सल्यानमा गाडी दुर्घटना हुँदा १६ जना घाइते, ती मध्ये ४ जनाको अवस्था गम्भीर

सल्लीबजार । सल्यानको बुरेलीखोलामा नजिक फोर्स गाडी दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएका छन् ।

बाँकेको नेपालगन्जबाट रुकुम पश्चिमको चौरजहारी जाँदै गरेको लु २ ख ५००२ नम्बर को फोर्स गाडी सल्यानको कुमाख गाउँपालिका १ बुरेलीखोलामा आज विहान ४ बजे तिर दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी रेसम खत्रीका अनुसार २० यात्रु सवार गाडीमा १६ जना घाइते भएका हुन ।

घाइते मध्य चारको अवस्था गम्भीर र १२ जनाको सामान्य रहेको छ । दुर्घटनामा गम्भीर घाइतेलाई थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको छ ।

अन्य सबै घाइतेहरुको उद्दार गरेर उपचारका लागि चौरजहारी अस्पताल पुर्‍याईएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार ब्रेक फेल भएकाले गाडी दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान छ ।

Translate »