यार्चा टिप्न गएका दुई जनाकाे लेक लागेर मृत्यु


डोल्पा । यार्चा टिप्न डोल्पाका उच्च हिमाली पाटन पुगेका दुई जनाको मृत्यु भएको छ । यार्चागुम्बा संकलनका लागि पोखेपानी सामुदायिक बनमा पुगेकी ठुलिभेरी ५ का २४ वर्षीय सान्ती रोकायाको लेक लागेर बुधबार राति मृत्यु भएको स्थानीय रेखामान बुढाले जानकारी दिए । मृतक रोकायाको ५ महिनाको बालक रहेको स्वास्थ्यकर्मी विजया कुमारी बुढाले बताए ।

त्यस्तै यार्चागुम्बा संकलनका लागि माथिल्लो डोल्पा अन्तरगत नापरपानीको यार्चा पाटनमा पुगेको जाजरकोटका १९ वर्षीय धन कुमार विकको लेक लागेर मृत्यु भएको छ । मंगलवार राति मृत्यु भएका विकको लासलाई पोष्टमार्टमका लागि जिल्ला स्वास्थ्य कार्यालयमा ल्याउँदै गरेको प्रहरी निरीक्षक मनिस थापाले जानकारी दिए । प्रहरीका अनुसार ठूलो जिल्ला भएकोले सबै ठाउँमा सञ्चार सेवाको पहुँच नभएकोले पनि सहजै घटना बारे जानकारी लिन दिन र उद्दारमा समस्या हुने भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।
यसरी बर्सेनि धन कमाउने आशा बोकी डोल्पाका उच्च हिमाली यार्चा पाटन पुगेका मानिसहरूले अकालमै ज्यान गुमाउनु पर्ने बाध्यता छ । केही दिन मात्र जगदुल्लाको यार्चा पाटन पुगेका जुम्लाका एजनाको मृत्यु समेत भएको थियो । अझै जिल्लाका विभिन्न यार्चा पाटनमा थप मानवीय क्षति भएको भन्ने अपुष्ट खबर छ ।

