बृद्धबृद्धालाई खाद्यन्न तथा फलफूल सामाग्री वितरण

टेकनारायण पौडेल/ बेङगलोर (भारत) । नेपालीको एउटा विशेषता छ, त्यो हो नेपालीपन । नेपाली जहाँ पुगेपनि आफ्नो सेवाभाव र धर्मलाई भुलेका हुँदैनन् । भारत प्रवासमा रहेका नेपालीहरुले स्वर्गवास भएका पित्रीहरुको सम्झनामा बृद्धाश्रममा रहेका बृद्धबृद्धालाई खाद्यन्न तथा फलफूललगायतका सामाग्री वितरण गरेका छन् ।

सयपत्री नेपाली सेवा समाज बेङगलोरले आइतबार सोह्रश्राद्ध समाप्ति एवं औंसीको दिन पारेर भारत प्रवासमा रहेका नेपालीको सुःस्वास्थ्य, दिर्घायु तथा प्रगतिको कामनाका लागि बृद्धाश्रममा रहेका ५६ जना बृद्धबृद्धालाई खाद्यन्न तथा फलफूललगायतका सामाग्री वितरण गरेका हुन् ।

केही दिन अगाडि भारत प्रवासमै काम गर्ने दौरानमा मृत्यु भएका नेपालको कैलाली घोडाघोडीका हिक्मत रिमालको परिवारलाई प्रवासी नेपालीले आर्थिक संकलन गरी करिब साढे १५ हजार भारतीय रुपैयाँ सहयोग गरेका छन् ।

Translate »