नौवस्ता औद्योगिक क्षेत्र सरकारको प्राथमिकतामा

नेपालगञ्ज । नौवस्ता औद्योगिक क्षेत्रमा प्राथमिकताका साथ पूर्वाधार निर्माण गर्न सरकार गम्भीर रहेको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी बताएका छन् ।

प्रेस चौतारी बाँकेले आज नेपालगञ्जमा आयोजना गरेको कार्यक्रममा उनले उद्योग क्षेत्रको विकासका लागि भौतिक पूर्वाधार पूर्वशर्त भएकाले तिनको निर्माणलाई सरकारले प्राथमिकतामा राखेको जनाए ।

मन्त्री भण्डारीले केही ठूला र मझौला उद्योग बढ्दै गएको बताउँदै रुग्ण उद्योगको संरक्षण सरकारको दायित्व भएको जिकिर गरे । ‘लगानी प्रवद्र्धन गर्दै विदेशी लगानी आकर्षित गर्न निजी क्षेत्रसँगको साझेदारीलाई जोड दिइएको छ,’ उनले भने, ‘आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनमा केन्द्रित रहेर सरकारले काम गरिरहेको छ ।’

फरक प्रसङ्गमा मन्त्री भण्डारीसँग गरेको छलफलमा उनले संविधान संशोधनका विषयमा पनि सत्तासाझेदार दलबाहेकका अन्य राजनीतिक शक्तिहरुसँग विमर्श गरिने जानकारी दिए ।

Translate »