले माइग्रेनको लक्षण बढाउन सक्छ।

चर्को प्रकाश तथा ध्वनिः झिलिमिली बत्ती, ठूला आवाज वा भीडभाडयुक्त स्थान माइग्रेन भएका व्यक्तिहरूका लागि असहज हुन सक्छ।

पर्यावरणीय कारकहरूः मौसम परिवर्तन, अधिक चिसो वा तातो, उच्च उचाइको स्थान आदिले माइग्रेनको लक्षण बढाउन सक्छ।

माइग्रेन के कारणले हुन्छ ?
माइग्रेन किन हुन्छ भन्ने एकिन कारण  रूपमा पूर्ण रूपमा पत्ता लागिसकेको छैन, तर यो विभिन्न कारकहरूको प्रभावले उत्पन्न हुने गर्दछ। माइग्रेन भएको बेला व्यक्ति आफैंले आफ्नो डाक्टर बन्न आवश्यक हुन्छ, किनभने टाउको दुख्नुअघि नै केही संकेतहरू देखापर्न सक्छन्। टाउको दुख्ने निश्चित कारण हरेक व्यक्तिमा फरक–फरक हुन सक्छ। कसैलाई फ्रिजको अत्यधिक चिसो पेय पदार्थ पिउँदा माइग्रेनको टाउको डुखै  हुन सक्छ, भने कसैलाई चिया वा कफीले असर गर्न सक्छ। केहीलाई तेज गन्ध, पफ्र्युम वा धूवाँ असह्य लाग्न सक्छ, जबकि कसैलाई दही, दूध वा घिउ खाँदा समस्या हुन सक्छ।

त्यसैगरी, अत्यधिक तनाव, निद्राको कमी, अत्यधिक चिसो वा तातो मौसम, तथा चकलेट जस्ता खानेकुराहरूले पनि माइग्रेन उत्पन्न गराउन सक्छन्। कसैलाई  हो-हल्ला चारको धाम मा जादा पनी हुनसक्छ त्यसैले, के गर्दा वा के खाँदा टाउको दुख्छ भन्ने कुरा ध्यानपूर्वक विश्लेषण गर्दै माइग्रेन गर्ने कारकहरू पहिचान गर्नुपर्छ।  पहिचान गरेपछि तिनबाट जोगिन प्रयास गर्दा माइग्रेनको सम्भावना न्यून गर्न सकिन्छ। नियमित जीवनशैली अपनाउने, तनाव नियन्त्रण गर्ने, स्वस्थ आहार खाने, पर्याप्त आराम लिने, र के करण  हुन्छ त्यो  टाढा रहने बानी बसाल्दा माइग्रेनलाई धेरै हदसम्म नियन्त्रण गर्न सकिन्छ।

माइग्रेनमा के गर्ने ? के नगर्ने ?

माइग्रेनमा बिरामी स्वयं सचेत भएर व्यवस्थापन गर्न सक्नुपर्छ। यसका लागि निम्न उपाय अपनाउन सकिन्छः
के गर्ने?

१.    शान्त तथा एकान्त वातावरणमा आराम गर्ने।
२.    टाउको दुख्न थाल्नासाथ सुत्ने प्रयास गर्ने।
३.    ताजा तथा सन्तुलित भोजन खाने।
४.    नियमित रूपमा हल्का व्यायाम तथा योग गर्ने।
५.    पानी प्रशस्त मात्रामा पिउने।
६.    चिकित्सकको सल्लाह अनुसार औषधि सेवन गर्ने।

के नगर्ने?
१.    अत्यधिक चिसोजन्य खानेकुरा नखाने।
२.    पुरानो तथा प्रोसेस्ड खाद्य पदार्थ कम खाने।
३.    धुम्रपान तथा मद्यपान नगर्ने।
४.    लामो समयसम्म मोबाइल वा टिभी नहेर्ने।
५.    धेरै बास्ना आउने चीजहरूको प्रयोग नगर्ने।
६.    मानसिक तनाव बढाउने गतिविधिहरूबाट टाढा रहने।
७.    स्वास्थ्यकर्मीको सल्लाहबिना औषधि नलिने।

उपचार तथा रोकथामका उपायहरू
माइग्रेन किन हुन्छ? यसको  कारणहरू अझै पनि पूर्ण रूपमा स्पष्ट छैनन्, तर उपचारको माध्यमबाट यसलाई धेरै हदसम्म निको पार्न सकिन्छ। यद्यपि, विभिन्न उपचार विधिहरू र जीवनशैली परिवर्तनहरू मार्फत माइग्रेनको  टाउको दुखाइ को तीव्रता कम गर्न सकिन्छ। माइग्रेनको उपचारमा औषधि, घरेलु उपचार र जीवनशैली परिवर्तन समावेश छन्। माइग्रेनलाई औषधि, जीवनशैली परिवर्तन र घरेलु उपचार सहितको समग्र दृष्टिकोणबाट व्यवस्थापन गर्न सकिन्छ।  प्रत्येक व्यक्तिको अवस्था फरक हुन्छ, त्यसैले उपचार योजना पनि व्यक्तिगत हुनुपर्छ। सही जानकारी, नियमित हेरचाह र चिकित्सा मार्गदर्शनको साथ, माइग्रेन  कम गर्न सकिन्छ,

  • नियमित रूपमा पर्याप्त निन्द्रा लिने।
  • तनाव कम गर्ने गतिविधिहरू, जस्तै ध्यान, योग, वा पुस्तक पढ्ने जस्ता कार्य गर्ने।
  • निश्चित समयमा स्वस्थ भोजन गर्ने।
  • व्यायाम तथा हल्का शारीरिक गतिविधि गर्ने।
  • डाक्टरको सल्लाहमा औषधि सेवन गर्ने

जीवनशैलीमा परिवर्तन 

  • नियमित र पर्याप्त निद्रा लिनुहोस्। हरेक दिन एउटै समयमा सुत्ने र उठ्ने प्रयास गर्नुहोस्।
  • नियमित व्यायाम, जस्तै योग, पौडी खेल्ने वा हिँड्ने, ले माइग्रेनको तीव्रता र आवृत्ति कम गर्न सक्छ।
  • सन्तुलित र नियमित आहार खानुहोस्। चकलेट, चीज, क्याफिन र प्रशोधित खाना जस्ता माइग्रेन कारण  हरूबाट बच्नुहोस्।
  • पर्याप्त पानी पिउनाले माइग्रेनबाट बच्न मद्दत गर्न सक्छ।
  • तनाव कम गर्न योग र ध्यान अभ्यास गर्नुहोस्।
  • श्वासप्रश्वासको अभ्यास अर्थात् गहिरो श्वासप्रश्वास प्रविधि अपनाउनुहोस्।
  • माइग्रेनको समयमा अँध्यारो र शान्त कोठामा आराम गर्नाले लक्षणहरू कम गर्न सकिन्छ।
  • मालिस थेरापीले घाँटी र काँधको तनाव कम गर्न मद्दत गर्न सक्छ, जसले माइग्रेनको टाउको दुखाइ कम गर्न सक्छ।
  • यदि माइग्रेनको टाउको दुखाइ धेरै पटक हुन्छ वा लक्षणहरू गम्भीर छन् भने, चिकित्सकसँग परामर्श गर्नु आवश्यक छ।
  • माइग्रेन एक जटिल स्वास्थ्य समस्या हो जसले मानिसको दैनन्दिन जीवनमा असर पार्न सक्छ। यसको रोकथाम तथा व्यवस्थापन गर्न सही आहार, व्यायाम, पर्याप्त निन्द्रा, तनाव कम गर्ने उपायहरू तथा चिकित्सकको सल्लाह अनुसार औषधि सेवन गर्नु आवश्यक हुन्छ। माइग्रेनको समस्या भएका व्यक्तिहरूले आफ्नो जीवनशैलीलाई ध्यानमा राखी उचित व्यवस्थापन गर्न सकेमा यसबाट राहत प्राप्त गर्न सकिन्छ। –स्वास्थ्य खबर
Translate »