विद्यार्थीमा पनि गठबन्धन !
भनिन्छ ! राजनीति जन्मिने वित्तिकै शुरु हुन्छ रे । तर यो कहाँ तक सत्य हो, त्यो भने कसैलाई थाहा छैन् । कुनै व्यक्तिले कहावतको रुपमा भनेको कुरा हो । यद्यपि ! कतिपय हिसावले यो सत्य पनि हुन सक्छ भने कतिपय हिसावले नदेखिन पनि सक्छ । फेरीपनि आजसम्म कसैले आँखाले ‘राजनीति’ भन्ने देखेको छैन् । तर, जीन्दगीका हरेका मोडमा राजनीति भईरहेको हुन्छ । राजनीतिको कुचक्रमा मानिस हरेक मोडमा लडिरहेको हुन्छ । पल–पल राजनीति भईरहेको राजनीति विज्ञहरु बताउँछन् । अहिले नेपालका प्रायः विश्वविद्यालयहरुले स्वतन्त्र विद्यार्थीको युनियनको निर्वाचन सम्पन्न गरेका छन् । अधिकांशमा नतिजा आइसकेको छ । कतिपयमा भने निर्वाचन प्रक्रियामै छ । कतै मिति तय भएको छ भने कतै अन्यौल छ । विजय भएका विद्यार्थी सङ्गठन, उम्मेदवार र समर्थकहरू विजय उत्सव मनाइरहेका छन् । पराजितहरु दुःख मनाउ गरिरहेका छन् । त्योबाहेक अन्य विश्वविद्यालय निर्वाचनको मिति तय भएसँगै तयारीमा जुटिसकेका छन् । विद्यार्थी सङ्गठनहरुमा चुनावलाई लिएर उत्साह र उमङ्ग छ । साथै लोकतान्त्रिक प्रक्रियाअनुसार उम्मेदवार चयन गर्ने, मनोनयन दर्ता गर्नेलगायत आन्तरिक तयारीमा जुटिसकेका छन् ।
विद्यार्थी सङ्गठनहरु र विद्यार्थी नेताहरुमा खुसी, उत्साह र उमङ्ग पनि किन नहोस् जबकी देशैभरका सम्पूर्ण विश्वविद्यालयहरुमा बिगत ७/८ वर्षपछि निर्वाचन भयो÷हुँदैछ। आम मतदाता विद्यार्थीहरु पनि लोकतान्त्रिक प्रक्रियामार्फत् आफ्नो मताधिकारको प्रयोगगरी विद्यार्थीको साझा हक, हितका लागि ऊर्जावन, सक्षम, सिर्जनशिल विद्यार्थी नेता चयन गर्न उत्सुक हुने नै भए । विद्यार्थी राजनीतिमा बौद्धिक क्रान्ति हुनुपर्छ । फरक–फरक विचारधारा भएका विद्यार्थी सङ्गठहरुबीच गठबन्धन होइन प्रतिस्पर्धा हुनुपर्दछ । विद्यार्थी सङ्गठनहरुको कुनै छुट्टै अस्तित्व नभई कुनै राजनैतिक दलको विचारधारा पछ्याउने तथा त्यो राजनीतिक दलको एक भ्रातृ सङ्गठनहरु मध्येको एक सङ्गठनहरु नै हुन् । यदि कुनै राजनीतिक दलमा कुनै पनि विचार धारा नभएमा त्यो राजनीतिक दल केवल दल नभइ केवल दलदल मात्र रहन्छ र त्यसका भ्रातृ सङ्गठनहरु पनि दलदलमै फसिरहन्छ्न् । कुनै राजनीतिक दलहरुको विचार बोकेका विद्यार्थी सङ्गठनहरुले आफ्नो दलहरुले गरेको निर्णयहरू दलहरुका भ्रातृ सङ्गठनहरुले मान्नु पर्दछ तर आफ्नो दलहरुले गरेका सम्पूर्ण निर्णयहरु सही नै छन् भन्ने मानसिकता राखी आफ्नो राजनतिक दलहरुले गरेका गलत गतिविधि, गलत संस्कार र अभ्यास साथै गलत निर्णयहरुविरुद्ध विद्रोह गर्न नसक्ने र नचाहने, आफ्नो व्यक्तिगत स्वार्थका लागि विद्यार्थी सङ्गठनहरुलाई नै पेण्डुलम बनाउने विद्यार्थी राजनीतिका कारण विद्यार्थी सङ्गठनहरुको औचित्यमाथि प्रश्न खडा गरेको छ ।
विद्यार्थी राजनीतिमा पनि राष्ट्रिय राजनितिमा गरिएको गलत अभ्यासहरुलाई अबलम्बन गर्न अस्वीकार नगर्ने, आफ्नो दलहरुको गलत निर्णयविरुद्ध विद्रोह गर्न नसक्ने, व्यक्तिगत स्वार्थीलाई हाबी गराइ जस्तोसुकै सम्झौता गर्न सक्ने नेताहरुले गर्दा उसलाई नेता मानिरहँदा विश्व विद्यालयहरुमा भएका गलत क्रियाकलाप र विसङ्गति व्यक्तिगत स्वार्थका कारणले ढाकछोप नगर्लान् र भन्ने शङ्का र चिन्ता पनि पैदा गरेको छ । तसर्थ अहिलेदेखि विद्यार्थी राजनीति र विद्यार्थी सङ्गठनहरु सुसंस्कृत राजनितिको पक्षमा उभिएनन् भने, शुशासनको पक्षमा विद्यार्थी सङ्गठनहरु उभिएनन् भने भविष्यमा विद्यार्थी राजनीतिबाट नै राष्ट्रिय राजनीतिको नेतृत्वदायी विद्यार्थी नेताहरु पुगेछन् भने तिनीहरुले राजनीतिलाई सुसंस्कृत बनाउँछु, देशलाई सुशासन र समृद्द बनाउछु भन्नू आफूले नै हरियो रुखको जडा काटेर त्यो सुकेपछि त्यो रुखलाई हरियो रङ्गले पोतेर हरियो बनाउनु जस्तै हो । विद्यार्थी राजनीति नै देशको लागि नेतृत्व पाउने एउटा प्रकृया भएकाले राजनीतिक संस्कारलाई विद्यार्थी राजनितिदेखि नै सुसंस्कृत बनाउनु पर्दछ ।