दैलेखबाट सुर्खेत आउँदै गरेको मिनी बस दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते

सुर्खेत । दैलेखबाट सुर्खेत आउँदै गरेको मिनी बस आज दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

कर्णाली प्रदेश–०२००९ख०८५२ नम्बरको मिनी बस गुराँस गाउँपालिका–४, स्थित डबलगैरा भन्ने स्थानमा दुर्घटना हुँदा दैलेख दुल्लु नगरपालिका–१३, का २२ बर्षिय महेन्द्र शाहीको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी (डीएसपी) नारायण डाँगीका अनुसार घाइते सोही वडाका २४ वर्षिय विनोदबहादुर शाही र १९ वर्षिय सविन शाही प्रदेश अस्पताल कालागाँउ सुर्खेतमा उपचार भईरहेको छ ।

मिनीबस मुख्य सडकबाट दुई सय मिटिर तल खसेर पूर्ण रुपमा क्षति भएको छ । प्रहरीका अनुसार मिनिबस सुर्खेतबाट यात्रु दुल्लु पु¥याएर सुर्खेत आउँदै गर्दा दुर्घटना भएको थियो ।

Translate »