काँग्रेस नेता मोहन बस्नेतको सांसद पद निलम्बन


काठमाडौं । प्रतिनिधिसभा सदस्य मोहनबहादुर बस्नेत पदबाट निलम्बित भएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले बस्नेत पद निलम्बन भएको पत्र पढेर सुनाएका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री समेत रहेका बस्नेतविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि उनी भ्रष्टाचार निवारण ऐनअनुसार स्वतः पदबाट निलम्बन हुने कानूनी व्यवस्था छ ।

सिन्धुपाल्चोक–२ बाट निर्वाचित कांग्रेस सांसद बस्नेतविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएसँगै संघीय संसद् भवन र समितिहरु का बैठकमा भाग लिन पाउने छैनन् । उनको तलब भत्ता पनि रोकिनेछ ।
टेरामोक्स खरिद गर्दा अनियमितता तथा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ । अख्तियारले उनीहरूमाथि तीन खर्ब ५१ करोड रुपैयाँ बिगो माग दाबी गरेको छ ।

