चपाई/चापागाई एकता समाजको अध्यक्षमा उमालाल चपाई निर्वाचित


सुर्खेत । चपाई/चापागाई एकता समाज नेपालको अध्यक्षमा उमालाल चपाई निर्वाचित भएका छन् ।
शनिवार सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न चपाई/चापागाई एकता समाज नेपालको प्रथम अधिवेशनले उमालाललाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।

अधिवेशनले उपाध्यक्षमा दुर्गा चपाई, सचिवमा डिल्लीराम चपाई, कोषाध्यक्षमा यादवप्रसाद चपाई, सह–सचिवमा गणेशप्रसाद चपाई तथा सदस्यमा शान्ता पौडेल चपाई, हरिमाया चपाई, निलकण्ठ चपाई, उत्तम चपाई, रोशन चपाई र मोतिप्रसाद चपाईलाई सर्वसम्मत निर्वाचित गरेको छ ।
समाजका सदस्य तथा शुभेच्छुकहरुको उल्लेखनीय सहभागितामा सम्पन्न कार्यक्रममा संस्थागत एकता, सामाजिक सहकार्य तथा आगामी कार्ययोजनाका विषयमा विस्तृत छलफल गरिएको थियो ।

