बाँकेमा स्कुल बसले ठक्कर दिँदा एक युवकसहित १८ बाख्राको मृत्यु


बाँके । बाँकेको ढकेरीमा स्कुल बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ । कोहलपुरबाट जाँदै गरेको स्कुल बसले ढकेरीमा ठक्कर दिँदा एक युवकसँगै करिब डेढ दर्जन बाख्रा मरेका छन् ।
बिहीबार अपराह्न ढकेरीतर्फ जाँदै गरेको ना ४ ख ४५ ७० नम्बरको स्कुल बसले ढकेरी पुलमा ठक्कर दिँदा १८ वटा बाख्रा र २५ वर्षीय एक युवकको मृत्यु भएको छ ।

स्कुल बस कोहलपुर नगरपालिका वडा नं. १२ स्थित ज्ञान कुञ्ज माध्यमिक विद्यालयको रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ भने घट्नाबारे थप विवरण आउन बाँकी रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी धर्मराज भण्डारीले जानकारी दिए ।


